फर्वाड कम्युनिटी माइक्रोफाइनान्सको २० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । फर्वाड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । मंगलबार मात्रै कम्पनीको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो ।
सिनर्जी पावरको ७० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ७० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । सोमबार मात्रै कम्पनीको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो ।
८ अंकले उकालो लागेको बजारमा ५७ करोडको सेयर कारोबार, सबैभन्दा बढी स्ट्याण्डार्ड चाटर्डको
काठमाडौं । केही दिनदेखि ओरालो लागेको सेयर बजार सोमबार भने सामान्य अंकले उकालो लागेको छ । सोमबार नेप्से परिसूचक ८ दशमलब ३२ अंकले बढेर १६३७ दशमलब ३० अंकमा पुगेको छ । बजारमा ५७ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी स्ट्याण्डार्ड चाटर्ड बैंकको सेयर कारोबार भएको छ । बैंकको ८ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । सो दिन कुल १४२ कम्पनीको ९ लाख २२ हजार कित्ता सेयर किनबेच भएको छ । सामान्य अंकले बढेको बजारमा अन्य समूह बाहेक बाकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ६१ अंकले उकालो लागेको छ । त्यस्तै, बीमा र विकास बैंक समूहको परिसूचक क्रमशः ३८ र ११ अंकले उकालो लागेका छन् भने बाँकीको सामान्य अंकले बढेका छन् । अन्य समूहको परिसूचक भने सामान्य अंक ०.८७ अंकले ओरालो लागेको छ ।