बेरोजगार भएपछि पाइलटले खोले पेट्रोलपम्प, पाइलट पढ्न गरेको आधा अर्ब खेर

नेपालगन्ज । अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन् । नेपालगन्ज-१३ का अभयकुमार टण्डन पाइलट हुन् तर अहिले उनी पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् । पाइलट अध्ययन गर्न ३० वर्षीय अभयले ६० लाख रुपयाँ खर्च गरे । अस्ट्रेलियामा पाइलट पढ्दै गर्दाका अभय । फोटो अन्नपूर्ण पोस्टबाट सानैबाट पाइलट बन्ने लक्ष्य राखेका अभयले अस्ट्रेलियाको बासियर एभिएसन कलेजबाट पाइलट कोर्स अध्ययन गरे । सम्पन्न परिवारका अभयले डेढ वर्ष लगाएर अस्ट्रेलियाबाट पाइलट कोर्स अध्ययन गरी नागरिक उड्ययन प्राधिकरणले लिएको लाइसेन्स परीक्षा पनि पास गरे तर उनले जहाज उडाउन भने पाएनन् । प्रारम्भिक शिक्षा नेपालगन्जमा पढेका अभयले सेन्ट जोसेफ कलेज नैनितालबाट कक्षा १० र टेगोर इन्टरनेसनल स्कुल न्यू दिल्लीबाट १२ कक्षा पास गरे । न्यू दिल्लीमै केही समय काम गरेर पाइलट अध्ययनका लागि अस्ट्रेलिया गए । उनले पाइलट कोर्स सकेर नेपाल आउँदा निजीक्षेत्रका यती र बुद्ध मात्रै सञ्चालनमा थिए । अभयले सन् २००८ मा पाइलट कोर्स पढेर फर्कंदा नेपाली ध्वजावाहक नेपाल एयरलायन्स बन्द प्राय थियो । नेपाल एयरलायन्सका जहाज बिग्रेर थन्किएका थिए । बुद्ध र यतीमा जागिर खाने प्रयास गरे पनि अभयले सकेनन् । ‘जागिरको खोजीमा लागें, तर पाइनँ’, अभय भन्छन्, ‘नेपाल एयरलायन्स बन्द थियो । बुद्ध र यतीमा जागिर पाइएन ।’ मागभन्दा धेरै पाइलट उत्पादन भएकाले जागिर नपाएको टण्डनको भनाइ छ । अहिलेजस्तो धेरै कम्पनी सञ्चालन भएको भए जागिरको समस्या नहुने उनको दाबी छ । आफूले हासिल गरेको सीप व्यवहारमा उतार्न नपाएपछि अभयलाई फ्रस्ट्रेसन भयो । मन बुझाउन उनले व्यवसायमा हात हाले । ‘मागभन्दा आपूर्ति धेरै भयो’, उनले भने, ‘अहिलेजस्तो धेरै एयरलायन्स कम्पनी भएको भए जागिरको समस्या हुँदैनथ्यो होला ।’ पढाइको सिलसिलामा उनले २५२.४ घन्टा जहाज उडाउन अभ्यास गरेका थिए । तर, नेपाल आएपछि उनले जहाज उडाउने अवसर पाएनन् । पाइलटको लाइसेन्स अवधि ६ महिना मात्रै हुने गरेको छ । जागिर खोज्दाखोज्दै उनको ६ महिना अवधि सकिहाल्यो । आफूले हासिल गरेको सीप व्यवहारमा उतार्न नपाएपछि उनलाई ‘फ्रस्ट्रेसन’ समेत भयो । मन बुझाउन उनले व्यवसायमा हात हाले । व्यवसायी घरानाको व्यक्ति भएकाले उनलाई व्यवसाय सम्हाल्न गाह्रो भएन । ६ वर्षदेखि उनले नेपालगन्जको बीपी चोकनजिक भेरी प्राविधिक शिक्षालयको प्रवेशद्वारमै कुसुम फिलिङ सेन्टर नामको पेट्रोल पप्प सञ्चालन गरेका छन् । अहिले उनी विमान उडाउनेभन्दा पेट्रोलियम पदार्थको हिसाबकिताबमा पोख्त भएका छन् । सन २००९ देखि पेट्रोलियम व्यवसायमा रहेका अभय भन्छन्, ‘अहिले सन्तुष्ट छु, तैपनि पढेको गर्न नपाउँदा खिन्न हुन्छ, यसैभित्र सन्तुष्टि खोज्नुपर्छ ।’ नेपालजस्तो विकासोन्मुख मुलुकमा ‘ब्रेन ड्रेन’को समस्या बढी नै हुने गरेको उनको भनाइ छ । ‘पाइलट पढ्ने मात्र होइन, धेरै इन्जिनियर पनि यहाँ बेरोजगार छन्’, अभय भन्छन् । सीप भएका व्यक्तिलाई राज्यले जागिर दिन नसक्नु मुलुकका लागि दुर्भाग्य भएको उनी बताउँछन् । ‘हाम्रो जस्तो देशमा यस्तो समस्या धेरै छ, एकातिर दक्ष जनशक्ति छैनन्, भएकाले पनि काम पाएका छैनन्’, अभय भन्छन् । अभयका बुबा अजयकुमार नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव हुन् । ‘हाम्रो परिवार व्यावसायिक हो । अभयले पाइलट पढ्छु भन्यो, उसको इच्छाअनुसार पाइलट पनि पढायौं तर जागिर पाउन सकेन । त्यसपछि व्यवसायमा लगायौं अजयले भने । प्राविधिक शिक्षालयको प्रवेशद्वारमै कुसुम फिलिङ सेन्टर नामको पेट्रोल पम्प सञ्चालन गरेका छन् । अन्नपूर्ण पोस्टबाट ।

