चन्द्रागिरी हिल्स १८ करोड बढी नोक्सानीमा, आम्दानी बढाउन यस्तो छ कम्पनीको रणनीति

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले चैत मसान्तसम्ममा १८ करोड ११ लाख रुपैयाँ बराबरको खुद नोक्सानीमा रहेकाे छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले १५ करोड ९३ लाख रुपैयाँ बढीको नोक्सानी व्यहोरेको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो ९ महिनामा २ करोड १८ लाख रुपैयाँ मात्र नोक्सानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २३ करोड ७९ लाख रुपैयाँ घटेको छ भने अन्य आम्दानी २१ करोड २७ लाख रुपैयाँले घटेको छ । त्यस्तै, कम्पनीको कूल खर्च ५ करोड ३८ रुपैयाँँ बराबरको रकम ऋणात्मक रहेको छ । कम्पनीको गत आवको चैत मसान्तसम्ममा १४ करोड रुपैयाँ बढी रहेको कम्पनीको सञ्चालन मुलना घटेर अहिले २ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ । हाल १ अर्ब ५३ करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ३२ करोड ८ लाख रूपैयाँले ऋणात्मक रहेको छ । त्यस्तै, कम्पनीको वार्षिक प्रतिसेयर अम्दानी घटेर ११.८१ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ घटेर ७९.०९ रुपैयाँमा झरेको छ । हालै आईपीओ जारी गरी दोश्रो बजारमा प्रवेश गरेको कम्पनीको कूल ४४ दिन कारोबार भएको छ । यो अवधिमा कम्पनीको ८ लाख ८३ हजार २५१ कित्ता सेयर ५१ हजार ९६५ पटकमा किनबेच भएको हो । त्यस्तै, यो अवधिमा संस्थाको न्यूनतम मूल्य १५९ रुपैयाँ र अधिकतम मूल्य २ हजार ८ सय रुपैयाँमा पुगेको छ । यस्तो छ कम्पनीको रणनीति कोरोना भाइरस संक्रमणको यस प्रतिकूल परिस्थितिमा कम्पनीले व्यवसायिक गतिविधिमा वृद्धि गर्न विभिन्न समस्या तथा चुनौती सामाना गर्नुपरेको अवस्था रहेको कम्पनीले जनाएको छ । यो अवस्थामा पनि भ्रमणमा आउने तथा रिर्सोटमा बस्न आउने पर्यटकलाई प्रदान गर्ने गुणस्तरीय सेवा तथा अपनाउनुपर्ने सुरक्षा मापदण्डमा स्तरोन्नति, संरचनाका सेवा तथा सुविधा सम्बन्धी भौतिक पूर्वाधारको स्तर वृद्धि गर्ने तथा व्यवसायिक कार्यकुशलतालाई पूर्ण क्षमतामा प्रयोग गर्ने कम्पनीको याेजना रहेको छ । कम्पनीको सञ्चालन न्युनतम खर्चमा गर्ने, कम्पनी सञ्चालनार्थ सम्बन्धित खर्चको मितव्ययीता सहित अन्य अनावश्यक खर्चहरुलाई समेत कटौती गर्दै कम्पनीलाई प्रतिकूल परिस्थितिमा पनि अनुकूल वातावरण बनाई आम्दानीमा वृद्धि गर्न बजार व्यवस्थापन गर्नतर्फ उच्च प्राथमिकता दिने कम्पनीको रणनीति रहेको छ ।

एकैदिन एभरेष्ट बैंकको करिब ११ लाख कित्ता सेयर खरिद विक्री, को हो किन्ने र बेच्ने ?

काठमाडौं । साताको पहिलो दिन आज एभरेष्ट बैंकको करिब ११ लाख कित्ता सेयर खरिद विक्री भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज एभरेष्ट बैंकको १० लाख ८६ हजार ४ सय ५८ कित्ता सेयर ८७ करोड ६२ लाख ९९ हजार रुपैयाँमा खरिद विक्री भए । आज सबैभन्दा बढी कित्ता सेयर कारोबार भएको एभरेष्ट बैंकको नै हो । र, अझ रोचक त आज कारोबार भएको एभरेष्ट बैंकको सेयरमध्ये झण्डै आधा नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) बाट भएको छ । नासा सेक्युरिटिजले एभरेष्ट बैंकको २४ कारोबारबाट ५ लाख ५१ हजार २ सय ५९ कित्ता खरिद विक्री गरेको छ । सो सेयर ४४ करोड १३ लाख २६ हजार रुपैयाँमा कारोबार भएको नेप्सेले जानकारी दिएको छ । एकै दिन एभरेष्ट बैंकको धेरै कित्ता सेयर कारोबार भएपनि नेप्सेले यसलाई ‘सामान्य’ मानेको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले एभरेष्टको आजको कारोबारलाई ‘सामान्य भएको’ प्रतिक्रिया दिए । एभरेष्ट बैंकको यति धेरै सेयर कसले बेच्यो भन्ने चर्चा बजारमा चलेको छ । स्रोतहरुले भने एभरेष्ट बैंकको संचालक समिति अध्यक्ष विके श्रेष्ठसँग सम्बन्धित व्यक्तिहरुले सेयर विक्री गरेको बताएका छन् । ‘एभरेष्ट बैंकको प्रमोटरबाट साधारणमा परिणत भएको सेयरको कारोबार भएको हो, बैंकका अध्यक्ष विके श्रेष्ठ र उनको परिवारका व्यक्तिहरुले सेयर खरिद विक्री गरेका होइनन्, तर उनी सम्बद्ध व्यक्तिहरुले नै सेयर विक्री गरेको देखिएको छ,’ नेप्से स्रोतले भन्यो । विके श्रेष्ठ सम्बद्ध व्यक्तिहरुले ठूलो परिमाणमा सेयर विक्री गर्ने भएपछि ब्रोकर नम्बर ५८ ले सम्भावित विभिन्न व्यक्तिहरुलाई फोन गरेर सेयर किन्न आग्रह गरेको थियो । ब्रोकरको यस्तो आग्रहका कारण नै सो ब्रोकरबाट नै विक्री र खरिद भएको देखिएको हो । सो ब्रोकरले प्रतिकित्ता न्यूनतम ८ सय रुपैयाँदेखि अधिकतम ८२० रुपैयाँ सेयर खरिद गरेको देखिएको छ ।

कुमारी इक्वीटी फण्ड नेप्सेमा सूचीकृत, बैशाख ६ गतेदेखि कारोबार हुने

काठमाडौं । कुमारी क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गतको कुमारी इक्वीटी फण्ड नेप्सेमा सूचीकृत भएको छ । संस्थाको आज(बैशाख ५ गते) मात्रै प्रतिइकाई मूल्य १० रुपैयाँ कायम भएको १० करोड कित्रा सामूहिक लगानी कोष इकाई नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको सो मात्राको इकाई भोलि (अर्थात बैशाख ६ गते) देखि दोश्रो बजारमा कारोबार हुने छ । र, दोश्रो बजारको कारोबारको लागि नेप्सेले संस्थालाई केईएफ सिम्बोल दिएको छ । हालै संस्थाले सर्वसाधारण समक्ष कुमारी क्यापिटल मार्फत १० करोड इकाई बिक्री खुला गरेको थियो ।