अब कतारमा पनि पीआर, नेपाली कामदारलाई लाभ हुनसक्ने

काठमाडौं । कतारले आफ्नो देशमा रहेका आप्रवासीहरुलाई स्थायी बसोबास (पर्मानेन्ट रेसिडेन्सी) पीआरको अनुमति दिने कानून पारित गरेको छ । १ महिनादेखि ६ खाडी मुलुकको प्रतिबन्ध सामना गरिरहेको कतारले अर्थतन्त्रमा प्रतिकूल असर पर्न नदिन यस्तो कदम चालेको हो । कतारको यस कदमबाट त्यहा बसोबास तथा काम गर्ने नेपालीले पनि फाइदा उठाउन सक्ने भएका छन् । सरकारी तथ्यांक अनुसार हाल ३ लाख ४० हजार देखि ४ लाखको हराहारीमा नेपाली कामदार रहेका छन् । यो बाहेक अन्य पेशा र व्यवसायमा आवद्ध नेपालीको संख्या पनि उल्लेख्य भएको बताइएको छ । आर्थिक अभियान दैनिकबाट ।

अस्थायी र राहतका २१ हजार युवा स्थायी शिक्षक बन्दै, ९ हजार पुरानैलाई पनि अवसर

काठमाडौं । अस्थायी र राहत कोटाका भरमा चलिरहेको मुलुकभरका सामुदायिक विद्यालयमा एकैसाथ २१ हजार योग्य युवाले प्रवेश पाउने भएका छन् । एकैसाथ ठुलो संख्यामा जोस जाँगर र क्षमतावान शिक्षकको प्रवेशले सामुदायिक विद्यालयको गुणस्तर कायापलट हुन सक्ने शिक्षाविद् औल्याउँछन् । तर त्यसका लागि शिक्षक सेवा आयोगले भदौ पहिलो साता लिन लागेको परीक्षा सफल्तापुर्वक सम्पन्न हुनु अनिवार्य छ । आयोले बर्षौदेखि अस्थायी रुपमा कार्यरत शिक्षकलार्य स्थायी गराउन भदौ ३ मा आन्तरिक परीक्षा लिँदैछ । अस्थायी शिक्षकले भने आन्दोलन गर्ने  शिक्षक सेवा आयोगले थालेको अस्थायी शिष्कलार्य स्थायी गराउने प्रक्रियाको विरोध गर्दै अस्थायी शिक्षकले भने आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकारले शिक्षा ऐनमा व्यवस्था भएअनुसार परिक्षा वा सुविधा रोज्न दिँदा पनि ०६१ पछि नियुक्ति पाएका शिक्षकले दुबै अवसर दिनुपर्ने माग राखेका छन् ।कान्तिपुर दैनिकबाट ।

महालेखा परीक्षकको कार्यालयमा ७५ जिल्लामा १७८ जनालाई कर्मचारी अावश्यक, स्थानीयबासीलाई उच्च प्राथमिकता दिने

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले छोटो अवधिको लागि १७८ जना कर्मचारी नियुक्त गर्न लागेको छ । महालेखाले ७५ वटै जिल्लाका स्थानीय तह तथा निकायको आर्थिक वर्ष २०७३/७४ को लेखापरीक्षण गर्न लेखापरीक्षण सहायक माग गरेको हो । उक्त पदका लागि चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी ३ वर्षको अनुभव हासिल गरेकाले आवेदन गर्न सक्नेछन् । एक महिना अवधिको लागि मात्र लिइने उक्त पदको लागि साउन ३१ गतेभित्र आवेदन गर्नु पर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।