टुरिजम डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयर खुला

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयर निष्कासन भएको छ । यो बैंकले ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद साधारण सेयरको निष्कासन गरेको छ । यो बैैंकल प्रति सेयर १ सय रुपैयाँ अंकित हकप्रद सेयरकोलागि एक सेयर बराबर अर्को नयाँ एक (१ः१)को अनुपातमा सेयर दिने भएको छ । बैंकको ९१ करोड ९७ लाख ७१ हजार २ सय रुपैयाँको चुक्ता पुँजीमा सोही रकम बढाउन हकप्रद जारी गरेको हो । यसको सेयर आवेदन दिन यही माग १० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका सेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन पाउने छ । यसको हकप्रद सेयरको आवेदन आगामी चैत्र १३ देखि वैशाख १७ गतेसम्म दिन पाइने उल्लेख छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स हो । सेयरधनीले हकप्रदको आवेदन दिन र दरखास्त फाराम बुझाउन एनआईबीएल क्यापिटल मार्केट लाजिम्पाट र टुरिजम बैंकका सबै शाखाबाट आवेदन दिन पाइने छ ।

जेबिल्स फाइनान्सले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनसिएम मर्चेण्ट नियुक्त

काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडले शेयरधनीहरुकोे लागि शतप्रतिशत (१ कित्ता शेयर बराबर १ को अनुपातमा) हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १०० प्रतिशतले हुने २८ लाख ८९ हजार ५६२ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । सो मात्राको सेयर निष्काशन गर्नका लागि कम्पनीले एनसिएम मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त कार्यको लागि जेबिल्स फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीलाल नकर्मी र एनसिएम मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धि सम्झौता गरेका छन् ।

सेयर बजारमा उतारचढाव, नेप्से सामान्य अंकले बढ्दा ७४ करोडको कारोबार

काठमाडौं । सोमबारको सेयर बजारमा उतारचढाव देखिएको छ । दिनभर उतारचढाव देखिएको बजार बन्द हुँदा ४ अंकले बढेर १३५८ दशमलब ४१ अंकमा अडेको छ । बजार खुलेको करिब एक घण्टामा १३७१ अंकमा पुगेको परिसूचक त्यसपछिको करिब एक घण्टामै घटेर १३५४ अंकमा झरेको थियो । त्यसपछिको कारोबारमा भने बजारलाई केही टेवा पुगेको देखिएको छ । सामान्य अंकले बढेको बजारमा ७४ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४१ कम्पनीको १५ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंकको ११ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ६६२ रुपैयाँ रहेको छ । सो दिन बीमा र फाइनान्स समुहको परिसूचक राता देखिएका छन् भने अन्य बाँकी समूहको परिसूचक हरिया देखिएका छन् । बीमा र फाइनान्स समुहको परिसूचक क्रमशः ३.५२ र २.१८ अंकले ओरालो लागेका हुन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ९.४४ अंकले उकालो लागेको छ ।