नेप्से ३७ अंकले बढ्दा १ अर्ब ४२ करोडको कारोबार, सबैभन्दा बढी नेशनल लाईफको

काठमाडौं । मंगलबार उतारचढाव देखिएको सेयर बजारमा नेप्से परिसूचक ३७ दशमबल ८५ अंकले बढेर १४६२ दशमलब २३ अंकमा पुगेको छ । बजार खुलेको साढे १ घण्टाको अवधिसम्ममा सेयर बजार घट्ने बढ्ने क्रम जारी थियो । त्यसपछिको कारोबारमा भने बजारलाई केही टेवा पुगेको देखिन्छ । मंगलबार सेयर बजारमा कुल १ अर्ब ४२ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये नेशनल लाईफ इन्स्योरेन्सको मात्रै ११ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१ सय ५६ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल कमर्श क्रेडिट एण्ड कर्मश बैंक, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंक प्रमोटर सेयरको ५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । मंगलबारको बजारमा कुल १४७ कम्पनीको २२ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी बीमा समूहको परिसूचक १०८ अंकले उकालो लागेको छ । त्यस्तै, अन्य समूहको परिसूचक सामान्य अंकले उकालो लागेको छ भने उत्पादनमूलक समूह स्थिर रहेको छ । त्यस्तै, मंगलबार कारोबार भएका बाँकी समूहको परिसूचक भने दोहोरो अंकले उकालो लागेका छन् ।

यूनियन फाइनान्सको साधारणसभा चैत ३० गते, १४ गतेदेखि १६ दिन बुक क्लोज

काठमाडौं । यूनियन फाइनान्सले आगामी चैत ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १४ गतेदेखि २९ गतेसम्म कम्पनीको बुक क्लोज रहने छ । हाल कम्पनीको चुक्ता पूँजी १७ करोड ४९ लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७३ रुपैयाँमा कारोबार भएको छ ।

नेपाल एसबिआई बैंकले ४० प्रतिशत हकप्रदको लागि माग्यो बोर्डसँग अनुमति

काठमाडौं । नेपाल एसबिआई बैंकले ४० प्रतिशत (१० बराबर ४ को अनुपातमा) हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले चैत ७ गते बोर्डसँग सो मात्राको सेयर निष्काशनको लागि अनुमति मागेको हो । बैंकले १ अर्ब ९९ करोड रूपैयाँको १ करोड ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । उक्त सेयर निष्कासनको लागि बैंकले एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रवन्धकमा नियुक्त गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ९६ करोड रुपैयाँ रहको छ । सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी ६ अर्ब ९६ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता १०९५ रुपैयाँमा कारोबार भइरहेको छ ।