राजनीतिमा जम्न नसकेको नेपाली कलाकार, कलाकारित र राजनीति दुबैमा डुलमुले बन्दै

काठमाडौं । गणतन्त्र स्थापनासँगै कलाकारहरुमा राजनीतक मोह बढ्दै गइरहेको छ । पछिल्ला १० वर्षमा नेपाली कलामा जमेका कलाकार राजीनिमा किन जम्न सकेनन त ? प्रधानमन्त्री बन्न राजनीतिमा आएकी हुँ राजनीति भनेको रुचिको कुरा हो । आत्मसन्तुष्टि र सेवा गर्ने इच्छाशक्ति भएका जुनसुकै क्षेत्रका मान्छे पनि राजनीतिमा आउन सक्छ । म जनताको सेवा गर्न राजनीतिमा आएकी हुँ । चर्चाका लागि राजनीतिमा आएकी होइन, किनकि म यत्तिकै चर्चित छु । राजनीतिमा लागेपछि मन्त्री, प्रधानमन्त्री हुने इच्छा त हुन्छ नै । जसरी कर्मचारीलाई सचिव, मुख्यसचिव बन्ने चाहना हुन्छ । मन्त्री, प्रधानमन्त्री बनेरै देशको सेवा गर्न राजनीति सुरु गरेकी छु । -कोमल वली, गायिका तथा राप्रापा नेतृ​ कलाकारितालाई देखाउने दाँत बनाएर आउने पनि छन् कलाकारितालाई देखाउने दाँत बनाएर राजनीतिमा आउने धेरै छन् । यस्ताले राजनीतिक स्वार्थपूर्तिका लागि राजनीति गरेका हुन्छन् । यहाँ क्षणिक स्वार्थका लागि राजनीतिमा लाग्ने र स्वार्थ पूरा नभएपछि पेसा परिवर्तन गर्ने प्रचलन धेरै छ । मिडियामा छाउन पार्टी परिवर्तन गर्ने पनि छन् । कलाकार राजनीतिमा आइसकेपछि उसले कलाकारिता क्षेत्रको परिवर्तनका लागि आवाज उठाउनुपर्छ । -चेतन सापकोटा, संगीतकार​ दलहरूले प्रयोग मात्र गरे कलाकार मात्र होइन, सबैमा राजनीतिक चेत हुन जरुरी छ । म सांसद मन्त्री हुन्छु भनेर राजनीतिमा आएको होइन । राजनीति बुझ्न आएको हुँ । नेपाली कलाकारले राजनीतिमा आउन ढिला गरेर गल्ती गरेका छन् । तर, दुःखद कुरा अहिले पनि धेरै कलाकारलाई राजनीतिक दलले प्रयोग मात्र गरेका छन् । – बद्री पंगेनी, लोकदोहोरी गायक​ विकास र निकासका लागि हामी व्यक्तिले केही गर्न सक्दैनौँ । विकास गर्न र राष्ट्रको सेवा गर्न राजनीतिमा आउनु जरुरी छ । सोचविचार गरी बुझेर राम्रो मान्छे राजनीतिमा आउँदा केही फरक पर्दैन । म राजनीतिमा भएँ भने गाउँलेले सीधै आफ्नो समस्या मसँग राख्न सक्छन् । मैले उनीहरूको समस्या सुल्झाउन भूमिका खेल्न सक्छु । राजनीतिविना विकास र निकास नहुने भएकाले पनि म राजनीतिमा लागेकी हुँ । -राधिका हमाल, लोकगायिका स्थापित नेतृ बन्छु कलाकारिता क्षेत्रमा लाग्दा नेपालको नम्बर १ नायिका हुन्छु भन्ने सोचेकी थिइनँ । तर, समय र परिस्थितिले मलाई त्यहाँसम्म डो¥यायो । म राजनीतिमा आएको धेरै लामो समय भएको छैन । संघर्ष गर्दै छु, कलाकारितामा स्थापित हुन गरेकोजस्तै मिहिनेत यता पनि गर्दै छु । कलाकारिताबाट समाजको चेतनास्तर मात्र वृद्धि गर्न सकिन्छ, तर समाज परिवर्तन गर्न कठिन छ । समाजमा विभिन्न समस्या, जटिलतासँग लड्दै जनतालाई कानुनी राज्यको अनुभूति दिलाउन र जनताका समस्या समाधान संवोधन गर्न मैले राजनीतिक यात्रा तय गरेकी हुँ । मलाई थाहा छ यो यात्रा सहज छैन । हिजो म कलाकारितामा रहँदा पनि मभन्दा धेरै सिनियर, कहलिएका, परिचित व्यक्ति त्यहाँ थिए । आज म त्यो स्थानमा पुग्न सफल भएकी छु र कलाकारिताको विकासका लागि आफ्नो स्थानबाट सक्दो गरिरहेकी छु । –रेखा थापा, नायिका तथा नेतृ, राप्रपा नयाँ पत्रिका दैनिकबाट ।

