निफ्राकाे आईपीओ भर्ने आज अन्तिम दिन, हालसम्म कतिले भरे ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (मंगलबार) अन्तिम दिन रहेको छ । गत माघ २ गतेदेखि निश्काशन भएको उक्त आईपीओमा माग भन्दा बढी आवेदन परेसँगै कम्पनीले छिटो मिति अर्थात माघ ६ गते नै निष्काशन बन्द हुने भएको हो । यससँगै इच्छुक लगानीकर्ताले मंगलबार बैंकिङ् समयभित्रमा आवेदन दिन सक्नेछन् । हालसम्म उक्त सेयरमा १४ अर्ब रूपैयाँ बराबरकाे आवेदन परिसकेकाे छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार साेमबार साँझ ५ बजेसम्ममा ११ लाख ६३ हजार ८० जना आवेदकले १३ कराेड ९९ लाख ७२ हजार ७९० कित्ता अर्थात १३ अर्ब ९९ कराेड ७३ लाख ७९ हजार रूपैयाँ बराबरको आवेदन दिएका छन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेकाे भन्दा १.८४ गुणा बढी आवेदन हाे । कम्पनीले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर माग गरेकाे हाे । आईपीओ जारी गरिरहेको निफ्राले तत्काल ५ अर्ब भित्र्याउँदै, वार्षिक १३ खर्बको लगानी गर्नुपर्ने ! बैंकले माघ २ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरिरहेकाे छ । जसमध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । र, बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको छ । बिक्री प्रबन्धक क्यापिटलका अनुसार कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने छ । यससँगै इच्छुक सर्वसाधारणले माघ ६ गते अर्थात भाेलि मंगलबार बैंकिङ्ग समय भित्रमा आवेदन दिन पाउने छन् । नेपाल धितोपत्र बोर्डले गत पुस १० गते मात्रै बैंकलाई सो मात्राको आईपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । यसअघि नेपाली पुँजीबजारमा कुनै पनि कम्पनीले यति ठूलो आकारको सेयर जारी गरेका थिएनन् । यति ठूलो मात्रामा सेयर जारी गर्ने बैंक नै पहिलो कम्पनी हो । सेयर निष्काशन गर्न इक्रा नेपालले मोडेरेट क्रेडिट रिक्स जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी ग्रेडिङ्ग प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमानै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम श्रेणीको सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा लिइन्छ ।
कृषि उपज सङ्कलन केन्द्रकाे सेयर नगरवासीले पनि पाउने, सेयर स्वामित्व कति ?
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा निर्माणाधीन कृषि उपज सङ्कलन केन्द्रमा नगरवासीलाई सेयर प्रदान गरिने भएको छ । साझा सहकारीको जग्गामा निर्माण हुँदै गरेका केन्द्रमा नगरपालिकाका सबै घरधुरीलाई सेयर प्रदान गर्न लागिएको हो । यसका लागि नगरपालिकाको आठौं नगरसभाले कृषि उपज सङ्कलन केन्द्र सञ्चालन निर्देशिका र सार्वजनिक निजी साझेदारी ऐन पारित गरेको छ । सोमबार सम्पन्न नगरसभाले सबै घरधुरीलाई सेयर सदस्यको स्वामित्व प्रदान गर्ने गरी निर्देशिका बनाएको नगरप्रमुख किसान गुरुङले जानकारी दिए । उनका अनुसार केन्द्रमा नगरपालिकाको ५१ प्रतिशत र नगरवासीको ४९ प्रतिशत सेयर स्वामित्व रहने गरी निर्देशिका बनाइएको छ । पाँच करोड १८ लाख रूपैयाँको लगानीमा कृषि उपज सङ्कलन केन्द्रको भवन निर्माण भइरहेको छ । नगरसभाले चालु आर्थिक वर्षमा बजेटमा समावेश नीति तथा कार्यक्रमको रकमान्तरसँगै योजना संशोधन गर्ने निर्णय गरेको छ । नगरपालिकामा फोहरमैला व्यवस्थापनका लागि पनि विभिन्न पालिकाले गरेको अभ्यासअनुसार अगाडि बढ्ने निर्णय भएको प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए । यसका लागि बोलपत्र परे पनि अख्तियारमा उजुरी परेपछि कार्यान्वयन हुनसकेको छैन । नगरपालिकाले सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधानका आयोगको लागि बजेट रकमान्तर गरेको छ । लक्षित वर्गअन्तर्गत विनियोजित आदिवासी जनजाति, दलित, मुस्लिम र महिला लक्षित कार्यक्रम सञ्चालनका लागि छुट्याइएको रकमबाट २० लाख रुपैयाँ आयोगका लागि रकमान्तर गरिएको प्रवक्ता कुमालले जानकारी दिए । आँबुखैरेनीको आठौ गाउँसभाः संशोधित बजेट पारित जिल्लाको आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ का लागि संशोधित कार्यक्रम तथा बजेट