माध्यमिक तहमा १५४८ शिक्षकका लागि दरखास्त आह्वान

काठमाडाैं । शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कूल एक हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । देशभर रिक्त रहेका माध्यमिक तहमा स्थायी नयाँ शिक्षक भर्नाका लागि आयोगले सातवटै प्रदेशबाट आज सूचना जारी गर्दै दरखास्त आव्हान गरेको हो । आयोगले नेपाली विषयमा कूल २३१, अङ्ग्रेजी विषयमा ३१२, गणित विषयमा २८९, विज्ञान विषयमा ४३५, सामाजिक अध्ययन विषयमा २०१, अर्थशास्त्र विषयमा १० र कार्यालय सञ्चालन तथा लेखा विषयमा ५१ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । शिक्षा, शुक्लयजुर्वेद, स्वास्थ्य, संस्कृत व्यापकरण, संस्कृत भाषा, संस्कृत साहित्य, कम्प्युटर विज्ञान, न्यायजस्ता विषयमा शिक्षकका लागि दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ । अठार वर्ष उमेर पुगेर ४० वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ भने लिखित परीक्षा आगामी चैत १५ गतेका लागि निर्धारण गरिएको छ । शिक्षकका लागि आवेदन दिन शिक्षक सेवा आयोगको आधिकारिक अनलाइन जततउकस्ररयलष्लिभ।तकअ।नयख।लउ दरखास्त प्रणालीमार्फत आगामी पुस २९ गतेसम्म अनलाइन दरखास्त दिनसक्ने व्यवस्था गरेको छ । माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । चिकित्सा शिक्षा आयोगले पनि चिकित्सा शिक्षा स्नातक तहका विभिन्न कार्यक्रमका एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ । आज आयोगले एक सूचना जारी गर्दै आगामी पुस १४ देखि २० गतेभित्र योग्यता पुगेका उम्मेदवारलाई अनलाइन आवेदन भर्न आह्वान गर्दै सूचना जारी गरेको हो । आयोगले अनलाइन आवेदन पेस गर्नेबारे आयोगको वेबसाइटमा सूचना राखिएको जानकारी दिएको छ ।

टेलिकमका एमडी अधिकारीको कार्यकाल सकिदै, नयाँ छनोटका लागि आवेदन खुल्ला

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नयाँ प्रबन्ध निर्देशक (एमडी) छनोटको प्रक्रिया अघि बढाएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल सकिन लागेसँगै नयाँ एमडी छनोटको प्रक्रिया अघि बढाईएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको नयाँ एमडी छनोट तथा सिफारिसका लागि मंगलबार एक समिति गठन गरेको छ । मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा छनौट तथा सिफारिस समिति गठन गर्दै सरकारले टेलिकममा नयाँ प्रबन्ध निर्देशक ल्याउने तयारी अघि बढाएको हो । अर्यालको संयोजकत्वमा गठित उक्त समितिमा मन्त्रालयकै एकजना सहसचिव र एक जना विज्ञ रहनेछन् । सो समितिले आज एक सूचना जारी गर्दै कम्पनीको नयाँ प्रबन्ध निर्देशकका लागि खुल्ला दरखास्त माग गरेको छ । सूचना अनुसार एमडीका लागि आवेदन दिनका लागि ३५ वर्षपूरा भई ५६ वर्ष ननाघेको हुनुपर्नेछ । यस्तै, टेलिकम, सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायको व्यवस्थापकीय पदमा कम्तीमा ३ वर्ष सहित १२ वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ । उम्मेदवारले पेस गरेको व्यवसायिक कार्ययोजना र सोको प्रस्तुती, शैक्षिक योग्यता, अनुभव र अन्तर्वार्ताको मूल्यांकनका आधारमा नियुक्तिका लागि मन्त्रालय समक्ष पेश गर्ने जनाएको छ । तोकिएको कागजपत्रका साथमा नयाँ एमडीका लागि पुस ७ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । हालका एमडी अधिकारीको पदावधि पुस २२ गते सकिदैछ ।

नेपाल प्रहरीमा २३ सय जनालाई रोजगारीको अवसर, कसरी दिने आवेदन ?

फाइल फाेटाे काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका लागि ठूलो संख्यामा प्रहरी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना प्रकाशन गर्दै विभिन्न पदका लागि एकैपटक २ हजार २३० जना प्रहरी माग गरेको हो । सूचना अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी पदका लागि कर्मचारी माग गरेको हो । जसअनुसार प्रहरी निरीक्षक जनपथका लागि १४६, प्रहरी जवान जनपदका लागि १९७१, प्रहरी कार्यालय सहयोगी (भान्छे) १६३, प्रहरी कार्यालय सहयोगी (हजाम) १० जना माग गरिएको छ । यस्तैगरी, प्रहरी कार्यालय सहयोगी (सिलाई÷बुनाई), कुचिकार र धोबीमा १०÷१० जना माग गरिएको छ । आफूलाई आवश्यक पर्ने पदका लागि १० रुपैयाँको हुलाक टाँसी स्वयं उपस्थित भएर दरखास्त दिन सकिने जनाईएको छ । यस्तै शुक्रबारदेखि आगामी पुस २३ गतेसम्म कार्यालय समयमा दरखास्त आह्वान गर्नुपर्नेछ । दरखास्त फारमका साथमा पद अनुसारको पदका लागि राजश्व दस्तुर बुझाएको हुनुपर्ने प्रहरीले जनाएको छ ।