राधी विद्युत कम्पनीको सञ्चालकमा ५ जना निर्वाचित

काठमाडौं । राधी विद्युत कम्पनीको सञ्चालक समितिमा ५ जना निर्वाचित भएका छन् । फागुन १९ गतेसम्म कम्पनीको १४औं वार्षिक साधारण सभाले सञ्चालक पदमा ५ जनालाई निर्वाचित गरेको हो । सभाले अनिल कुमार रुङ्गटा, आयुषा श्रेष्ठ, विनयकुमार तोदी, दिपेन्द्र लाल कार्ण र श्रेय राज भण्डारीलाई कम्पनीको सञ्चालक पदमा चयन गरेको हो । कम्पनीले फागुन १९ गते आर्थिक वर्ष २०७५/७६ को साधारण सभा सम्पन्न गरेको हो ।

एक घण्टामै ६० अंकले बढ्यो नेप्से, चन्द्रागिरीको सेयर मूल्यमा सर्किट, प्रतिकित्ता कति पुग्यो ?

काठमाडौं । बिहीबारको सेयर बजार खुलेको एक घण्टामै नेप्से परिसूचक ६० अंकले उकालो लागेको छ । नियमित समयमा खुलेको बजारमा ११ बजेर ५८ मिनेटको अवधिमा परिसूचक ५९.८९ अंकले बढेर २४७५.८९ अंकमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.४८ प्रतिशतले बढी हो । त्यस्तै, यो समाचार तयार पार्दासम्म १९४ कम्पनीको एक अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । यो अवधिमा २१ लाख ७० हजार ९०४ कित्ता सेयर किनबेच भइसकेका छन् । बिहीबार कारोबार खुलेको केही अवधिमै चन्द्रागिरी हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पछिल्लो केही दिनदेखि बजार घटेपनि बढेपछि पछिल्लो केहि दिनदेखि यता कम्पनीको सेयर मूल्यमा निरन्तर पोजेटिभ सर्किट लागिरहेको छ । बिहीबार पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६०५ रुपैयाँ पुगेको छ । जुन बुधबारको तुलनामा ५५ रुपैयाँले बढी हो । त्यस्तै, म्युचुअल फण्ड बाहेक बाँकी समूह हरिया देखिएका छन् । जसमध्ये जीवन बीमा समूह ५३५ अंकले बढेकाे छ । म्युचुअल फण्ड समूह भने सामान्य ०.१५ अंकले घटेकाे छ । याे समाचार तयार पार्दासम्म सबैभन्दा बढी काराेबार हुनेकाे अग्रस्थानमा एनटीसी(नेपाल दुरसञ्चार कम्पनी) रहेकाे छ । कम्पनीकाे ९ कराेड ४६ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भइसकेकाे छ । जसकाे सेयर मूल्य प्रतिकित्ता १२०३ रूपैयाँकाे हाराहारीमा खरिद बिक्री भइरहेकाे छ ।

प्रभु बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । प्रभु बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको बुधबार मात्रै एक करोड ०३ लाख १५ हजार ५०६ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, बैंकको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।