गोकर्ण बिष्ट भन्छन्- अब खाडीमा भेडा चराउन धाउनु पर्दैन
गुल्मी । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले अब युवाहरुले खाडी मुलुकमा भेडा चराउन धाउनु नपर्ने बताएका छन् । गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले भने, “अब युवा खाडीमा भेडा चराउन जानु पर्दैन ।” उनले देशमै पर्याप्त रोजगारीको अवसर सृजना गर्न दावी गर्दै भने,“गाउँमै हजारौं रोजगारी सिर्जना गरी युवालाई देशमै लगाउँछौँ, खाडीमा भेडा चराउन जानु पर्दैन ।” मन्त्री विष्टले चुनावको समयमा आफूहरुले बोलेको कुरा पूरा गर्नबाट पछाडि नहट्ने धारणा पनि राखे । “हामीले बोल्दै जाने, बिर्सँदै जाने होइन, हामीले बोलेका कुरा, केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत पूरा गर्नेछौँ” उनले भने, “अबको केही वर्षमा हामी अरुले दिएको खाने होइन, गरीब देशलाई सहयोग गर्न सक्ने बन्नेछौँ ।”
बैंकमा जागिर खाने हो ? एनआइसी एसिया बैंकले माग्यो १७५ कर्मचारी
काठमाडौं । बैंकमा जागिर खाने सोँचमा हुनुहुन्छ ? त्यसो भए अब आवेदन दिन तयार हुनुस् । एनआइसी एसिया बैंकमा करिब २ सय जनाका लागि जागिर खुलेको छ । बैंकले १० वटा पदमा १७५ जना र अन्य पदमा केहि संख्या गरि करिब २ सय जना कर्मचारी मागेको हो । कुन कुन पदमा खुल्यो जागिर ? कसरी भर्ने आवेदन ? हेर्न यहाँ क्लिक गर्नुहोस आक्रामक रुपमा बजार विस्तार गरिरहेको बैंकले नयाँ विस्तार गर्न लागिएका शाखाहरुका लागि कर्मचारी मागेको जनाएको छ । व्यापार, बाणिज्य र व्यवस्थापन र अर्थशास्त्रमा स्नातकोत्तर उतिर्ण गरेका देखि प्लस टु पास गरेकाहरुले आवेदन दिन सक्नेछन् । बैंकले आगामी मे महिनाको २ तारिख भित्र आवेदन दिनुपर्ने जनाएको छ ।
लोकसेवाको ५००० विज्ञापनमा २ लाख ३० हजार बढीकाे आवेदन, ७५३ जना खरिदारमा मात्रै ८८ हजारले दिए दरखास्त
काठमाडौं । पछिल्लो समयमा सरकारी जागिरमा युवाहरुको आकर्षण बढ्दै गएको देखिएको छ । निजामति सेवाका लागि लोकसेवा आयोगले ५ हजार ८२४ जनाको विज्ञापन गर्दा २ लाख ३० हजार ५७६ जना भन्दा बढीको आवेदन परेकाले सरकारी जागिरमा आकर्षण बढ्दै गएको देखिएको हो । आर्थिक वर्ष २०७४/०७५ मा लोसेवाद्धारा खुलाईएको विज्ञापनमा ठुलो संख्यामा सरकारी जागिरको लागि मानिसहरुले आवेदन दिएका हुन् । लोकसेवाले खुलाएको विज्ञापनमध्ये सबैभन्दा धेरै आवेदन खरिदारमा परेको छ । कम दरखास्त सहसचिवको विज्ञापनमा परेको छ । सहसचिवको ७८ जनाको विज्ञापनमा १६९१ जनाको आवेदन परेको छ भने उपसचिवको २१५ उपसचिवको विज्ञापनमा ६ हजार ४५ जनाको निवेदन परेको छ । त्यस्तै शाखा अधिकृतको ३९० जनाको विज्ञापनमा ४७ हजार ७ सय ९६ जनाले आवेदन दिएका छन् । यसैगरी ४८२ जनाको विज्ञापन खुलाइएको नायब सुब्बामा ७९ हजार, ३७ जनाको आवेदन परेको छ । खरिदारको ७५३ जनाको विज्ञापनमा सबैभन्दा धेरै ८८ हजार ४९६ जनाको आवेदन परेको लोक सेवा आयोगका सहप्रवत्ता देवीप्रसाद सुवेदीले जानकारी दिए । लोकसेवाले विज्ञापन दस्तुरबाट मात्रै ५५ करोड रुपैयाँ भन्दा बढी उठाउने गरेको छ । आयोगले शाखा अधिकृतको लागि १ हजार, नायाब सुब्बा ४०० र खरिदारको ३ सय शुल्क तोकेको छ । लोकसेवाको विज्ञापनमा सबैभन्दा धेरै राजस्व अधिकृतको विज्ञापनबाट उठेको छ । यो वर्ष अधिकृतको विज्ञापनबाट दोब्बर दस्तुर र आरक्षण बाहेक नै ४९ करोड ३६ हजार रावस्व उठेको हो । त्यस्तै नायाब सुब्बाको विज्ञापनबाट पनि दोब्बर दस्तुर र आरक्षण बाहेक नै ३ करोड २० लाख राजस्व उठेको छ । त्यसैगरी खरिदारको विज्ञापनबाट दोब्बर दस्तुर र आरक्षण बाहेक नै ३ करोड ६४ लाख ४० हजार उठेको छ । २०७५ सालदेखि लोकसेवा आयोग प्रदेशीय संरचनामा जाने तयारी गरेको छ । सुरक्षाका कारण पछिल्लो समयमा सकारी जागिरमा जनचासो बढेको देखिएको छ । रोजगारीका लागि पर्याप्त रुपमा अन्य क्षेत्र नआएपछि सरकारी जागिरमा आकर्षण बढेको हो ।