जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कास्कीको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गर्दै आएको संस्थाले ५ लाख २२ हजार कत्ता सर्वसाधारणलाई साधारण शेयर निश्कासन गर्न लागेको हो । संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण शेयर निश्कासन गरेपश्चात चुक्ता पूँजी रु.१६ करोड हुने बताएको छ । जारी गर्न लागेको शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । चैत्र ५ गते शुक्रबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रधान कार्यालय सिमलाचौर पोखरामा सम्झौता भएको हो । सम्झौतामा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगी र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सिभिल लघुवित्तको प्रस्तावित लाभांश पारित, सञ्चालकमा सुनिता आचार्य निर्वाचित

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३.६८४२ प्रतिशत लाभांश पारित भएको छ । चैत ५ गते काठमाडौंमा सम्पन्न संस्थाको नवौं वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ३.५ प्रतिशत बोनस र ०.१८४२ प्रतिशत नगद गरी ३.६८४२ प्रतिशत लाभांश पाउने छन् । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संस्थाको सञ्चालकमा सुनिता आचार्य निर्विरोध निर्वाचित गरेको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु पारित गरेको छ । यस वित्तीय संस्थाले हालसम्म ५५ ओटा शाखा कार्यालयहरु मार्फत २९ ओटा जिल्लाहरुमा ४४ हजार भन्दा बढि सदस्यलाई लघुवित्तीय सेवा प्रदान गर्दै करिब ५४ करोड ४८ लाख रुपैयाँ बचत संकलन गरी करिब २ अर्ब ४ करोड रुपैयाँ लगानी गरेको छ । साथै, निकट भविष्यमा थप स्थानहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।

सिँगटी हाइड्रोको आईपीओ खुल्यो, यस्तो छ कम्पनी

काठमाडौं । सिँगडी हाइड्रो इनर्जीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ निष्काशन गरेको छ । कम्पनीले आज शुक्रबारदेखि सर्वसाधारणले आईपीओ भर्न पाउने किसिमले निष्काशन गरेको हो । गरेको छ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ४५ करोड रुपैयाँमध्ये १० प्रतिशत अर्थात १४ करोड पचास लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । कम्पनीले १४ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र अर्थात् दोलखा जिल्लाको अति प्रभावितक्षेत्र बिगु र कालिन्चोक गाँउपालिकाका बासिन्दाहरुका लागि निष्काशन गरेको छ । बाँकी २० प्रतिशत अर्थात् २९ करोड बराबरको २९ लाख कित्ता साधारण शेयर मध्ये ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता साधारण शेयर सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्टाइएको छ । २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणहरुको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही निष्काशन गरिएको बताएको छ । कम्पनीको आईपीओमा चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले केयर एनपी डबल बीको रेटिङ पाएको छ । आयोजनाको कुल लागत ५ अर्ब ५० करोड ४६ लाख रुपैयाँ रहेको छ भने प्रति मेगावट २२ करोड रुपैयाँ लागत रहेको छ । कम्पनीले नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्ने, नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरु समेत निर्माण गर्ने, कम्पनीले सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने योजना बनाएको छ ।