सगरमाथा जलविद्युत कम्पनीले ४.७५ प्रतिशत बोनस सेयर दिने, मंसिर १४ गते साधारणासभा

<p>काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् । कम्पनीकाे साधारणसभा आगामी मंसिर १४ गते आह्वान गरिएकाे छ । कम्पनीले कात्तिक २६ गते [&hellip;]</p>

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् । कम्पनीकाे साधारणसभा आगामी मंसिर १४ गते आह्वान गरिएकाे छ ।

कम्पनीले कात्तिक २६ गते बुक क्लोज गर्ने भएको छ ।

कात्तिक २५ गतेसम्म कायम रहेका सेयरधनीलेमात्र कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

Share News