एक बर्ष स्मार्टफोनबिना बस्नेलाई एक करोड पुरस्कार

काठमाडौं। के तपाईं पुरा एक बर्ष आफ्नो स्मार्टफोन बिना बस्न सक्नुहुन्छ ? यदी तपाईंलाई यसो गर्न सक्छु जस्तो लाग्छ भने, भिटामीनवाटर भन्ने पेयपदार्थ संस्थाले “नो फोन फोर अ ईयर” अर्थात एक बर्ष बिना फोन बस्ने प्रतियोगिताको सुचना जारी गरेको छ जसको विजेताले पुरा एक बर्ष आफ्नो स्मार्टफोनलाई पूर्ण रुपमा त्याग्नुपर्ने हुन्छ र जसबापत उपहार स्वोरुप विजेताले एक करोड ( $ १००,०००) जित्नेछ। उक्त प्रतियोगितामा सहभागी हुनको लागि तपाईले जनवरी ८ सम्ममा आफ्नो ट्वीटर वा ईन्सटाग्राममा एउटा पोस्ट गरि कसरी तपाईंले पुरा एक बर्ष फोन बिना बस्नुहुन्छ भनेर ह्यास्ट्याग #nosmartphoneforayear #contest सहित लेख्नुपर्ने हुन्छ। कम्पनीले विजेता क्रिएटिभिटी र ह्युमरको आधारमा छान्ने छ। जो त्यस लेखबाट छनोट हुनेछन् उसले पुरा एक बर्ष आफ्नो स्मार्टफोन, ट्याबलेटबाट टाढा बस्नुपर्ने हुन्छ। तर ल्याप्टप वा डेस्कटप कम्प्युटर प्रयोग गर्न भने उनलाई अनुमति दिईनेछ। ईमर्जेन्सी भएको खण्डमा भने प्रतियोगीलाई १९९६-युगको सेलफोन दिईनेछ। प्रतियोगिताको अन्तिम समयमा झुट पत्ता लगाउने मेसिनले प्रतियोगीलाई जाँचिने छ। यदी प्रतियोगी ६ महिनासम्म मात्र टिक्न सक्यो भने उसले दस लाख ( $१०,०००) मात्र पाउनेछ।

