लघुवित्त वित्तीय संस्थाले २६ जनाको लागि रोजगारी खुलायो
काठमाडौं । आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थाले २६ जनालाइ रोजगारी दिने भएको छ । ग्रामीण क्षेत्रमा रहेका बिपन्न वर्गसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्न इच्छुकले मात्र आवेदन दिन पाउने संस्थाले जनाएको छ । पदको हकमा जुनियर अधिकृतले वाणिज्य, तथ्यांकशास्त्र वा गणित विषय लिई स्नातक तह उतिर्ण गरि कम्तिमा २ वर्ष लघुवित्त वा बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव हुनुपर्नेछ । यस पदको लागि एक जना मागेको छ । शाखा प्रबन्धकको लागि १० जना मागको छ भने सहायकमा ५ जना मागेको छ । सहायकको लागि भने सोहि विषयमा १०+२ उत्तिर्ण गरी कम्तिमा १ वर्ष सोहि क्षेत्रको अनुभव हुनुपर्ने छ । त्यसैगरी, सहायक प्रशिक्षार्थी १० जना मागेको छ । जसमा १०+२ उत्तिर्ण हुनुपर्ने संस्थाले जानकारी दिएको छ । जुनियर अधिकृत पदको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र अन्य पदका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको तर महिलाको हकमा उमेरको हद ४० वर्ष हुनेछ । साथै, यसको परिक्षा लिखित, प्रस्तुतिकरण र अन्तवार्ता हुने संस्थाले जनाएको छ ।
शिखर इन्स्योरेन्समा रोजगारीको अवसर, ८० भन्दा बढी कर्मचारी आवश्यक
काठमाडौं । शिखर इन्स्योरेन्सले रोजगारीका लागि आवेदन माग गरको छ । इन्स्योरेन्सले ८० भन्दा बढीको संख्यामा म्यानेजर, अफिसर र असिस्टेन्ट पदका लागि आवेदन माग गरेको हो । इन्स्योरेन्सले कर्पोरेट अफिस र शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले म्यानेजर, असिस्टेन्ट म्यानेजर, अधिकृत, असिस्टेन्ट अकाउन्टेन्ट माग गरेको हो । मार्केटिङ डिपार्टमेन्टको म्यानेजर तथा असिस्टेन्ट म्यानेजरका लागि स्नातक र बैंक, बिमा वा वित्त क्षेत्रमा अनुभव बटुलेकाहरुका लागि आवेदन माग गरेको छ । आवेदकले आफ्नो बायोडाटासहित इन्स्योरेन्सको वेबसाइट [email protected] बाट आवेदन दिन सक्नेछन् ।
खाडी मुलुकको यो कम्पनीमा ९० प्रतिशत महिला कामदार, महिला सशक्तीकरणको नौलो अभ्यास
दुबई । नुर अल हस्सन टार्जामा नामको ट्रान्स्लेसन सेवा कम्पनी चलाउँछिन् । अरब मूलकभित्र सो कम्पनीमा चार सय कामदारलाई फुल टाइम र पार्ट टाइम रोजगारी दिइरहेको छ । र ती मध्ये ९० प्रतिशत महिला छन् । टार्जामाले महिलालाई घर बसी बसी अन्य प्रतिबद्धतासहित ल्यापटपमा मन लागेको सिफ्ट अनुसार काम गर्ने वातावरण दिएको छ । ‘हामीसँग काम गर्ने अधिकांश महिला बच्चाका आमा छन्, ‘अल हसनले भनिन्, ‘उनीहरु ९-१० बजेसम्म अफिस आएर काम गर्न भ्याउदैनन् ।’ विश्व बैंकको सन् २०१६को तथ्यांक अनुसार मध्यपूर्वी क्षेत्रमा २२ प्रतिशत भन्दा कम संख्याका महिला मात्र रोजगारीमा आबद्ध छन् । यो विश्वकै सर्वाधिक कम आकडाँ मानिन्छ । विशेषगरी अल हस्सनको माइतीदेश जोर्डनमा यो समस्या छ । उच्च साक्षरताका बावजुद यहाँ १४ प्रतिशत महिलामात्र काम गर्छन् । उनको यो कामले महिलालाई भाषा पढ्नका लागि हौसाएको छ । जोर्डनमा मात्रै उनले ६० महिलालाई सम्पादकिय र अनुवादका लागि काम दिएकी छिन् । यसको अर्थ उनले पुरुषलाई रोजगारी नदिने भन्ने चाँही होइन । उनले भनिन्,’ हामी समानता ल्याउन खोज्दैछौं… यो स्वस्थकर छ ।’ कठिन संघर्ष टार्जामाले साउदी अरबीया र युनाइटेड अरब इमिरेट्स (युएइ)मा महिलाका लागि रोजगारोन्मुख विशेष तालिम सञ्चालन गरिरहेको छ । यसले तलबी इन्टर्नसिपको पनि व्यवस्था गरेको छ । यद्दपी पितृसत्तात्मक बाहुल्यता रहेको यो क्षेत्रमा महिलालाई रोजगारी दिनु कठिनपूर्ण छ । हस्सनले भनिन्, ‘यो विल्कुलै परम्परागत कुरा हो । बढीजसो जागिर पूरुषलाई दिइन्छ । प्रसुती विदा तथा विभिन्न समस्याका कारण महिलाभन्दा पुरुषालाई नै रोजगारीका लागि छानिन्छ ।’ परिवारका पुरुष सदस्यपनि सबै बुझकी हुदैनन् । केहि महिला स्टाफले आफ्नो पतीबाट समेत ल्यापटप लुकाएर काम गरिरहेको उनले बताइन् । युएइमा ४२ प्रतिशत महिला रोजगार छन्, जबकी विश्वको औषत तथ्यांक ४९ प्रतिशत मात्र छ । अल हस्सनले भनिन्, ‘महिला सशक्तीकरणका पक्षमा युएइमा हाम्रो नेतृत्व बेजोड छ। तपाईं महिला र इच्छुक हुनुहुन्छ भने तपाईंले राम्रो अवसर पाउनुहुनेछ ।’ युएइले आगामी २०२१ सम्ममा संयूक्त राष्ट्र संघको विश्वका लैङ्गीक समानता भएका टप २५ मुलुकहरुको सूचीमा सहभागी हुने लक्ष्य राखेको छ । (अहिले ४२ औं अंकमा छ ।) गत महिना यसले श्रमिकले काम गर्ने वातावरणमा कसरी अघि बढ्ने, काम-जिवन सन्तुलन, प्रसुती विदा जस्ता विभिन्न विषयमा छापेको थियो ।