मेरो सेयरकाे ‘माई पोर्टफोलियो’ हेर्ने सुविधा अनिश्चितकालको लागि बन्द
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)को मेरो सेयर सफ्टवेयरमा ‘माई पोर्टफोलियो’ हेर्न सुविधा अनिश्चितकालको लागि बन्द भएको छ । मेरो सेयरको ‘माई पोर्टफोलियो’मा प्राविधिक समस्या देखिएकाले सीडीएससीले केही समयको लागि उक्त सेवा सुविधा बन्द गरेको हो । उक्त पोर्टफोलियोमा अन्तिम मूल्य प्राप्त हुन नसकेकोले सो सेवा बन्द गराएको सीडीएससीले लगानीकर्तामा जानकारी गराएको छ । ‘विगत केही दिनदेखि प्राविधिक समस्याको कारणले मेरो सेयरको माई पोर्टफोलियोमा लाष्ट ट्रान्जेक्सन प्राइस(पछिल्लो कारोबारको मूल्य) तथा लाष्ट क्लोजिङ प्राइसमा अन्तिम मल्य प्राप्त गर्न सकिएकाे छैन । त्यसैले उक्त समस्या समाधानको लागि आवश्यक कार्य भइरहेकोले हालको लागि माई पोर्टफोलियो हेर्ने सुविधा बन्द गरिएको हो ।’- सीडीएससीले भन्याे । साथै, यसबाट लगानीकर्तामा पर्न गएको असुविधाप्रति सीडीएससीले क्षमा मागेको छ ।
लक्ष्मी इक्विटी फण्डको भदौ २३ गते बुक क्लोज, नगद लाभांश वितरण गर्ने
काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी इक्विटी फण्डको आगामी भदौ २३ गते बुक क्लोज हुने भएको छ । फण्डले नगद लाभांश वितरण गर्नको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । फण्डले आर्थिक वर्ष २०७६/७७को लागि योजना इकाईधनीहरुलाई कर ४.२५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । लक्ष्मी इक्विटी फण्ड लक्ष्मी बैंकद्वारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित रहेको छ ।
समाज लघुवित्तको आईपीओ बाँडफाँड हुँदै (लाइभ)
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आज (भदौ १५ गते) बाँडफाँड हुँदै छ । उक्त आईपीओ बाँडफाँड संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भइरहेको छ । संस्थाले गत भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म निष्काशन गरेको आईपीओको शुक्रबार प्रिअलोटमेन्ट भएको थियो । जस अनुसार ८ हजार ७० जना आवेदकले १० कित्ताको दरले संस्थाको सेयर पाउने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । गत भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म निष्काशन भएको उक्त आईपीओमा ५ लाख ६४ हजार एक सय ३८ जना आवेदकबाट एक करोड १९ लाख ८९ हजार ८० कित्ता सेयरको लागि आवेदन परेको थियो । जुन संस्थाले सर्वसाधारणमा माग गरेको तुलनामा १४८.५६ गुणा बढी आवेदन परेको थियो । समाज लघुवित्तकाे समाज लघुवित्तको आईपीओ बाँडफाँड हुँदै {LIVE} Gepostet von Bikashnews.com am Montag, 31. August 2020 संस्थाले ८३ हजार कित्ता अर्थात ८३ लाख रुपैयाँ बराबरको सेयर निष्काशन खुल्ला गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको थियो । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेको थियो ।