मुक्तिनाथ म्युचुअल फण्ड १ जारी गर्न स्वीकृति, १ अर्बको इकाई निष्कासन हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को इकाई जारी गर्न स्वीकृति प्रदान गरेकाे छ ।मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड १ जारी गर्न स्वीकृति दिएकाे हाे । मुक्तिनाथ विकास बैंकले योजना व्यवस्थापक, डिपोजिटरी र धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्नको लागि आफ्नै सहायक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्ति गरिसकेको छ । यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष हाे । नेपाल धितोपत्र बोर्डबाट मिति २०८१ कात्तिक ७ गते प्रति इकाई अंकित मूल्य १० रुपैयाँकाे दरको १० करोड इकाईले हुन आउने कुल १ अर्ब रकम बराबरको निष्कासन गर्नका लागि स्वीकृति प्रदान गरेको हो । कुल योजनाको आकारमध्ये १५ करोड रकम बराबरको मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछ भने बाँकी रहेको ८५ करोड रकम बराबरको ८ करोड ५० लाख इकाई मात्र सार्वजनिक निष्कासन गरिनेछ । १० वर्षको अवधि रहेको उक्त योजना बन्दमुखी (क्लाेज इन्ड) योजना रहेको छ । इकाईधनीहरूबाट संकलित रकम प्रचलित कानुनअनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएका सूचीकृत धितोपत्र, निक्षेप, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य उपकरणहरूमा लगानी गर्ने योजना व्यवस्थापकले उल्लेख गरेको छ । योजना व्यवस्थापकले आफ्ना इकाईधनीहरूलाई दक्ष लगानी सेवाद्वारा उचित प्रतिफल दिनुका साथै व्यवस्थापकको हैसियतबाट सामूहिक लगानी कोष बजारको दिगो विकासमा सघाउ पुर्‍याउने उद्देश्यले योजना सञ्चालन गर्न लागिएको हो । निष्कासनसम्बन्धी अन्य सम्पूर्ण प्रक्रियाहरू सम्पन्न गरी यही आउँदो मंसिर महिनाभित्र सार्वजनिक निष्कासनमार्फत इकाईहरू बिक्रीमा ल्याउने मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ । साथै, कोष प्रवद्र्घक मुक्तिनाथ विकास बैंक लिमिटेडले केयर एनपी थ्रि बी (आईएस)को रेटिङ पाएको छ । योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले आईआरएन एएमसी क्वालिटी थ्रीको रेटिङ पाएको छ ।

आशा लघुवित्तको वार्षिक साधारणसभा मंसिर ७ गते, बुक क्लोज कहिले ?

काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले आगामी मंसिर ७ गतेका लागि ८ औं वार्षिक साधारणसभा आह्वान गरेको हो । सभा बनेपाको होटल उग्रचण्डीमा मंसिर ७ गते अपरान्ह ३ बजेबाट सुरु हुनेछ । साधारणसभा प्रयोजनाका लागि कम्पनीले कार्तिक २५ गते बुक क्लोज गर्ने भएको छ । सभाका विशेष प्रस्तावहरू १. सञ्चालक समितिको प्रस्ताव बमोजिम आर्थिक वर्ष २०८०/८१ मुनाफाबाट चुक्ता पुँजी  ६४ कराेड १६ लाख १६ हजार रुपैयाँको १४.२५ प्रतिशतले हुने रकम ९ कराेड १४ लाख ३० हजार २८०  रुपैयाँ  बोनस सेयर वितरणको प्रस्ताव पारित गरी सो सम्बन्धमा प्रबन्धपत्रको दफा ६ (ख) र (ग) मा आवश्यक संशोधन गर्ने २. सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्नका लागि नियमावलीको नियम ३२(१) (ख) मा संशोधन गर्ने सम्बन्धमा ३. संस्थाले अन्य लघुवित्त संस्थाहरू गाभ्ने गाभिने प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ४. संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङ्कन गर्न मान्यताप्राप्त मूल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने र गाभिने प्राप्ति (एक्विजिसन) तथा खरिदसम्बन्धी समझदारीपत्र तर्जुमा गर्न र सोसम्बन्धी आवश्यक सम्पूर्ण प्रकिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ५. वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरूबाट आवश्यक निर्देशन गरेमा सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने

एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न, हकप्रद प्रस्ताव पारित

काठमाडौं । एनएजली इन्स्योरेन्स कम्पनीको साधारणसभा बुधबार सम्पन्न भएको छ । बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा सम्पन्न भएको सभाले चुक्ता पूँजीको १० सेयर बराबर ६.२५६ सेयर अनुपात अर्थात् ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । हकप्रदको प्रस्ताव पारित भएसँगै कम्पनीले अब यसका आधारभूत पक्षहरूको कामलाई निरन्तरता दिने जनाइएकाे छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्‍याउनका लागि हकप्रद सेयर निष्काषन गर्न लागेको हो । कम्पनी सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को बोनस सेयर वितरण कायम हुने चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८.९७ रुपैयाँको ६२.५६ प्रतिशत अर्थात १००ः६२.५६ अनुपातमा हकप्रद सेयर निष्काषन गर्ने निर्णय गरेको थियो । एनएलजीको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल मार्केट रहेको छ । साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २२ गते बुक क्लोज गरेकाे थियाे ।