आइएलएफसीओको साधारणसभा फागुन २२ गते, फागुन ७ गतेदेखि १५ दिन बुक क्लोज
काठमाडौं । आइएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्थाको वार्षिक साधारणसभा फागुन २२ गते आफ्नो पाँचौँ वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि आगामी फागुन ७ गतेदेखि २२ गतेसम्म बैंकको बुक क्लोज रहने छ ।
कैलाश विकास बैंकको हकप्रद सेयर निष्कासन, फागुन ६ देखि आवेदन दिन पाइने
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले पाँच सेयर बराबर एक ( ५ः१)को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । यो विकास बैंकले १ अर्ब ५८ करोड रुपैयाँको चुक्ता पूँजीमा ३१ करोड ६० लाख पूँजी थप गर्ने गरी हकप्रद निष्कासन गरेको हो । यसको हकप्रद सेयरमा आवेदन दिन यही पुस १३ गतेसम्म नेपाल स्टक एक्चेन्जमा कारोबार गरिरहेका सेयरधनीले मात्रै पाउने छन् । उक्त सेयरको लागि सर्वसाधारणले आगामी फागुन ६ गतेदेखि आवेदन दिन पाउने बैंकले जनाएको छ । ग्लोवल आईएमई क्यापिटल लिमिटेड धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक रहेको यो बैंकको हकप्रद सेयर आवेदन दिन ग्लोवल आईएमई बैंक क्यापिटल लिमिटेड राष्ट्रिय नाच घर र बैंकको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिने उल्लेख छ ।
काष्ठमण्डप डेभलपमेन्ट बैंकको साधारणसभा फागुन २० गते, माघ २७ गतेदेखि ८ दिन बुक क्लोज
काठमाडौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले फागुन २० गते साधारणसभा गर्ने भएको छ । उक्त बैंकको सञ्चालक समितिको बैठकले साधारणसभा सम्बन्धि निर्णय गरेको हो । बैंकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव लैजादैछ । साधारणसभा प्रयोजनको लागि माघ २७ गतेदेखि फागुन ५ गतेसम्म सेयर दाखिल खारेज (बुक क्लोज) बन्द रहने बैंकले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६७ करोड ९९ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।