अजोड इन्स्योरेन्सको प्रस्तावित हकप्रद सेयर स्थगित
काठमाडौं । अजोड इन्स्योरेन्सले प्रस्ताव गरेको ५० प्रतिशत हकप्रद सेयर स्थगित भएको छ । बीमा क्षेत्रको नियामक बीमा समितिले निर्देशन दिएसँगै कम्पनीले २ कित्ता बराबर १ कित्ताको दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्थगित गरेको हो । इन्स्योरेन्सले प्रस्ताव गरेको पुँजी वृद्धि र हकप्रद जारी सम्बन्धी विशेष प्रस्ताव स्थगन गर्न समितिले गत चैत २३ गते कम्पनीलाई निर्देशन दिएको थियो । सोहि बमोजिम चैत २५ गते आकस्मिक बसेको कम्पनीको सञ्चालक समितिको बैठकले समितिको निर्देशन पालना गर्दै हकप्रद प्रस्ताव स्थगन गर्ने निर्णय गरेको हो । यसअघि कम्पनीले पुँजी वृद्धि गर्न सो मात्राको हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने निर्णय गत चैत १७ गते प्रकाशित गरेको थियो । जुन निर्णय चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।
‘बोर्डका पछिल्ला गृहकार्यले नै पुँजीबजारमा नयाँ नयाँ कीर्तिमान कायम भएको हो’
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बोर्डका पछिल्ला निर्णय र कार्यले पुँजीबजारमा नयाँनयाँ कीर्तिमान कायम हुँदै गएको दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको सहकार्यमा मर्चेन्ट बैंकर एशोसिएशन अफ नेपालले आयोजना गरेको आर्थिक पत्रकारको क्षमता अभिवृद्धि तालिममा उनले सो बताएका हुन् । साथै, उनले आम लगानीकर्ताले पनि सूचना लिँदा आधिकारिक स्रोतको प्रयोग गर्नुपर्नेमा जोड दिए । गलत सूचनाका कारण लाखौं लगानीकर्ता प्रभावित हुने भएकाले सम्बद्ध निकाय पनि सूचना प्रवाहमा सजग हुनुपर्ने उनले बताए । यस्तै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आम लगानीकर्तालाई सूचनाको व्यवस्थापन गर्न सुझाव दिए । कार्यक्रममा एशोसिएसनका अध्यक्ष मेख बहादुर थापाले यस्ता तालीम देशव्यापी आयोजना गर्ने र त्यसका लागि नाफिजसँग सहकार्य गर्ने बताए । एशोसिएशनले समाचार सम्प्रेषण गर्ने पत्रकारको क्षमता अभिवृद्धि भएमात्र पुँजी बजारका बारेमा सही समाचार आम सर्वसाधारणमा जाने महसुस गरेर आर्थिक पत्रकारको क्षमता विकासका लागि तालिम आयोजना गरेको हो ।
अर्को साताबाट मेरो सेयरमा कुनै पनि समस्या नदेखिने
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ(सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले अर्को साताबाट मेरो सेयरमा कुनै पनि समस्या नदेखिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा मर्चेन्ट बैंकर एशोसिएसन अफ नेपालले आयोजना गरेको आर्थिक पत्रकारसँगको कार्यक्रममा उनले सो बताएका हुन् । मेरो सेयरको समस्या समाधानका लागि गत हप्ता २ वटा सफ्टवेयर जडान गरिएको छ । तर, पुँजी बजारमा धेरै संस्था आवद्द भएकाले एकमा समस्या आउँदा अर्को प्रभावित हुने गरेको उनको भनाइ छ । कहिले इन्टरनेट राम्रो नचल्दा पनि सीडीएससीलाई नै दोष दिइने गरेको उनको भनाई छ । प्राविधिक कारणले सिस्टममा समस्या देखिँदा पनि संस्थालाई जोडेर सूचना प्रवाह हुँदा संस्थाप्रति लगानीकर्ता रुष्ट हुने देखिएको सीईओ आचार्यले बताए । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको संख्या बढ्दो छ । गत आवको अन्त्यमा मेरो सेयर प्रयोगकर्ता ६ लाख रहेकोमा २३ लाख पुगेको छ । त्यस्तै, डिम्याट खाता १७ लाख बाट ३३ लाख पुगेको छ । सम्बन्धित समाचार मेरो सेयरमा केहि दिन समस्या देखिने, सिडिएस भन्छ- यसरी लिनुस् सेवा