आशा लघुवित्तको वार्षिक साधारणसभा मंसिर ७ गते, बुक क्लोज कहिले ?

<p>काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले आगामी मंसिर ७ गतेका लागि ८ औं वार्षिक साधारणसभा आह्वान गरेको हो । सभा बनेपाको होटल उग्रचण्डीमा मंसिर ७ गते अपरान्ह ३ बजेबाट सुरु हुनेछ । साधारणसभा प्रयोजनाका लागि कम्पनीले कार्तिक २५ गते बुक क्लोज गर्ने भएको छ । सभाका विशेष प्रस्तावहरू [&hellip;]</p>

काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले आगामी मंसिर ७ गतेका लागि ८ औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभा बनेपाको होटल उग्रचण्डीमा मंसिर ७ गते अपरान्ह ३ बजेबाट सुरु हुनेछ । साधारणसभा प्रयोजनाका लागि कम्पनीले कार्तिक २५ गते बुक क्लोज गर्ने भएको छ ।

सभाका विशेष प्रस्तावहरू

१. सञ्चालक समितिको प्रस्ताव बमोजिम आर्थिक वर्ष २०८०/८१ मुनाफाबाट चुक्ता पुँजी  ६४ कराेड १६ लाख १६ हजार रुपैयाँको १४.२५ प्रतिशतले हुने रकम ९ कराेड १४ लाख ३० हजार २८०  रुपैयाँ  बोनस सेयर वितरणको प्रस्ताव पारित गरी सो सम्बन्धमा प्रबन्धपत्रको दफा ६ (ख) र (ग) मा आवश्यक संशोधन गर्ने

२. सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्नका लागि नियमावलीको नियम ३२(१) (ख) मा संशोधन गर्ने सम्बन्धमा

३. संस्थाले अन्य लघुवित्त संस्थाहरू गाभ्ने गाभिने प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने

४. संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङ्कन गर्न मान्यताप्राप्त मूल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने र गाभिने प्राप्ति (एक्विजिसन) तथा खरिदसम्बन्धी समझदारीपत्र तर्जुमा गर्न र सोसम्बन्धी आवश्यक सम्पूर्ण प्रकिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने

५. वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरूबाट आवश्यक निर्देशन गरेमा सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने

Share News