इमर्जिङ्ग नेपालले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले सर्वसाधारणमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको सेयर जारी गर्ने प्रकृया अघि बढाएको हो । उक्त सेयर निष्काशनको लागि संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । संस्थाले एक सय अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता सेयर निष्काशन गर्न लागेको हो । उक्त सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि मात्रै संस्थाले सो मात्राको सेयर जारी गर्ने छ ।
कोरोना कोषमा सहयोग गरेको रकम अनुमोदन गर्न जनरल इन्स्योरेन्सले बोलायो एजीएम
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले आगामी बैशाख २६ गते वार्षिक साधारणसभा(एजीएम) बोलाएको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको हात्तीसारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफ्नो तेश्रो वार्षिक साधारणसभा बोलाएको हो । सभामा कम्पनीले कोभिड-१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव लैजाँदै छ । त्यस्तै, सभाले कम्पनीको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक महिलासहित २ सञ्चालकलाई नियुक्त गर्ने प्रस्ताव रहेको छ । सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी बैशाख १० गतेदेखि बैशाख २६ गतेसम्म बुक क्लोज हुने भएको छ ।
२ लाख ६९ हजारले पाए सिंगटी हाइड्रोको आईपीओ, नतिजा यसरी हेर्न सकिन्छ
काठमाडौं । सिंगटी हाइड्रोपावरले निष्काशन गरेको आईपीओको बाँडफाँड आज (चैत २७ गते) शुक्रबार हुने भएको छ । उक्त आईपीओ बाँडफाँड सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ बजे भएको हो । यससँगै २ लाख ६९ हजार ७०० जना आवेदकले मात्रै कम्पनीको सेयर हात पारेका छन् । क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिनेमध्ये २ लाख ६९ हजार ७०० जना आवेदकलाई न्युनतम १० कित्ताको दरले सेयर बाँडफाँड गरिएको हो । त्यस्तै, १२ लाख ९० हजार १०२ जना योग्य आवेदकको भने हात खाली भएको छ । कुल १५ लाख ६५ हजार ५३० जनाको आवेदन परेको कम्पनीको आईपीओमा १५ लाख ५९ हजार ८०२ वटा मात्रै रितपूर्वक आवेदन परेको क्यापिटलले जनाएको छ । गत चैत ६ गतेदेखि चैत १० गतेसम्म निष्काशन भएको उक्त आईपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकले २ करोड ४७ लाख २० हजार ४५० कित्ता सेयर खरिदको लागि आवेदन दिएका थिए । जुन सर्वसाधारणमा बिक्री गरेको तुलनामा ९.१७ गुणा बढी हो । यसरी हेर्न सकिन्छ नतिजा यससँगै, आवेदकले मेरो सेयरको वेबसाइट मार्फत आईपीओको रिजल्ट हेर्न सक्नेछन् ।