उद्यमी बन्न खोज्दै युवा
पाल्पा । तानसेन नगरपालिका–१० जमुनाखर्कमा रामबहादुर नेपाली रोजगारीका लागि मलेसिया गएका थिए । रोजगारी गरी दुई/चार पैसा कमाउला भनेर मलेसिया गएका उनलाई सधैं परिवारको चिन्ताले सताउन थाल्यो । चार वर्ष मलेसियामा बसेका उनलाई विदेश जाँदा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्नै ठिक्क भयो । विदेशी भूमिमा पाउनसम्मको दुःख पाएर फर्किएका उनले अहिले स्वदेशमै तरकारी खेती र भैँसीपालनमा आफ्नो भविष्य देख्न थालेका छन् । ऋण लिएर तरकारी खेती र भैँसीपालन गर्न थालेका नेपाली विदेशमा गर्ने दुःख नेपालमा गर्नसके दोब्बर पैसा कमाउन सकिने अनुभव सुनाउँछन् । “मैले दुःख के हो आँखा अगाडि देखिको छु । तरकारी खेती र भैँसीपालन गर्न थालेपछि मलाई पछाडि फर्केर हेर्नुपरेको छैन”, नेपालीले भन्नुभयो, “यो काममा सन्तुष्ट हुँदा जे काम गरे पनि आफ्नै देशमा गर्नुपर्ने रहेछ भन्ने ज्ञान मलाई विदेशले सिकाएको छ ।” अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटसहित तरकारी खेती र भैँसीपालन गर्न थालेको उनको भनाइ छ । “अब विदेश जाने मेरो कुनै सोच छैन । जे गरे पनि आफ्नै देशमा गर्ने हो”, नेपालीले भन्नुभयो, “आफ्नै भूमिमा बसेर सानो भए पनि काम गर्न पाएकोमा खुसी छु ।” व्यावसायिकरुपमा तरकारी खेतीबाट लाखौँ आम्दानी गरी घर खर्च तथा सन्तानलाई शिक्षादिक्षा गर्न सहज भएको उनको भनाइ छ । विदेशमा रहँदा परिवारको चासो मनभरी हुने र कहिले घर जाने होला भन्न चिन्ता रही काम गर्नुपर्ने बाध्यता थियो । परिवारसँगै बसी काम गर्न पाउँदा खुसी र परिवार तथा समाजको सम्मान पाएकाले काम गर्न थप हौसला मिलेको नेपालीको भनाइ छ । भैँसीको दूध घ्यू तथा तरकारीमा साग, सीमी, बोडी, केराउ तथा आलु बिक्रीबाट वार्षिक रु चार लाख आम्दानी हुने गरेको उनको भनाइ छ । यसले परिवारमा खुसी र सन्तृष्टि रहेको नेपालीको अनुभव छ । दुई वर्षअघि विदेशबाट फर्केर व्यावसायिक बाख्रापालन व्यवसाय गर्न थाल्नुभएका तानसेन मदनपोखराका सुन्दर रानाकोे खोरमा अहिले उन्नत जातका ५० भन्दाबढी बाख्रा छन् । बोयर तथा उन्नत जातका बाख्राले एक पटकमा दुई ओटा पाठापाठी उत्पादन दिने गरेको उनरु को भनाइ छ । वार्षिक तीन चार लाख आम्दानी गर्नका लागि विदेशी भूमि टेकीरहनुपर्ने बाध्यता हटेको रानाले बताए । पछिल्ला वर्ष किसानले नौ दश महिना बाख्रा विक्री गर्दै आएका छन् । किसानको खोरबाट जिउदो खसीबोकालाई प्रतिकिलो रु ५०० मा विक्री हुन्छ । सामान्यतया विक्री अवधिमा खसी ३० देखि ८० किलोसम्म तौल हुने किसानको भनाइ छ । बोयर जातका खसीबोका अन्य स्थानीय जातकाभन्दा बढी तौल भएको हुन्छ । उन्नत जातका बाख्रालाई अन्य जातका खसीबोका भन्दा राम्रो मूल्य पाउने भएपछि यहाँका किसान व्यावसायिकरुपमा बाख्रापालनमा आकर्षित भएका छन् । “पहिला परम्परागत खोरमा बाख्रापालन हुँदै आएको थियो । अहिले व्यवस्थित खोर, पोषणयुक्त आहाराको व्यवस्थाले बाख्रा छिटो उत्पादन दिन थालेको छ”, रानाले भने । मलेसिया र दुवइमा काम गरी फर्केका राना अहिले स्वदेशमै स्वरोजगार बन्न पाएपछि खुसी रहेको बताए । पाल्पाको तानसेन–१४, कुसेनीकै रमेश परियार कोरोना सङ्क्रमणको जोखिम बढेपछि बेरोजगार भए । भारतमा होटलको जागिर गुमेपछि परियार स्वदेश फर्किए । गत वर्षको लकडाउनपछि परियार सात आठ महिना कामविहीन भए । काम विहीन हुँदा आर्थिकसमेतले सताइरहेको थियो । अहिले फार्ममा १० ओटा बँगुर माउ हुर्किरहेका छन् । दश महिनाको अवधिमा बगुँरबाट पाठापाठी उत्पादन गर्ने तयारी रहेको उनले बताए । भारत तथा नेपालमा होटल व्यवसायमा भन्दा बँगुरपालन व्यवसाय राम्रो भएको परियारको दावी छ ।
