पाँच दिनमै एक खर्ब ५ अर्बले घट्यो लगानीकर्ताको सम्पत्ति
काठमाडौं । पछिल्लो एक साता शेयर बजार मापक नेप्से परिसूचक ७५.१८ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४ विन्दुमा पुगेको थियो । यो साता पाँच दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने वृद्धि भएको छ । यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक ७५.१८ अंकले गिरावट आएर २ हजार ८०१.५६ विन्दुमा पुगेको छ । अघिल्लो साता १०६.८२ अंकले बढेको नेप्से परिसूचक यो साता भने ७५.१८ अंकले गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नै नेप्से परिसूचकमा गिरावट आएको थियो । आइतबार नेप्से ४०.५७ अंक घटेर २ हजार ८३६.१७ विन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.७३ अंक घटेर ५३१.९२ विन्दुमा झरेको थियो भने फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ इण्डेक्स २.४८ अंक घटेको थियो । आइतबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार कित्ता शेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । तर, आइतबार ४० अंक बढीले गिरावट आएको नेप्से परिसूचक सोमबार १५.६९ अंकले बढेर २ हजार ८५१.८६ विन्दुमा पुगेको थियो । सोमबार कारोबारमा आएका २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो । सोमबार कारोबारको दिन १५.६९ अंक बढेर बन्द भएको नेप्से मंगलबार भने १६.३० अंक घटेर २ हजार ८३५.५८ विन्दुमा झरेको थियो । मंगलबार नेप्से परिसूचक ओरालो लागेपनि कारोबार रकम भने बढेको थियो । कारोबारमा आएका २३० कम्पनीको १ करोड २० लाख ५३ हजार कित्ता शेयर ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । मंगलबार १६.३० अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार २२.११ अंक घटेर २ हजार ८१३.४७ विन्दुमा झरेको थियो । बुधबार कारोबारमा आएका २२३ कम्पनीको ६५ लाख २० हजार कित्ता शेयर ३ अर्ब ४७ करोड ११ लाख ९ हजार रुपैयाँको खरिदबिक्री भएको थियो । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक ११.९६ अंक घटेर २ हजार ८०१.५६ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंकले घटेको छ । बिहीबार कारोबारमा आएका २२७ कम्पनीको ६९ लाख ५० हजार कित्ता शेयर ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवारको तुलनामा नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । बुधबार ३ अर्ब ४७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो । पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि गिरावट आएको छ । गत साता १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले वृद्धि भएकोे लगानीकर्ताको सम्पति यो साता भने १ खर्ब ५ अर्ब ७३ करोड रुपैयाँले गिरावट आएको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ४० खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । यो साता १ खर्ब ५ अर्ब ७३ करोड रुपैयाँले सम्पति घटेर ३९ खर्ब ५९ अर्ब ६४ करोड रुपैयाँमा पुगेको छ ।
४२ जनाले भरे बलेफी हाइड्रोको आईपीओ
काठमाडौं । बलेफी हाइड्रो पावरले निष्काशन गरेको आईपीओमा पहिलो दिन ४२ जनाको आवेदन परेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई निष्काशन गरिएको उक्त सेयरमा पहिलो दिन साँझ साढे ५ बजेसम्म ४२ जनाले आवेदन दिएका सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार उनीहरुले ६ लाख १९ हजार रुपैयाँ बराबरको ६ हजार १९० कित्ता सेयर माग गरेका हुन् । कूल आवेदन दिने ४२ जनामध्ये अधिकांशले मेरो सेयर मार्फत आवेदन दिएका छन् । जसमा ३६ जनाले आश्वाबाट आवेदन दिएका छन् भने बाँकी ६ जनाले अन्य माध्यमबाट आवेदन दिएका हुन् । कम्पनीले कूल १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं. २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं. १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाहरुका लागि निष्काशन गरेको हो । उक्त आईपीओमा इच्छुकले छिटोमा फागुन १२ गतेभित्र आवेदन दिइसक्नु पर्ने छ । यदि सो अवधिसम्म कम्पनीले माग गरेको जति आवेदन नपरेमा क्यापिटलले फागुन २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला गर्ने छ । आईपीओमा कुमारी बैंकको जलविरे शाखा, एनसीसी बैंकको बाँडे शाखा, ग्लोबल आइएमए बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था रहेको क्यापिटलले जनाएको छ ।
दोल्ती पावर कम्पनीले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
काठमाडौं । दोल्ती पावर कम्पनीले सर्वसाधारणको लागि सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले यसको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । बिहीबार दोल्ती पावर कम्पनी र एनआईसी एशिया क्यापिटलबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । ४.५ मेगावाटको दोल्ती पावर कम्पनीले स्थानीयवासी तथा सर्वसाधारणकाे लागि (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) सेयर निश्कासन गर्ने लागेको हो ।