२३९ रुपैयाँमा सन नेपाल लाइफको आईपीओ खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ३२ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ९६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँका दरले ९६ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता विदेशमा रोजगारी गरिरहेका नेपाली र ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरि बाँडफाँट समेत गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयरमा कम्पनीमा कार्यरत कर्मचारी र बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको समयमा नै वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषत स्तरको सुरक्षित कम्पनीको रुपमा जनाउँदछ ।

कुथेली बुखरीको सेयर सोमबारबाट कारोबार हुने, कारोबार सिम्बोल केबीएसएच

काठमाडौं । कुथेली बुखरी स्मल हाईड्रोपावर लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । हाईड्रोपावरको १२ लाख १८ हजार ६७५ कित्ता सेयर आइतबार सूचीकृत भएको नेप्सेले बताएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सेयर सूचीकृत गरिएको नेप्सेले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारी समेतमा वितरण गरिएको २ लाख ४३ हजार ७३५ कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ९ लाख ७४ हजार ९४० कित्ता सेयर समेत गरी जम्मा १२ लाख १८ हजार ६७५ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले साउन ७ गते आइपीओ बाँडफाँड गरेको थियो । बाँडफाँड भएको करिब एक महिनापछि मात्रै कम्पनीको सेयर सूचीकृत भएको हो । सेयर सुचिकृतभएसँगै सोमबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा किनबेच सुरु हुनेछ । नेप्सेले कुथेली बुखरीको सेयर कारोबार सुरु गर्नका लागि १५९ रुपैयाँ ६७ पैसादेखि ४७९ रुपैयाँ ०१ पैसाको प्राइस रेञ्ज तोकेको छ । आइतबार सेयर सुचीकृत भएसँगै यही रेञ्जलाई आधार मानेर भोली सोमबार स्पेशल प्रिओपन सेसनमा कम्पनीको सेयर कारोबार खुल्नेछ । स्पेशल प्रि ओपन सेसनका कारोबार भएपश्चात दोस्रो बजारमा नियमित कारोबार हुने छ । दोस्रो बजारमा कारोबारका लागि नेप्सेले कम्पनीलाई केबीएसएच (प्द्यक्ज्) कारोबार सिम्बोल प्रदान गरेको छ । [pdf id=431375]

२१.९९ अंकले घटेको बजारमा आइएमइ लाइफको उच्च कारोबार

काठमाडौं । आइतबारको सेयर बजारमा आइएमई लाइफ इन्स्योरेन्स सेयर उच्च कारोबार भएको छ । केही दिनदेखि नेप्से ओरालो लाग्ने क्रम सुरु गरेको छ । सोमबारको बजार पनि २१.९९ अंकले घटेर बन्द भएको छ । घटेको बजारमा आइएमई लाइफ इन्स्योरेन्स सेयर भने सबैभन्दा धेरै कारोबार भएको छ । सोमबार आइएमई लाइफ इन्स्योरेन्स सेयरको मात्रै ६ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारको आधारमा दोस्रो स्थानमा हिमालयन डिस्टिलरी लिमिटेड रहेको छ । हिमालय डिस्टिलरीको ४ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार नेप्से परिसूचक २१.९९ अंक घटेर २०११.१४ विन्दुमा झरेको छ । आइतबार २६९ स्टकको ४३ हजार ३४६ पटकको कारोबारमा एक अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको ४४ लाख ५९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । आइतबारको सेयर बजारमा फरवार्ड लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी अर्थात ४.५७ प्रतिशत बढेको छ ।