एनआईसी एसिया बैंकले खुलायो ८० भन्दा बढीलाई जागिर, आवेदन दिने अन्तिम दिन अप्रिल २३
काठमाडौं । तपाई बैंकिङ जागिरको खोजिमा हुनुहुन्छ ? बैंकबाट आफनो करियर सुरु गर्न चाहानुहुन्छ ? अब चिन्ता नलिनुस एनआईसी एसिया बैंकले विभिन्न तहका लागि ८० भन्दा बढीलाई जागिर दिने भएको छ । बैंकले सहायक प्रवन्धकदेखि सहायकसम्मका लागि विभिन्न तहका लागि सोमबार जागिर खुलाएको छ । २३ अप्रिल अर्थात वैशाखको पहिलो सातासम्म आफनो आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले सहायक प्रवन्धक १०, वरिष्ठ अधिकृत ३०, बजार अधिकृत ५, मार्केटिङ एजिक्युटिभ २५ र कार्यालय सहायकलाई भर्ना खुलाएको छ । यस्तै शाखा प्रवन्धक, सहायक प्रवन्धक, जुनियर अफिसर केही संख्यालाई मागेको बैंकले जनाएको छ ।
असार भित्र वाणिज्य बैंकका ३५९ वटा शाखा थपिँदै, ३ हजारलाई रोजगारी
काठमाडौं । असार मसान्तभित्र ३५९ वटै स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा स्थापना हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैशाख भित्र २४३ वटा स्थानीय तहमा शाखा विस्तार गर्न बाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । कुन बैंकले कहाँ शाखा खोल्दैछन् हेर्न यहाँ क्लिक गर्नुहोस त्यस्तै असार भित्र थप ११६ वटा स्थानीय तहमा शाखा विस्तार गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यसरी आगामी असार मसान्तभित्रमा ३५९ वटा स्थानीय तहमा बाणिज्य बैंकका शाखा स्थापना भैसक्नेछन् । केन्द्रिय बैंकले वाणिज्य बैंकहरुलाई स्थानीय तह नै तोकेर बैशाख र असार भित्र शाखा विस्तार नगरे कारवाही गर्ने पत्र समेत लेखेको हो । स्थानीय तहहरुले आफ्नो सञ्जित खाता वाणिज्य बैंकहरुमा मात्रै खोल्न पाउने व्यवस्था रहेको छ । ३५९ वटा स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा नखुलेपछि स्थानीय तहरुले आफ्नो सञ्चित खाता खोल्न नै अन्यत्र जानुपर्ने बाध्यता थियो । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले केन्द्रिय बैंकको निर्देशन मान्न बैंकहरु तयार रहेको बताए । तर पुर्वाधार, सुरक्षा, जनशक्ति र बजारका कारण तोकिएकै समयमा भने सबै स्थानीय तहमा पुग्न कठिन हुने उनले बताए । ‘एउटा शाखा सञ्चालनका लागि न्युनतम पनि ६ जना कर्मचारी आवश्यक पर्छन्, पुर्वाधार र सुरक्षा पनि चाहिन्छ, हामी केन्द्रिय बैंकले भने अनुसार नै गर्ने प्रयास गर्छाै तर तोकिएको समयमा सबै तहमा पुग्न भने कठिन हुने देखिन्छ’, दाहालले भने । ३५९ वटा स्थानीय तहमा स्थापना हुने बाणिज्य बैंकका शाखाहरुमा करिब २६५ सय ३ हजारसम्म कर्मचारी आवश्यक पर्ने देखिन्छ । बाणिज्य बैंकहरुको एउटा शाखाका लागि न्युनतम ४ जना बैंकिङ स्टाफ, २ जना सुरक्षा गार्ड र २ जना कार्यालय सहयोग आवश्यक पर्ने सानिमाका प्रमुख कार्यकारी अधिकृत दाहालले बताए ।
लोकसेवाले खुलायो ७५१ जना खरिदार, एसएलसीमा २ जीपीए भन्दा कम ल्याउनेले जागिर खान नपाउने
काठमाडौं । लोकसेवा आयोगले ७५१ जना खरिदार खुलाएको छ । लोकसेवाले पुरानै अञ्चलस्तरीय ढाँचामा विज्ञापन खुलाएको हो । विज्ञापन अनुसार सबैभन्दा धेरै सगरमाथा अञ्चल कार्यलय, दिक्तेलमा ११३ जना रहेको छ भने सबैभन्दा थोरै मेची अन्चल कार्यलय, इलाममा २३ जना रहेक छन् । त्यसैगरी पुर्वाञ्चल क्षेत्रिय निर्देशनालय, धनकुटामा ३९ जना, मध्यमाञ्चल क्षेत्रिय निर्देशनालय, नयाँ बानेश्वरमा ८७ जना, जनकपुर अञ्चल कार्यालय, जनकपुरमा ४९ जना, नारायणी अञ्चल कार्यालय, हेटौडामा ८८ जना र पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालय, पोखरामा ४६ जना माग रहेका छन् । लुम्बिनी अञ्चल कार्यालय, बाग्लुङमा ४२ जना, मध्य पश्मिाञ्चल क्षेत्रिय निर्देशनालय, सुर्खेतमा ५८ जना, राप्ती अञ्चल कार्यालय, दाङमा ४१ जना माग भई आउँदा कर्णाली अञ्चल कार्यलय, जुम्लामा ४२ जना माग रहेका छन् । त्यस्तै सुदुर पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालय, दिपायलमा २६ र महाकाली अञ्चल कार्यालय, महेन्द्रनगरमा ५१ जनाको माग रहेको छ । खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ति गरिने यस परिक्षमा भाग लिन चैत २० गतेसम्म सिङगल र चैत २७ गतेसम्म दोब्बर दस्तुर तिरेर भाग लिन सकिन्छ । फारम अनलाइनबाट जुनसुकै ठाउँबाट भर्न सकिने लोकसेवाले जनाएको छ । फारम भर्नका लागि पुरुषको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । यसैगरी ग्रेडिङ सिस्टमबाट प्रवेशिका परिक्षा दिएका व्यक्तिले २ जीपीए भन्दा कम अंक भएमा फारम भर्न पाउने छैनन ।