बसन्तपुरमा सुटिङ गर्दा कर तिर्नुपर्ने, ५ देखि ५५ हजारसम्म तिर्नुपर्ने नियम लागू

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा म्युजिक भिडियो वा चलचित्र सुटिङ गर्दा कर तिर्नुपर्ने भएको छ। काठमाडौं महानगरपालिका नगर परिषदले पारित गरेको आर्थिक ऐन २०७४ ले बसन्तपुर क्षेत्रमा सुटिङ गर्दा कर तिर्नुपर्ने व्यवस्था गरेको हो। यसअघि महानगरपालिकासँग स्वीकृति लिएर कर नतिरी सुटिङ गर्न पाइन्थ्यो। ऐनअनुसार दरबार क्षेत्रमा नेपाली चलचित्र सुटिङका लागि एक दिनको २० हजार र म्युजिक भिडियो सुटिङका लागि पाँच हजार कर बुझाउनुपर्नेछ। यस्तै सार्क मुलुकबाट आएका सुटिङ समूहले भने दैनिक ३५ हजार कर तिर्नुपर्ने हुन्छ। सार्क मुलुकबाहेकको सुटिङ समूहले ५५ हजार तिर्नुपर्छ। एक दिनभन्दा बढी सुटिङ गर्दा दैनिक थप राजवश्व बुझाउनुपर्ने महानगरपालिका राजश्व महाशाखाका प्रमुख महेश काफ्लेले जानकारी दिए। नागरिक दैनिकबाट ।

