एभरेष्ट इन्स्योरेन्ससहित एक लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एभरेष्ट इन्स्योरेन्ससहित एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आज(असार २४ गते) मात्रै एभरेष्ट इन्स्योरेन्स कम्पनी र सिभिल लघुवित्तको कूल ९ लाख ५८ हजार ६२० कित्ता बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये एभरेष्ट इन्स्योरेन्सको ८ प्रतिशत अर्थात ८ लाख ७६ हजार ७४४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । त्यस्तै, सिभिल लघुवित्तको ३.५ प्रतिशत अर्थात ८१ हजार ८७६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै यी दुबै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

बोटलर्स नेपाल (तराई) भन्छ: ५ वर्षसम्म पनि लाभांश लिन आएनन् लगानीकर्ता

काठमाडौं । बोटलर्स नेपाल (तराई)का सेयरधनीले ५ वर्ष पुग्दा पनि लाभांश नबुझेका छैनन् । केही सेयरधनीले हालसम्म पनि आर्थिक वर्ष २०७१/७२ सालको लाभांश लिन नगएका कम्पनीले बताएको हो । कम्पनीका अनुसार गत २०७२ साल पुस २८ गते सम्पन्न कम्पनीको आर्थिक वर्ष २०७१/७२ को पारित लाभांश सेयरधनीले लिएका छैनन् । उक्त लाभांश सम्बन्धित सेयरधनीले वा निजको हकवालाले ५ वर्ष पुगिसक्दा पनि हालसम्म लिन नआएको तथा दावी समेत नपरेको कम्पनीको भनाई छ । यससँगै उक्त लाभांश भुक्तानी गर्न कम्पनीले सेयरधनीलाई आग्रह गरेको छ । जसको लागि लगानीकर्ताले कम्पनीको सेयर रजिष्ट्रारको कार्यालय काठमाडौंको नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमा सम्पर्क गर्न सक्नेछन् । उनीहरुले आफ्नो सेयर प्रमाणपत्रका साथ परिचय पत्र लिई आजको मितिबाट एक महिनाभित्रमा सम्पर्क गर्नुपर्ने हुन्छ । यदि सो अवधिभित्र लाभांश लिन नगएमा उक्त लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी गराएको छ । सो कोष कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापित भएको हो ।

एनआइबिएल सहभागिता फण्ड तेश्रो वर्षमा, लगानीकर्ताले आजै दुई गुणासम्म लगानी बढाउन पाउने

काठमाडौं । नेपालकै पहिलो खुलामुखी योजना एनआइबिएल सहभागिता फण्डले संचालनको दोस्रो वर्ष पार गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित यस योजनाले नेपालकै पूँजीबजारमा खुलामुखी योजनाको परिचय दिन सफल भएको हो । खुलामुखी योजानाले सञ्चालनको पहिलो आर्थिक वर्ष २०७६/२०७७ मा नै इकाईधनीहरुको लागि ८.२५ प्रतिशत नगद लाभांश समेत प्रदान गर्न सफल भएको थियो । असार २२ गतेको तथ्याङ्क अनुसार रहेको यो योजानाको प्रति इकाई खुद मूल्य १७ रुपैयाँ २१ पैसा पुगेको छ भने योजानाको आकार ३१ करोड ४२ लाख रुपैयाँ पुगेको छ । योजनाको अंकित मूल्य १० रुपैयाँ रहेको छ । योजना व्यवस्थापक, एनआईबिएल एस क्याप्टिलले एनआइबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा लगानीकर्तालाई आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउने योजाना गत आइतबार असार २० गतेदेखि आज बिहीबार असार २४ गतेसम्मको लागि ल्याएको छ । यससँगै यो योजनामा हालसम्म सहभागी नभएका लगानीकर्ता आज अन्तिम दिन दिउँसो ३ बजेसम्ममा सहभागी हुन सक्नेछन् । योजनाको नतिजा आगामी साउन १५ गते गोलाप्रथाद्वारा फेसबुकल लाइभ मार्फत गरिनेछ । र, योग्य सहभागिहरुबाट २० जना विजेता घोषणा गरिने र पूर्व निर्धारित नियम र सर्तहरु अनुसार पुरस्कार वितरण गरिने क्यापिटलले जनाएको छ ।