साउन २९ गतेदेखि एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेन्ट स्किम बिक्री गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले साउन २९ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेन्ट स्किम बिक्री गर्ने भएको हो ।  कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखेको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा ५ करोड इकाई सर्वसाधरण लगानीकर्तालाई बिक्री गरिनेछ । कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा छिटोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा सबै इकाई बिक्री नभए भदौ १२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् फण्डमा आवेदन दिन सक्नेछन् । 

नबिल इन्भेष्टेमन्टले साउन ३० गतेदेखि एनआई ३१ बिक्री गर्ने

काठमाडौं । नबिल इन्भेष्टेमन्ट बैंकिङ्गले साउन ३० गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले खुलामुखी योजना एनआई ३१ बिक्री गर्ने भएको हो ।  कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका २ करोड ५० लाख इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सुरक्षित राखि बाँकी रहेको १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधरण लगानीकर्तालाई बिक्री गर्नेछ ।  कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा छिटोमा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा सबै इकाई बिक्री नभए भदौ १३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टेमन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् फण्डमा आवेदन दिन सक्नेछन् । 

एलएस क्यापिटलले घोषणा गर्‍यो ३ वटा म्युचुअल फण्डको लाभांश, कुनको कति ?

काठमाडौं । लक्ष्मी सनराइज (एलएस) क्यापिटलले ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलको मंगलबार बसेको बैठकले लक्ष्मी उन्नती कोष, सनराइज फस्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड ईक्विटीको लाभांश घोषणा गरेको हो । क्यापिटलले लक्ष्मी उन्नती कोषको कर सहित २० प्रतिशत, सनराइज फस्ट म्युचुअल फण्डको कर सहित १४ प्रतिशत र सनराइज फोकस्ड ईक्विटी फण्डको कर सहित १३.५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । आर्थिक वर्ष २०८१/८२ काे असारमा लक्ष्मी उन्नती कोषको खुद सम्पत्ति मूल्य १२.४६, सनराइज फस्ट म्युचुअल फण्डको कोषको खुद सम्पत्ति मूल्य ११.९३ र सनराइज फोकस्ड ईक्विटी फण्डको कोषको खुद सम्पत्ति मूल्य १२.१३ रहेको क्यापिटलले जनाएको छ । साथै खुल्लामुखी योजना शुभ लक्ष्मी कोषको १६ प्रतिशत, बन्दमुखी योजनाहरू लक्ष्मी भ्यालु फण्ड-२ को १५ प्रतिशत र सनराइज ब्लुचिप फण्डको १९ प्रतिशत प्रतिफल वितरण सम्बन्धी निर्णय गरेको क्यापिटलले जनाएको छ ।