स्वदेशी लघुवित्तको भदौ २५ गते बुक क्लोज, १०० प्रतिशत हकप्रद जारी गर्दै
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको आगामी भदौ २५ गते बुक क्लोज हुने भएको छ । संस्थाले हकप्रद सेयर जारी गर्नको लागि उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । यस संस्थाले सेयरधनीहरुलाई १ बराबर १ को अनुपातमा (१०० प्रतिशत) हकप्रद निष्काशन गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पछि लघुवित्तको चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्ने छ ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १८ प्रतिशत बोनस दिने, पुँजी एक अर्ब ६२ करोड नाघ्ने
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १८ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ०.९५ प्रतिशत अर्थात एक करोड ३० लाख रुपैयाँ बराबरको नगद लाभांश पनि दिने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७४/०७५ को उक्त लाभांश दिन लागेकाे हाे । हाल बैंकको चुक्ता पुँजी एक अर्ब ३७ करोड ८६ लाख रुपैयाँ रहेको छ । १८ प्रतिशत अर्थात २४ करोड ८१ लाख ५० हजार रुपैयाँ बोनस पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ६२ करोड ६७ लाख रुपैयाँ पुग्ने छ । उक्त प्रस्ताव बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैंठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल बैंककाे सेयर प्रति कित्ता २७० रूपैयाँमा काराेबार भइरहेकाे छ । माेफसलमा रहेका विकास बैंकहरू मध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक धेरै राम्राे बैंक मानिन्छ ।
ग्रीन डेभलपमेन्ट बैंकको भदौ २२ गतेदेखि १८ दिन बुक क्लोज
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको आगामी भदौ २२ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले सो दिनदेखि असोज ८ गतेसम्म बैंकको बुक क्लोज गर्न लागेको हो । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि १८ दिन सेयर कारोबार बन्द गर्दै छ । बैंक आगामी असोज ८ गते कम्पनीको पाँचौँ वार्षिक साधारणसभामा जाँदै छ ।