जनरल इन्स्योरेन्सले ३० करोडको आईपीओ जारी गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले ३० करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । बोर्डले कम्पनीलाई भदौ २५ गते सो मात्राको सेयर निष्काशन गर्नको लागि अनुमति दिएको हो । यससँगै कम्पनीले केही दिनमै बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल मार्फत सो मात्राको आईपीओ सर्वसाधारणमा बिक्री गर्ने छ ।

महिला लघुवित्तले चार करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चार करोड रुपैयाँ बराबरको साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) जारी गर्ने भएको छ । जसको लागि संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नियुक्त भएको छ । उक्त नियुक्ती सम्बन्धी सम्झौता पत्रमा एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र महिला लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् । लघुवित्तले प्रति सेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ४ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

रिलायन्स लाइफको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, ओपनिङ् रेञ्ज कति ?

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको २ कराेड १० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड गरेको सो मात्राको सेयर आज (भदौ २२ गते) सोमबार नेप्सेमा सूचीकृत भएको हो । उक्त समझदारी पत्रमा रिलायन्स लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका हुन् । यससँगै कम्पनीको उक्त सेयर मंगलबार(भदौ २३ गते)देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल आरएलआई दिइएको छ । यससँगै पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०७.५९ रुपैयाँ र ३२२.७७ रुपैयाँ तोकेको छ । रिलायन्स लाइफले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्न, शेयर दाखिल खारेज गर्न, नामसारी गर्न लगायतका सेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही गर्न सनराईज क्यापिटललाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ । बीमा समितिबाट पछिल्लो समय इजाजतप्राप्त १० नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सर्वसाधारणमा सेयर सार्वजनिक निष्काशन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हो ।