कृषि विकास बैंकको ५० प्रतिशत हकप्रद सेयर भर्ने म्याद मंगलबार अन्तिम

काठमाडौं । कृषि विकास बैंकको हकप्रद भर्ने म्याद मंगलबार सकिदै छ । बैंकले आफ्ना लगानीकर्ताहरुको लागि ५० प्रतिशत हकप्रद जारी गरेको थियो । सो हकप्रदको म्याद मंगलबार कार्यालय समयपछि सकिने बैंकले जनाएको छ । हकप्रद सेयर कात्तिक ३ गतेदेखि खुल्ला गरिएको थियो ।  बैंकले १ अर्ब ९६ करोड ८८ लाख रुपैंया बराबरको हकप्रद सेयर निष्काशन गरेको थियो । चुक्ता पूँजी ८ अर्ब रुपैंया बनाउने क्रममा ५० प्रतिशत हकप्रद पश्चात २० प्रतिशत बोनस बितरण गर्ने पूँजी योजना राष्ट्र बैंकमा बुझाएको बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५७ करोड रुपैंया खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४२ करोड रुपैंया खुद नाफा गरेको छ ।

अन्ततः बढेरै बन्द भयो बजार, कारोबार रकममा भने गिरावट

काठमाडौैं, ६ मंसिर । सोमबार सेयर बजार अत्यन्तै अस्थिर भएको छ । कारोबारको सुरुमा एक अंकले बढेको सेयर बजार परिसुचक (नेप्से) साढे १२ बजेसम्ममा २७ अंकले ओरालो लाग्यो । त्यसपछि फेरी बढ्न सुरु गरेको नेप्से ४२ अंकसम्म उकालो लागेको थियो । कारोबार सुरु भएको अढाइ घण्टामा नै नेप्से फेरी ओरालो लाग्न सुरु गर्यो र ३० अंकसम्म ओर्लियो । दुई बजेपछि बढ्न सुरु गरेको नेप्से कारोबार बन्द हुदा सम्ममा ६.६७ अंकले बढेर १६०६.२९ अंकमा अडिएको छ । आइतबार बजार १५९९ अंकमा अडिएको थियो । “बजारमा यस्तो उतारचढाव आएर बढेरै बन्द हुनु भनेको सामान्य करेक्सन मात्र होे भन्छन्—” सुमेरु सेक्युरिटिजका सञ्चालक प्रेम अग्रवाल । ठूलो दुर्घटना हुने अवस्थामा मात्र बजार घट्दो क्रममा जाने बताउँदै उनले भने —“दुईदिन मात्र घटेको बजार स्टेवल हुनु त थियो नै र भयो पनि ।” नेपाल इन्भेटर्स फोरमा अध्यक्ष आत्मराम घिमिरेका अनुसार लगानीकर्ताको खस्कदो मनोवलका कारण सोमबार बजारमा उतार चढाव आएको हो । उनले लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । यसदिन बैकिङ समूह पनि ७.६४ अंकले बढेको छ भने होटल २२.४१ अंकले बढेको छ । त्यस्तै ट्रेडिङ १.१२ अंकले, फाइनान्स १२.१७ अंकले र अन्य समूह २०.२५ अंकले बढेको छ । त्यस्तै विकास बैंक १३.६४ अंकले, जलविद्युत ०.६५ अंकले र विमा १०.७३ अंकले घटेको छ । सोमबार सवैभन्दा बढी एभरेष्ट बैंकको नै कारोबार भएको छ । सो बैंकले सोमबार पनि १२ करोड ८० लाख बराबरको कारोबार गरेको छ । त्यस्तै धेरै कारोबार हुने कम्पनीहरुमा नेसनल लाइफ इन्सुरेन्स ५ करोड ४७ लाख, बैंक अफ काठमाडौ लुम्बिनी ४ करोड ४० लाख, प्रुडेन्सियल इन्सुरेन्स ३ करोड ९१ लाख र स्टयान्डर्ड चार्टड बैंकको ३ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार सवैभन्दा बढी कमाउनेमा सिर्जना फाइनान्स,अल्पाइन डेभलपमेन्ट बैंक, सिनर्जी फाइनान्स,साल्ट ट्रेडिङ कर्पोरेसन लगायतका लगानीकर्ताहरु रहेका छन् । त्यस्तै धेरै गुमाउनेहरुमा लक्ष्मी लघुवित्त वित्तिय संस्था, राष्ट्रिय विमा कम्पनी, सेती फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । दिनभर १२७ कम्पनीको ९२ करोड ८७ लाख बराबरको सेयर किनवेच भएको छ ।

सेन्चुरीले कमायो सात करोड ४२ लाख, चार करोड १६ लाख प्रोभिजनमा

काठमाडौं । सेन्चुरी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सात करोड ४२ लाख ७४ हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले सात करोड ४२ लाख २४ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा बैंकले ५० हजार मात्र बढी नाफा कमाएको छ ।  दुई अर्ब ८४ करोड आठ लाख रूपैयाँ चुक्ता पुँजी रहेको छ ।  बैंकले पहिलो त्रैमासमा ३१ अर्ब ६८ करोड रूपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ५९ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । २१ करोड ८१ लाख ६० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ बैंकले गत वर्ष १८ करोड ४१ लाख रुपैयाँ व्याज आम्दानी गरेको थियो । बैंकले प्रोभिजनमा चार करोड १६ लाख १२ हजार रूपैयाँ छुट्याएको छ । बैंकको रिजर्भ कोषमा ६० करोड ६९ लाख २० हजार रूपैयाँ छ । प्रतिसेयर आम्दानी १० रूपैयाँ ४६ पैसा रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ १२१ रूपैयाँ ३६ पैसा छ ।