पारित गरेको छ । सोमबार सम्पन्न आठौँ गाउँसभाले चालु आवका लागि रु ५८ करोड पाँच लाख बराबरको संशोधित बजेट पारित गरेको हो । चालु आवमा सञ्चालन हुन नसकेका योजनाको बजेट कटौती गरिएको छ । गाउँसभाले दृश्यावलोकन स्तम्भका लागि विनियोजित १० लाख रुपैयाँ, राहतका लागि रोजगार कार्यक्रमका लागि विनियोजित २० लाख रुपैयाँ बजेट खर्चबाट कटौती गरी आम्दानीमा समावेश गरेको छ । त्यस्तै ढुङ्गा गिट्टीबाट एक करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएकामा उक्त आम्दानी एक करोड ५५ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । गाउँसभाले जिल्ला कारागार कार्यालयमा कैदीबन्दीका लागि खाट व्यवस्थापनका लागि एक लाख रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको छ । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जनप्रतिनिधिको कार्यकाल अन्तिम चरणमा आइसक्दा पनि आवधिक योजना निर्माण हुन नसकेकाले आवधिक योजना निर्माण गर्न लागिएको जानकारी दिए । उनले गाउँपालिकामा बेरुजु समस्या देखिएकाले आफूहरूको कार्यकालमा बेरुजु शून्य बनाउने लक्ष्य राखिएको सो अवसरमा बताए । गाउँसभाबाट ५० प्रतिशत अनुदानमा सञ्चालन हुने पशु सेवा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ र पशुपक्षी पकेट क्षेत्र प्रवद्र्धन सहयोग कार्यक्रम सञ्चालन निर्देशिका २०७७ छलफलसहित पारित गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । साथै आवधिक योजना निर्माण गर्ने, एक वडाः एक पोखरी र एक चौतारी निर्माण गरी पर्यावरण प्रवद्र्धन गर्ने, बजार क्षेत्रमा हरित बेल्ट निर्माण गर्ने, क्रमागत योजनाका रूपमा सञ्चालन हुने गरी बहुउद्देश्यीय भवन निर्माण प्रारम्भ गर्ने, प्राप्त स्रोतका आधारमा प्राथमिकता प्राप्त योजना छनोट गरी कार्यान्वयन गर्ने निर्णय गाउँसभाले गरेको छ । ठेक्काको म्याद थप गाउँपालिकाभित्र निर्माण सम्पन्न हुन नसकेका केही ठेक्काको म्याद थप गर्ने निर्णय गाउँसभाले गरेको छ । प्रमुख प्रशासकीय अधिकृत पोखरेलका अनुसार त्यस्ता ठेक्कामा तीन महिना म्याद थप गर्ने निर्णय भएको छ । रासस
अपडेटः निफ्राको आईपीओमा १४ अर्बको आवेदन, कतिले भरे सेयर ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले जारी गरिरहेको प्राथमिक सेयर(आईपीओ)मा हालसम्ममा करिब १४ अर्ब रूपैयाँकाे आवेदन परेको छ । आज(माघ ५ गते) ५ बजेसम्ममा १३ अर्ब ९९ कराेड ७३ लाख ७९ हजार रूपैयाँ बराबरको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको हो । क्यापिटलका अनुसार साे अवधिसम्म ११ लाख ६३ हजार ८० जना आवेदकले १३ कराेड ९९ लाख ७२ हजार ७९० कित्ताकाे लागि आवेदन दिएका छन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेकाे भन्दा १.८४ गुणा बढी आवेदन हाे । कम्पनीले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर माग गरेकाे हाे । बैंकले माघ २ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरिरहेकाे छ । जसमध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । र, बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । क्यापिटलका अनुसार कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने छ । यससँगै इच्छुक सर्वसाधारणले माघ ६ गते अर्थात भाेलि मंगलबार बैंकिङ्ग समय भित्रमा आवेदन दिन पाउने छन् । नेपाल धितोपत्र बोर्डले गत पुस १० गते मात्रै बैंकलाई सो मात्राको आईपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । यसअघि नेपाली पुँजीबजारमा कुनै पनि कम्पनीले यति ठूलो आकारको सेयर जारी गरेका थिएनन् । यति ठूलो मात्रामा सेयर जारी गर्ने बैंक नै पहिलो कम्पनी हो । सेयर निष्काशन गर्न इक्रा नेपालले मोडेरेट क्रेडिट रिक्स जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी ग्रेडिङ्ग प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमानै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम श्रेणीको सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा लिइन्छ । सम्बन्धित समाचार आईपीओ जारी गरिरहेको निफ्राले तत्काल ५ अर्ब भित्र्याउँदै, वार्षिक १३ खर्बको लगानी गर्नुपर्ने !