यसकारण सफल भइन् मिस नेपाल श्रृंखला

काठमाडौं । यतिखेर मिस वल्र्डमा मिस नेपाल श्रृंखला खतिवडाको निरन्तरको सफलतासँंगै सफलताका कारणहरु खोज्न थालिएको छ । चीनमा हुने मिस वल्र्डमा नेपालकोतर्फबाट सहभागी भई हाल चीनमा रहेकी मिस नेपाल २०१८ श्रृंखलाका सफलताका कारणहरु केके होलान् भनेर खोजीनीति सुरु भएको छ । मिस नेपाल श्रृंखलाले चीनमा जारी मिस वर्ल्ड अन्तरगत मल्टिमिडिया दुई वटा अवार्ड हात पारिसकेकी छन् । खतिवडाले ब्यूटी विद अ पर्पस र मल्टी मिडियाको अवार्ड हात पारिसकेकी छन् । यससँगै अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ । सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले एक सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै सो महत्वपूर्ण अवार्ड जितेकी थिइन् । नेपालकी प्रतियोगीले यो अवार्ड जितेको पहिलो पटक हो । बिभिन्न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फलोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषित गरिएको मिस वर्ल्डको आधिकारिक इन्टाग्राम पेजमा जनाइएको छ । मिस नेपाल श्रृंखलालाई नजिकबाट चिनेका गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवाल श्रृखलाको सफलताको एउटा कारण उनको बौद्धिकता रहेको बताउँंछन् । श्रृखंला उनको कम्पनी गोर्खा इको प्यानलका व्राण्ड एम्वेसडर हुन् । ईन्जिनियर दुवाल भन्छन्, ‘अरु मिस नेपालहरु सायद शाररीक सौदयर्तामा केन्द्रित होलान्, तर मिस नेपाल श्रृखंलासँंग थप बौद्धिकता पनि तीक्ष्ण छ ।’ श्रृंखलाको सफलताको एउटा वलियो आधार व्युटी विद पर्पाेज (उद्देश्यसहितको सौदर्य) रहेको उनी बताउँंछन् । मिस वल्र्ड– २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनियाँ चकित पारेकी उनले मकवानपुरको विकट क्षेत्रको चेपाङ बस्तीमा गोर्खा इको प्यानलको प्रयोग गरी बनाइरहेको स्वास्थ्य चौकी भबनलाई बृतचित्र बनाई लगेकी थिइन् । आफ्नो पहलमा स्वास्थ केन्द्र स्थापना गरेर स्थानीय बालबालिकाहरूको उपचारमा सहयोग पुयाएको अभियानलाई उनले बृतचित्रमा समेटेकी छिन् । यही मंसिर २२ गते शनिवार ९ डिसेम्बरका दिन चीनको सान्यामा सञ्चालन हुने मिस वल्र्ड–२०१८ मा सहभागिता जनाउन चीनमा रहेकी श्रृंखला आफैंले पनि आफनो सफलताको कारण आफूले लगेको व्युटी विद् पर्पाेज भनिरहेकी छिन् । मिस वल्र्ड अन्तर्गतका विभिन्न चरणका प्रतियोगिता सञ्चालन भैरहेका बेला अध्ययनकर्ताहरूले नेपाली चेली श्रृंखलाले मिस वल्र्डको उपाधि नै जित्न सक्ने अनुमान गरिरहेका छन् । व्युटी विथ पर्पाेज (उद्देश्यसहितको सौदर्य) भन्ने नाराकासाथ हरेक वर्ष हुने मिस वल्र्ड प्रतियोगितामा नेपाली सहभागी मिस नेपालहरुले यसरी नै कुनै न कुनै उद्देश्य लिएर जाने गर्दछन् । प्रतिस्पर्धीहरुको मूल्यांकनको एउटा आधार उनीहरुले लिएर गएको यही व्युटी विथ पर्पाेज पनि हुने गर्दछ । प्रोगितामा प्रत्येक देशबाट प्रतियोगी सुन्दरीहरुले आआफनो उद्देश्य ल्याउने गर्दछन् । यो वर्ष हुने प्रतियोगितामा विश्वभरका एक सय २० वटा देशहरुका सुन्दरीहरुले सहभागिता जनाउने बताइएको छ । व्युटी विथ व्रेन भनेर चिनिने श्रृंखला नेपालकै पहिलो आर्किटेक्ट मिस नेपाल हुन् । पेशाले आर्किटेक्ट इन्जिनियर श्रृखलाले इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिंग क्याम्पसबाट स्नातक गरेकी हुन् ।

मल्टिमिडिया अवार्ड जितेर श्रृंखला खतिवडा मिस वर्ल्डको फाइनलमा

काठमाडौं। मिस वर्ल्डको यात्रामा रहिरहेकी मिस नेपाल श्रृंखला खतिवडा टप ३० मा पर्न सफल भएकी छिन्। मिस मल्टिमिडिया अवार्ड जितेर उनी उत्कृष्ट ३० मा परेकी हुन्। यस् अघि उनी हेड टु हेड च्यालेन्जको दोस्रो चरणमा भने सिंगापुरकी प्रतिस्पर्धी भेनिसा पेहसँग पराजित भएकी थिईन्। पराजित भएसङै खतिवडा अन्तिम ३० मा पुग्न असफल बनेको भनेर धेरै नेपालीहरु निरास बनेका थिए। तर श्रृंखलाले सबैलाई आँफु उत्कृष्ट ३० मा पर्ने सम्भावना रहेको अाफ्नो सोसल मिडिया मार्फत जानकारी गराएकी थिईन्।