नेपाल बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ४२५ रुपैयाँ
काठमाडौं । नेपाल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २३.७४ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ३७३ रुपैयाँ रहने छ ।
जनता बैंकले सिद्धार्थ डेभलपमेन्ट बैक एक्वाएर गर्ने, चुक्ता पूँजी ८ अर्ब नाघ्ने
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सिद्धार्थ डेभलपमेण्ट बैक लिमिटेडलाई एक्वाएर (प्राप्ति) गर्ने भएको छ । सो सम्बन्धी सम्बन्धि सम्झौतापत्रमा जनता बैक नेपाल लिमिटेडका तर्फबाट अध्यक्ष केशबबहादुर रायमाझी र सिद्धार्थ डेभलपमेन्टको तर्फबाट अध्यक्ष रामबहादुर भण्डारीले हस्ताक्षर गरेका छन् । बैकले उत्कृष्ट वाणिज्य बैकको रुपमा स्थापित हुने उद्देश्यका साथ यो प्राप्ति सम्बन्धी सम्झौता गरेको जनाएको छ । जनता बैकले चैत्र २५ गतेबाट नै राष्ट्रियस्तरको त्रिवेणी बिकास बैकसँग मर्जर सम्पन्न गरी एकीकृत कारोवार शुरु गरेको छ । त्रिवेणी विकास बैक पश्चात बैकको चुक्ता पूँजी करिब ५ अर्ब पुगेको छ । त्यस पश्चात सिद्धार्थ डेभलपमेन्ट बैकको प्राप्ति र चालू आर्थिक बर्षको मुनाफाबाट बैकको पूँजी ८ अर्ब पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्तिपछि बैकको करिब १०० भन्दा बढी शाखा सञ्चालनमा आउने छन् । त्यस्तै, बैंकको निक्षेप ५५ अर्ब रुपैयाँ र लगानी ५० अर्ब रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।
तिनाउ डेभलपमेन्ट बैंकलाई ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले तिनाउ डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले १०ः३.५ अर्थात् ३५ प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले ११ लाख ९४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले ११ करोड ९४ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।