नेपालको सेयर बजार हल्लाकाे भरमा दौडिरहेको छ, आधारभूत पक्ष हेरेर लगानी गरौं

मार्चको मध्यसम्म संसारैभरका सबै सेयर बजार ओरालो यात्रामा थिए । त्यसपछि रिकभर हुँदै संसारभरकै परिसुचक उच्च विन्दुमा पुग्यो । न्युओर्क, भारत र नेपालमै कोभिडको बीचमा परिसूचकले उच्च विन्दु पार गरेर नयाँ रेकर्ड राख्यो । सेयर बजार बढ्दा हौसिने र घट्दा निराश हुने लगानीकर्ताको प्रवृति छ । नेपालकै सन्दर्भमा कुरा गर्दा १२ सयमा रहेको नेप्से परिसुचक बढेर २६ सयमा पुग्दा लगानीकर्तालाई वास्तै छैन । तर, २६ सयबाट २०/२५ अंकले घट्यो भने आत्तिएर बेच्न दौडिने प्रवृति लगानीकर्ताको छ । जुन सेयर बजारका लगानीकर्ताहरुका लागि उपयुक्त हुन सक्दैन । सर्वप्रथम यो प्रवृतिलाई सुधार्न आवश्यक छ । नेपाली सेयर बजारका लगानीकर्ताहरु बजार बढ्यो भने किन्ने तर बजार घट्न लाग्यो भने बेच्न दौडिहाल्छन् । हामी कहाँ आधारभुत ज्ञानको अभाव छ । हाम्रा लगानीकर्ताहरुमा वित्तीय चेतनाको अभाव छ । लगानीकर्ताले ‘डिभिडेण्ड इल्ड’ हेर्नुपर्छ । कम्पनीको प्रोफाइल हेर्नु पर्ने हो । कम्पनीको व्यवस्थापन कस्तो छ भनेर हेर्नु पर्ने हुन्छ । कम्पनीको इपीएस (प्रतिसेयर आम्दानी) लगायतका पक्षहरु अध्ययन गरेर लगानी गर्नु पर्ने हुन्छ । तर, हामी फलानोसँग मर्ज हुने भयो, फलानो कम्पनीको राइट सेयर आउने भयो भन्ने लगायतका हल्लाहरु सुनेर लगानी गर्न दौडिन्छौं । त्यही भएर हल्लाको भरमा बढेको सेयर बजार हल्लाकै भरमा घट्छ । यो सामान्य विषय नै हो । त्यसैले ‘फण्डामेन्टल्स’को आधारमा गरेको लगानी सुरक्षित हुन्छ । राम्रो हुन्छ । अगाडि बढ्छ । आजको दिनमा सेयर बजारको प्रबृत्ति बढी जसो ‘पर्फरमेन्सबेस्ड मार्केट प्राइस’भन्दा पनि ‘हल्लाबेस्ड मार्केट प्राइस’ छ । यसैले विनाकारण घट्बढ् हुने, आन्तरिक सूचना चुहावटको कारणले पनि मार्केट तलमाथि हुने अवस्था देखिएको छ । अहिले बजार विश्वास गर्न लायक भइसकेको अवस्था छैन । त्यसैले बजारको इण्डिकेटरले सही संकेत गर्छ त भन्दा ‘आई कान्ट सिरियस’ । तर, यो विस्तारै सुधार हुँदै जाने प्रक्रिया हो । हिजोभन्दा आज धेरै परिवर्तन भएको छ । हिजो दुई चार जनाले चाहे भने परिसुचक जता पनि लान सक्थे । सेयर मूल्य जता पनि लान्थे । तर, आज हेर्नुभयो भने बजारमा दैनिक १०/११ अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुन थालेको छ । धेरै विषयहरु सकारात्मक छन् । तर, प्रयाप्त छैन । सुधारका कामहरु गर्नुपर्ने धेरै छन् । पुँजी बजारमा भएको ‘फरमेसन’ र विकास भने सन्तोषजनक छ । (चार्टर्ड एकाउन्टेन्ट ज्ञवाली नबिल बैंकका डीजीएम हुन् । उनीसँग गरिएको कुराकानीमा आधारित)

सबैको लघुवित्त सभामा जाँदै, कहिलेसम्मका सेयरधनीले पाउछन् लाभांश ?

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था आगामी चैत १४ गते वार्षिक साधारणसभामा जाँदै छ । फागुन १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थाको चौथो सभा सो दिन बस्ने निर्णय गरेको हो । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी फागुन २८ गते देखि चैत १४ गतेसम्म बुक क्लोज हुने छ । यससँगै फागुन २७ गतेसम्म कायम सेयरधनीहरु संस्थाको सभामा सहभागी हुन पाउने छन् । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद गरी ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेकाे थियाे । उक्त प्रस्तावलाई सभाले पारित गरेपछि मात्रै फागुन २७ गतेसम्म कायम सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख रुपयाँ रहेको छ । १० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २० करोड ५९ लाख रुपैयाँ नाघ्ने छ । सम्बन्धित समाचार सबैको लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

सिन्धु विकास बैंकले डाक्यो वार्षिक साधारणसभा, मर्ज तथा प्राप्तिको लागि अख्तियारी दिने

काठमाडौं । सिन्धु विकास बैंकले आगामी चैत ९ गते वार्षिक साधारण सभा डाकेको छ । विकास बैंकले सो दिन बिहान १०ः३० बजे काभ्रेपलाञ्चोकको बनेपास्थित आगन्तुक रिसोर्टमा आफ्नो ११औं वार्षिक साधारणसभा अनलाईन(भर्च्युअल माध्यम)बाट गर्न लागेको हो । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी फागुन २८ गते शुक्रबार एकदिन बुक क्लोज हुने छ । यससँगै फागुन २७ गतेसम्म कायम सेयरधनीहरु विकास बैंकको सभामा भाग लिन पाउने छन् । सभाले गत आवको वासलात, नाफा नोक्सान, नगद प्रबाह विवरण, तथा अनुसुचीहरु छलफल गरी पारित गर्ने छ । त्यस्त, सभाले चालु आवको लेखापरिक्षण गर्नको लागि बाह्य लेखापरिक्षक नियुक्ति गरि, निजको पारिश्रमिक निर्धारण गर्ने भएको छ । त्यसैगरी, विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमामा गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावलाई सभाले पारित गर्दै छ ।