जागिर खाने हो ? नेपाली सेनाले खुलायो २४०० जनालाई भर्ना, जेठ ३० सम्म फारम भर्नुपर्ने
काठमाडौं । तपाई जागिरको खोजिमा हुनुहुन्छ ? तपाई योग्यता अनुसारको जागिर नपाएर निराश बन्नु भएको छ ? अब चिन्ता नगर्नुस नेपाली सेनाले सिकर्मीदेखि प्राविधिक सुवेदारसम्मका लागि २ हजार ३९१ जनाका लागि भर्ना खुलाएको छ । सेनाले प्राविधिक सुवेदार, लेखा जमदार, अमल्दार कर्मचारी, सैन्य ड्राइभर, सैन्य वाध्यवादन र फलोवर्स पदका लागि भर्ना खुलाएको हो । दरखास्त जेठ १ देखि ३० गेतसम्म दिन पर्ने छ । दोब्बर दस्तुर बुझाइ असार ६ गतेसम्म दरखास्त बुझाउन सकिने सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले जनाएको छ । प्राविधिक सुवेदारले पीसीएल नर्सिङ उतिर्ण गरेको हुनुपर्ने छ । यस्तै लेखा जमदारका लागि वाणिज्य शास्त्रमा प्लस टु, अमल्दार कर्मचारी हुन एसएलसी वा एसईई २ जीपीए माथि, सैन्य, सैन्य ड्राइभर र वाध्यवाधकले आठ कक्षा उतिर्ण हुनुपर्ने छ । यस्तै कुचिकार। चर्मकर्मी, सुचिकार, लोहकार, केशकर्तक, माली र सिकर्मीले साधारण लेखपढ गरेको हुनुपर्ने विभागले जनाएको छ ।
नर्सको लाइसेन्स खुल्यो, असार ९ गते परीक्षा
काठमाडौँ । तपाई नर्सको अनुमतिपत्र (लाइसेन्स) लिन चाहानु भएको छ ? लामो सयमदेखि लाइसेन्स लिने प्रतिक्षामा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस नेपाल नर्सिङ परिषदले नर्सको लाइसेन्स खुलाएको छ । परिषदले आउदो असार ९ गते नर्सको लाइसेन्सका लागि परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षामा संलग्न हुने विद्यार्थीले प्रविणता प्रमाणपत्र (पीसीएल) र बीएस्सी नर्सिङ तह उतिर्ण हुनुपर्ने परिषदले जनाएको छ । परिषदले अनलाइनबाट फारम लिने भएको छ । अनलाईनबाट जेठ १ देखि ३० र दोब्बर दस्तर दिएर असार ४ गतेसम्म लाइसेन्स परीक्षाका लागि फारम खुलाएको हो । परीक्षा शुल्क नेपालीका लागि १ हजार ६००, विदेशीका लागि २ हजार ६०० रुपैयाँ तोकिएको परिषदले जनाएको छ । परिषद्ले तोकेको स्थानमा परीक्षा सञ्चालन हुने छ । नेपाल नर्सिङ परिषद्को परीक्षा समितिले आवश्यक ठानेमा परीक्षार्थीसँग अन्तर्वाता लिन पनि सक्ने छ ।
४४ जना नर्सलाई शिक्षण अस्पताल महाराजगञ्जमा जागिर खाने अवसर
काठमाडौं । त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जले स्टाफ नर्स र प्राविधिक सहायकतर्फ स्थायी कर्मचारीको माग गरेको छ । अस्पतालले ४० जना स्टाफ नर्स ४ जना प्राविधिक सहायक कर्मचारी माग गरेको हो । फारम भर्न अस्पताले १५ दिनको समयअवधि दिएको छ । अस्पतालको खाता रहेको बैंकमा १५ सय तिरेको रसिद समामेश गरी फारम भरी बुझाउनु पर्नेछ । स्टाफ नर्समा आवेदन दिनका लागि १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ । आवेदन दिनका लागि नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी नर्सिङ परिषदमा दर्ता भएको पमाणपत्रको प्रतिलिपी आवश्यक कागजात सहित जेठ ७ गतेसम्म पेस गर्नुपर्नेछ ।