१६ औं डाबर स्पेशल तीज महोत्सव हुँदै

काठमाडौं । महिला श्रृजनशील केन्द्रद्धारा डिइसीसी नेपाल प्रा. ली. को ब्यवस्थापनमा १६ औँ पटक डाबर स्पेशल तिज महोत्सव आयोजना गर्न लागिरहेको छ । उक्त महोत्सको समुद्घाटन स्थानिय निकायको निर्वाचन २०७४ काठमाण्डौँ महानगर पालिकाबाट निर्वाचित उपमेयर हरिप्रभा खड्गी श्रेष्ठद्धारा हुन गइरहेको जानकारी दिइएको छ ।महान पर्व तिजको अवसर पारेर वि.सं साउन २० देखि २५ गते सम्म त्रिपुरेश्वर स्थित युनाइटेड वल्ड ट्रेड सेन्टरको चौँथो तल्लामा १६औँ तिज महोत्सव हुन गइरहेको छ । यस महोत्सवमा महिला उद्यमीहरुले आफ्ना उत्पादित वस्तुहरुलाई प्रदर्शनीमा राख्न सक्नेछन् भने यसको मुख्य उद्येश्य महिला विकास र महिलाको सीपमुलक कार्यहरुलाई उजागर गर्नु रहेको जानकारी दिइएको छ । यो महोत्सव महिला उद्यमीहरुको लागि आफ्नो कला झल्काउने तथा आफ्ना अनुभवहरु एक आपसमा बाँड्ने प्रमुख थलो हो भने यहाँ आउने आगन्तुकहरुले पनि एकै छाना मुनि तीज तथा आउने पर्वहरुको लागि आवश्यक पर्ने विभिन्न किसिमका सरसामानहरु किनमेल गर्न पाउने मुख्य थलो हुने जानकारी दिइएको छ । यो महोत्सवमा मुख्य आर्कषणको रुपमा महोत्सव अवलोकन कर्ताहरुलाई निःशुल्क जुस वितरण गरिनेजानकारी दिइएको छ । बिगत लामो समयदेखि नै यस महोत्सवको मुख्य प्रायोजन डाबर स्पेशल हेयर आयल रहेकोे बताइएको छ । यो जवाकुसुम र कागतीको प्रयोग गरी तयार गरिएको चाडैं सोसिने तेल हो । यसले कपाललाई पोषण दिएर जरैदेखि बलियो र लामो बनाउँनुको साथै शिरको छालालाई स्वस्थ राखि तपाईंको कपाललाई इच्छा अनुसारको स्टाइल दिई व्यक्तित्व निखार्न मद्दत गर्दछ । त्यस्तै गरी डाबर स्पेशल तिज महोत्सवले पनि महिलाहरुलाई आफ्नो व्यक्तित्व, आत्मविश्वास एवं सकारात्मक सोचाईंमा वृद्धि गराउन मद्दत गर्दैै आएको बताइएको छ । उक्त महोत्सवमा मुख्य प्रायोजन डाबरले गरेको छ भने सपोर्टसमा रोथो, सीताराम दुध,सीताराम ध्यू, एन्.टि.बी, भिएलसिसी, टिभएस्, मनकामना केबलकार, सनराइज बैंक, मङ्गलदीप, यू.डब्लु.टि.सी, बराह ज्वेर्लस, ओम गोल्ड हाउस र मिडिया पाटर्नर इसीएस मिडिया, साइभर संसार, न्यूज ट्वेन्टी फोर, डिर्मस एन् आइडिया, टाइम्स एफएमको पनि साथ रहेको जनाइएको छ । उक्त महोत्सवको मुख्य आर्कषणहरुमा बारा ज्वेर्लसद्धारा हिराको खरिदमा २०५ छुट, भिएलसिसीद्धारा निःशुल्क छाला परिक्षण र बिएमआई परिक्षण, ब्लड टेस्ट, ब्लड प्रेशर परिक्षण, सेल्फि कर्नर लगायतका कार्य गरिने बताइएको छ । साथै, सनराइस बैंकद्धारा निःशुल्क मेहन्दी लगाइने, कार्ड हुनेहरुका लागि ८५ छुट बिगमार्टको कुनै पनि शाखाबाट सामान खरीद गर्दा,लक्करमा पनि भारि छुटको व्यवस्था गरिने उक्त जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । १ सय वटा भन्दा बढि स्टल रहेको यस महोत्सवमा सधै जस्तै तीज तथा आउने पर्वहरुका लागि आवश्यक सामाग्रीहरु सहित पुजाका सामाग्री, हस्तकला, साडी, कुर्ता, गिफ्ट सामाग्री, मेहेन्दी, होम अप्लाईन्सेस, आदि सामाग्रीहरु मात्र नभएर गृहिणीहरुलाई दैनिक आवश्यक पर्ने सामानहरुको पनि ज्ञान पाउन सकिने बताइएको छ । साथै खाना पारखीहरुका लागि बिषेश तिज परिकार सहित फुड स्टल रहने तथा उक्त महोत्सवमा प्रवेश निःशुल्क र पर्याप्त पार्किङको ब्यवस्था हुनेनुको साथै यस महोत्सवमा करिब ४० हजार अवलोकन कर्ता आउने अपेक्षा गरिएको बताइएको छ ।