वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले १३१ जनालाई भर्ना खुलायो

काठमाडौं । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनले खुला तथा समावेशी गरी १३१ जना कर्मचरीको लागि भर्ना खुलाएको छ । लोक सेवा आयोगबाट सहमति प्रदान भए बमोजिम अस्पताल अन्तर्गत अधिकृतस्तर र सहायकस्तरका विभिन्न पदहरुमा खुला परिक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले विभिन्न योग्यता पुगेका उमेदवारले अवेदनको लागि दर्ता गर्न सक्ने जनाएको छ । अस्पतालका अनुसार अस्पतालको वेबसाइटबाट डाउनलोड गरी एफोर साइजको फोटोकपी पेपरमा प्रिन्ट गरी सम्पूर्ण विवरण भरी फागुन २५ गतेसम्म र दोब्बर दस्तुर २०७४ चैत २ गतेसम्म आवेदन अस्पताल प्रशासनमा दर्ता गराउनु हुन आवेदकलाई अनुरोध गरिएको छ । अस्पतालले रजिष्ट्रार, वरिष्ठ ल्याब टेक्नोलोजिष्ट, वरिष्ठ रेडियोलोजिकल टेक्नोलोजिष्ट, टेक्नोलोजिष्ट, पब्लिक हेल्थ अधिकृत, जुनियर असिष्टेण्ट, सुपरभाइजर सब ओभरसियर लगायतका पदका लागि अस्पतालले कर्मचारी मागेको हो । आवेदनको लागि १८ वर्ष उमेर पूरा नभएकोदेखि अस्पताल सेवाका बहालवाला स्थायी कर्मचारीको हकमा उमेरको हदले नछेकिने बताइएको छ । लिखित र अन्तर्वार्ता दुवै किसिमको परिक्षा हुनेछ । उम्मेदवार स्वयंमले दरखास्तका साथमा हालसालै खिचिएको पासपोर्ट साईजको ३ प्रति फोटो, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लगायत विभिन्न कागजातहरुका प्रतिलिपि प्रमाणित गरी संलग्न गर्न पर्ने अस्पतालको भनाइ छ । त्यस्तै समावेशीतर्फ दरखास्त दिने उम्मेदवारहरुले आवश्यकता वमोजिमका कागजातहरु अनिवार्य रुपमा दरखास्त साथ संगलग्न गरी पेश गर्न पर्ने छ ।  

नेपाल इन्टरमोडेल यातायातमा २३ जनालाई सरकारी जागीर खाने अवसर

काठमाडौं । नेपाल इन्टरमोडेल यातायात विकास समितिले एकै पटक २३ जना कर्मचारी मागेको छ । यातायातमा रिक्त रहेका अधिकृत, इन्जिनियर, कम्प्युटर अपरेटर र साहायक स्तरका पदहरुमा खुल्ला प्रतियोगितात्मक परिक्षाबाट स्थायी पदपुर्ति गर्नका लागि दरखास्त फारम खोलेको हो । यातायातले प्रशाासन तर्फ ११ जना, प्रविधिक तर्फ ८ जना र विविधमा ४ जनाको लागि विज्ञापन खुलाएको छ । दरखास्त दिन इच्छुक व्यक्तिहरुले आवश्यक कागजात सहित फागुन २६ सम्म अनलाइन फारम भर्न सक्नेछन् । यातायतले जारी गरेको सूचना अनुसार फारम भर्नको लागि दिनको ११ बजे देखि ३ बजेसम्म पाइनेछ । यातायातले तह १० को लागि १५ सय ५०, तह ९ को लागि १२ सय ५०, तह ८ को लागि १०५०, तह ७ को लागि ९ सय ५०, तह ५ को लागि ६ सय २५, तह र ४ को लागि ५ सय २५ रुपैंया परिक्षा शुल्क तोकेको छ । इन्टरमोडेल यातायातले हाल नेपालको विभिन्न स्थानमा सुख्खा बन्दारगाह निर्माण गर्दै आएको छ । यसैगरी चोभारमा १०५४ रोपनी क्षेत्रफलमा सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निमार्ण गरिरहेको छ ।

आर्थिक समृद्धि लघुवित्तले डेपुटी सीइओसहित ४० जना कर्मचारी माग्यो

काठमाडौं। केन्द्रिय कार्यालय तनहुँमा रहेको आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृतसहित ४० जना कर्मचारी मागेको छ । कम्पनीलाई सक्रिय ढङगले अघि बढाउन निश्चित मापदण्ड पुगेका जनशक्ती माग गरेको हो । कम्पनीले केन्द्रीय कार्यालको निमित्त नायक प्रमुख कार्यकारी अधिकृतसहित १० जना शाखा प्रबन्धक र ३० जना कनिष्ठ सहायक माग गरेको छ । कम्पनीले उल्लेखित नायक कार्यकारी अधिकृतको शैक्षिक योग्यतामा लघुवित्त तथा बैंकिंग क्षेत्रमा वरिष्ठ प्रबन्धक र प्रबन्धक पदमा ७ वर्ष काम गरेको हुनु पर्ने जनाएको छ । साथै अर्थशास्त्र, गणित, व्यवस्थापन विषयमा स्नातकोत्तर पास गरेको हुनु पर्ने जनाएको छ । त्यसको लिखित परिक्षा फागुन १९ गते हुने बताइएको छ । त्यस्तै शाखा प्रबन्धकले प्लस टु पास गरी २ वर्ष लघुवित्त वित्तीय क्षेत्रमा काम गरेको र कनिष्ठ सहायकको शैक्षिक योग्यता प्लस टु पास भएको हुनु पर्ने बताइएको छ । उक्त पदको लागि लिखित तथा अन्तरवार्ताद्धारा कर्मचरी छनौट गरिने कम्पनीको भनाइ छ । कम्पनीको अनुसार सोको लिखित परिक्षा समेत फागुन १९ गते हुने भनिएको छ । । कम्पनीले उक्त पदहरुमा फागुन १० गतेसम्म दरखास्त गरिसक्नु पर्ने जानकारी दिएको छ ।