सांग्रिला डेभलपमेन्ट बैंकसहित दुई लघुवित्तको सेयर मूल्य समायोजन, कसको मूल्य कति ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज (चैत १० गते) एकैदिन सांग्रिला डेभलपमेन्ट बैंकसहित दुई लघुवित्त डिप्रोक्स लघुवित्त वित्तीय संस्था र महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको छ । प्रतिकित्ता २१२ रुपैयाँ सेयर मूल्य रहेको कम्पनीको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता २०२ रुपैयाँ कायम भएको छ । त्यसैगरी, डिप्रोक्स लघुवित्तको १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७५० रुपैयाँ कायम भएको छ । जबकी सोमबारको बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १९७८ रुपैयाँमा भएको थियो । त्यस्तै, महुली लघुवित्तको २० प्रतिशत बोनस पछि मूल्य समायोजन भएको हो । सोमबार प्रतिकित्ता २६२५ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता २१८८ रुपैयाँ कायम भएको छ । यससँगै, अबको कारोबारमा यी तीनवटै कम्पनीको कारोबार समायोजनपछि तोकिएको मूल्यबाट शुरु हुने छ ।
बुटवल पावर कम्पनीको बोनस सेयर सूचीकृत
काठमाडौं । बुटवल पावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको १० प्रतिशत अर्थात २६ लाख ७४ हजार ७८७ कित्ता बोनस सेयर आज(चैत ९ गते) नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ । बुद्धनगरमा केन्द्रिय कार्यालय रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, सोमबार (चैत ९ गते) कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ३९६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३ रुपैयाँले बढी हो । त्यस्तै, कम्पनीको बजार पुँजीकरण ११ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।
अरुण भ्याली हाइड्रोको सेयर मूल्य समायोजन
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य २४२ रुपैयाँ तोकिएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ३१३ रुपैयाँमा भएको थियो । यससँगै अबको कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता २४२ रुपैयाँदेखि कारोबार शुरु हुने छ । थापाथलीमा केन्द्रिय कार्यालय रहेको कम्पनीको चुक्ता पुँजी एक अर्ब ५७ करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको बजार पुँजीकरण ४ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।