माध्यमिक तहमा १५४८ शिक्षकका लागि दरखास्त आह्वान
काठमाडाैं । शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कूल एक हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । देशभर रिक्त रहेका माध्यमिक तहमा स्थायी नयाँ शिक्षक भर्नाका लागि आयोगले सातवटै प्रदेशबाट आज सूचना जारी गर्दै दरखास्त आव्हान गरेको हो । आयोगले नेपाली विषयमा कूल २३१, अङ्ग्रेजी विषयमा ३१२, गणित विषयमा २८९, विज्ञान विषयमा ४३५, सामाजिक अध्ययन विषयमा २०१, अर्थशास्त्र विषयमा १० र कार्यालय सञ्चालन तथा लेखा विषयमा ५१ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । शिक्षा, शुक्लयजुर्वेद, स्वास्थ्य, संस्कृत व्यापकरण, संस्कृत भाषा, संस्कृत साहित्य, कम्प्युटर विज्ञान, न्यायजस्ता विषयमा शिक्षकका लागि दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ । अठार वर्ष उमेर पुगेर ४० वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ भने लिखित परीक्षा आगामी चैत १५ गतेका लागि निर्धारण गरिएको छ । शिक्षकका लागि आवेदन दिन शिक्षक सेवा आयोगको आधिकारिक अनलाइन जततउकस्ररयलष्लिभ।तकअ।नयख।लउ दरखास्त प्रणालीमार्फत आगामी पुस २९ गतेसम्म अनलाइन दरखास्त दिनसक्ने व्यवस्था गरेको छ । माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । चिकित्सा शिक्षा आयोगले पनि चिकित्सा शिक्षा स्नातक तहका विभिन्न कार्यक्रमका एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ । आज आयोगले एक सूचना जारी गर्दै आगामी पुस १४ देखि २० गतेभित्र योग्यता पुगेका उम्मेदवारलाई अनलाइन आवेदन भर्न आह्वान गर्दै सूचना जारी गरेको हो । आयोगले अनलाइन आवेदन पेस गर्नेबारे आयोगको वेबसाइटमा सूचना राखिएको जानकारी दिएको छ ।
टेलिकमका एमडी अधिकारीको कार्यकाल सकिदै, नयाँ छनोटका लागि आवेदन खुल्ला
काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नयाँ प्रबन्ध निर्देशक (एमडी) छनोटको प्रक्रिया अघि बढाएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल सकिन लागेसँगै नयाँ एमडी छनोटको प्रक्रिया अघि बढाईएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको नयाँ एमडी छनोट तथा सिफारिसका लागि मंगलबार एक समिति गठन गरेको छ । मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा छनौट तथा सिफारिस समिति गठन गर्दै सरकारले टेलिकममा नयाँ प्रबन्ध निर्देशक ल्याउने तयारी अघि बढाएको हो । अर्यालको संयोजकत्वमा गठित उक्त समितिमा मन्त्रालयकै एकजना सहसचिव र एक जना विज्ञ रहनेछन् । सो समितिले आज एक सूचना जारी गर्दै कम्पनीको नयाँ प्रबन्ध निर्देशकका लागि खुल्ला दरखास्त माग गरेको छ । सूचना अनुसार एमडीका लागि आवेदन दिनका लागि ३५ वर्षपूरा भई ५६ वर्ष ननाघेको हुनुपर्नेछ । यस्तै, टेलिकम, सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायको व्यवस्थापकीय पदमा कम्तीमा ३ वर्ष सहित १२ वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ । उम्मेदवारले पेस गरेको व्यवसायिक कार्ययोजना र सोको प्रस्तुती, शैक्षिक योग्यता, अनुभव र अन्तर्वार्ताको मूल्यांकनका आधारमा नियुक्तिका लागि मन्त्रालय समक्ष पेश गर्ने जनाएको छ । तोकिएको कागजपत्रका साथमा नयाँ एमडीका लागि पुस ७ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । हालका एमडी अधिकारीको पदावधि पुस २२ गते सकिदैछ ।