नेप्सेले खारेज गर्याे ५ ब्रोकर कम्पनीको मार्जिन कारोबार सदस्यता, कुन कुनकाे ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले विभिन्न ५ वटा ब्रोकर कम्पनीको मार्जिन कारोबार सदस्यता खारेज गरेको छ । नेप्सेले मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन नदिएका ५ ब्रोकर कम्पनीको सदस्यता खारेज गरेका हो । हालसम्म २२ वटा ब्रोकर कम्पनीहरूले मार्जिन कारोबारको लागि अनुमति पाएका थिए । जसमध्ये १७ कम्पनीले नविकरण गर्न निवेदन दिएका छन् भने बाँकी ५ कम्पनीले हालसम्म निवेदन नदिएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार २८ नम्बरको श्री कृष्ण सेक्युरिटिज, ५२ नम्बरको सुन्धारा सेक्युरिटिज, १० नम्बरको प्रज्ञान सेक्युरिटिज, ५८ नम्बरको नासा सेक्युरिटिज र २२ नम्बरको सिप्रवी सेक्युरिटिजले नविकरणको लागि निवेदन दिएका छैनन् । त्यसैले, नेप्सेले उक्त कम्पनीको मार्जिक कारोबार सदस्यता खारेज गरेको हो । मार्जिन कारोबार सदस्यता खारेज भएका कम्पनीहरू मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ परिच्छेद २ को दफा ६(२)मा भएको व्यवस्था अनुसार नेप्सेले उक्त ब्रोकर कम्पनीको अनुमति पत्र स्वतः खारेज गरेको जानकारी गराएको छ । मार्जिन कारोबार सेवा नवीकरण गरेका कम्पनीहरू
लाभांश पारित गर्न शिवम् सिमेन्ट्सले कात्तिक २४ गते बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । शिवम् सिमेन्ट्सले आगामी कात्तिक २४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले प्रस्तावित २४.२१ प्रतिशत नगद लाभांश पारित गर्न सो दिन आफ्नो ५औं वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभा सो दिन बिहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालय अनामनगरको सभाहलबाट भर्च्युअल जुम मार्फत हुने कम्पनीले जानकारी गराएको छ । सो प्रयोजनको लागि कम्पनीले कात्तिक १३ गते एक दिन मात्र बुक क्लोज गर्ने भएको छ । यससँगै कात्तिक १२ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको नगद लाभांश पाउने छन् । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २४.२१ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव गरेको छ । जुन हालसम्मकै उच्च लाभांशदर हो । सम्बन्धित समाचारः शिवम् सिमेन्ट्सले घोषणा गर्याे हालसम्मकै उच्च लाभांश
२ लाख ७३ हजारले पाए सानिमा जनरल इन्स्योरेन्सको सेयर, करिब ६ लाखकाे हात खाली
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ) को आज(असाेज ३० गते) बाँडफाँड भएको छ । उक्त आईपीओ सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । क्यापिटलका अनुसार भाग्यमानी २ लाख ७३ हजारले मात्र कम्पनीको सेयर हात पारेका छन् । उनीहरुले गोलाप्रथाबाट १०/१० कित्ताको दरले कम्पनीको सेयर हात पारेका हुन् । आईपीओमा कूल ८ लाख ६६ हजार ९ सय ५ जना आवेदकहरुबाट एक करोड ८५ लाख ९१ हजार ५ सय २० कित्ताको लागि सेयर आवेदन परेको थियो । जसमध्ये ३३ सय ६० जना आवेदकहरुबाट ६२ हजार २ सय ८० कित्ताको लागि परेको आवेदन दोहोरो भएकाले उक्त आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकी रितपूर्वक प्राप्त ८ लाख ६३ हजार ५ सय ८५ वटा आवेदकबाट एक करोड ८५ लाख २९ हजार २ सय ४० कित्ताका लागि आवेदन प्राप्त भएको छ । जसमध्ये गोलाप्रथाबाट २ लाख ७३ हजार जनालाई १०/१० कित्ताको दरले बाँडफाँड गरिएको हो । यससँगै रितपूर्वक आवेदन दिनेमध्ये ५ लाख ९० हजार बढीकाे हात खाली भएको छ । कम्पनीले असोज २१ गतेदेखि असोज २५ गतेसम्म प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरेकाे हाे । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे । ७० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बाँडफाँडपछि एक अर्ब रुपैयाँ पुग्नेछ।