मेगा बैंक, नेको इन्सोरेन्स र अग्नि इन्भेष्टमेन्टले मागे १४७ जना, रोजगारीकाे लागि राम्राे अवसर

काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि इन्भेष्टमेन्टले एकैपटक ४६ जनालाई रोजगारी अवसर दिने भएको छ । यो कम्पनीले कार्यालय सहयोगिदेखि महाप्रवन्धकसम्मलाई रोजगारी खुलाएको छ । कम्पनीले महाप्रवन्धक, चिफ फाइनान्स अफिसर, क्रेडिट हेड, फाइनान्स हेड एकएक जना मागेको छ । साे कम्पनीले एकाउन्ट एक्जुकेटिभ, एचआर एडमिन एक्जुकेटीभ, रिकभरी एक्जुकेटिभ, लिगल एक्जुकेटिभ, सीआरएम एक्जुकेटिभ, कर्पोरेट तथा ब्राण्ड क्रेडिट एक्जुकेटिभ, कम्प्लाएन्स तथा केवाईसी एक्जुकेटिभ, आइटी एक्जुकेटिभ र एचआर एडमिन असिस्टेन्ट दुई/दुई जना मागेको छ । यसैगरी क्रेडिट असिस्टेन्ट, सीआरएम असिस्टेन्ट तीन/तीन जना मागेको छ । अकाउन्ट असिस्टेन्ट तथा क्यासियर ६ जना मागेको छ । यो कम्पनीले फ्रन्ट डेक्स डाइभर र अफिस असिस्टेन्ट भने चारचार जना गरि जम्मा ४६ जना मागेको छ । सम्बन्धित विषयमा दक्ष र अनुभविलाई प्राथमकिता दिने गरी मागेको उक्त पदमा इच्छुक उमेदवारलाई १० दिन भित्रै आफ्नो विवरणसहित आवेदन दिन कम्पनीले आग्रह गरेर दि हिमालय टाइम्समा सूचना प्रकाशन गरेको छ । यसैगरी आइएमई लाइफले ब्राण्ड तथा मार्केटिङ तथा ट्रेनि असिस्टेन्ट मागेको छ । यसले आपसी सहमतिमा तलव निर्धारण गर्ने गरी रोजगारी दिने भनेको छ । मेगा बैंकले १६७ जनालाई रोजगारी अवसर दिँदै मेगा बैंकले ले पनि १६७ जनालाई रोजगारीको अवसर दिने भएको छ । यो बैंकले पनि विभिन्न पोजिसन तथा क्षेत्रका म्यानेजर १९ जना, अफिस लेवलका कार्मचारी ५२ जना र असिस्टेन्ट लेभवका कार्मचारी ९६ जना गरी १६७ जनालाई रोजगारी अवसर दिने भएको छ । यसले इच्छुक र योग्यता पुगेका उमेदवारबाट आवेदन माग गरेको छ । नेको इन्सोरेन्समा पनि माग्यो ३५ जना कर्मचारी नेको इन्सोरेन्सले पनि विभन्न कर्मचारी माग गरेको छ । यो बीमा कम्पनीले ३५ जना कर्मचारी माग गरेको छ । यो बीमा कम्पनीले डेपुटी जनरल म्यानेजर तथा असिसटेन्ट जनरल म्यानेजर, डेपुटी म्यानेज तथा असिसटेन्ट म्यानेजर र रिजनल म्यानेजर एकएक जना मागेको छ । यसले लिगल अफिसर र एक्जुकेटीम सेक्रेटरी एकएक जना मागेको छ । सिनियर अफिसर, अफिसर र जुनियर अफिसर गरेर १० जना सुपरभाइज २० जना मागेको छ ।

खाडी पठाउन ६० प्रतिशतको सेटिङ एयरपोर्टबाटै, घरेलु कामदार खसी बोकाझै विक्री

काठमाडौं । खाडी मुलुकमा काम गर्न जाने घरेलु कामदरामध्ये ६० प्रतिशतको सेटिङ त्रिभुवन विमानस्थलबाट हुने गरेको तथ्य संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मंगलबार सार्वजनिक गरेको छ । समितिद्धारा चार महिनाअघि गठित खाडी मुलुकको स्थलगत अनुगमन निरिक्षण उपसमितिले आफ्नो प्रतिवेदनमा यस्तो उल्लेख गरेको हो । बाँकी ४० प्रतिशत भारतका विभिन्न सहर, श्रीलंका, चीन र अन्य अफ्रिकी मुलुक हुँदै खाडी मुलुक पुर्याएर बेच्ने गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै उपसमितिले खाडीका मुलुुकमा घरेलु कामदारको खसी बोकाभै वित्री हुने गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । कान्तिपुर दैनिकबाट ।