विश्वको सबैभन्दा ठूलो थाङ्का प्रदर्शन, ७० फीट लामो थाङ्कामा गौतम बुद्धको जीवनी प्रस्तुत
काठमाडौँ, २६ कात्तिक । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवका अवसरमा १६ राष्ट्रका कलाकारले बनाएको विश्वको सबैभन्दा ठूलो थाङ्का आजदेखि प्रदर्शनीमा राखिएको छ । मनाङ सेवा समाजको आयोजनामा दशरथ रङ्गशालामा नेपाली कलाकार सूर्यबहादुर थकाली र जापानी कलाकार यासुका तातागीको नेतृत्वमा निर्माण गरिएको ७० मि लम्बाइ र ५० मि चौडाइको सो थाङ्काले गौतम बुद्धको जीवनीलाई प्रस्तुत गरेको छ । सो प्रदर्शनीको उद्घाटन गर्दै परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुद्धले देखाएको बाटो नै मानवसभ्यताको दिगो बाटो भएकाले उनको सन्देश विश्वभरि फैलाउनुपर्नेमा जोड दिए । उनले भने, “बुद्धको सिद्धान्तलाई विश्वसामु चिनाउन यो थाङ्काले महत्वपूर्ण भूमिका खेलेको छ ।” नेपालका लागि जापानी राजदूत मासासी ओगावाले थाङ्का प्रदर्शनीले नेपाल–जापान सम्बन्ध अझै बलियो हुने बताउँदै सम्बन्धको ६० औँ स्थापनाका अवसरमा राजदूतावासले विभिन्न कार्यक्रम गर्ने जानकारी दिए । पूर्व श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले विश्वकै सबैभन्दा ठूलो थाङ्कालाई सरकारले नेपालमा राख्न सके नेपाल पर्यटकको आकर्षकको केन्द्रबिन्दु हुन सक्ने बताए । कार्यक्रममा नेपाली कलाकार थकाली, जापानी कलाकार तातागी लगायतले १२ वर्षको अथक प्रयासले गर्दा उक्त थाङ्का निर्माण भएको र यसमा बुद्धको जन्मदेखि परिनिर्वाणसम्मको अवस्थालाई समेटेको जानकारी दिए । उक्त थाङ्का शुक्रबार र शनिबार काठमाडौँमा, आगामी मङ्सिर ५ र ६ गते पोखरामा र मङ्सिर ११ र १२ गते लुम्बिनीमा प्रदर्शन गरिने छ । रासस
हरिवंशको गीत ‘हेर्दा जाबाे कागज, यस्काे कत्राे तागत, साहिली जे गर्नु छ गर्छ यहि पापी पैसाले’ (भिडियाे सहित)
काठमाडाैं, १० कात्तिक । कार्तिक २६ देखि प्रर्दशनमा आउन लागेका फिल्म ‘जात्रा’ को गीत सार्वजनिक गरिएको छ । हरिवंश आचार्यको शब्द तथा स्वर रहेको पैसा बोलको गीत सार्वजनिक गरिएको हो । प्रर्दशन मिति नजिकिँदै गर्दा प्रोमोशनस्वरुप गीत सार्वजनिक गरिएको ‘जात्रा’ फिल्मका निर्देशक प्रदिप भट्टराईले जानकारी दिएका छन् । भट्टराईले १२ वर्ष मह जोडीसँग काम गरिसकेका छन् । मह सञ्चारले निर्माण गर्ने फिल्म निर्देशनको जिम्मा समेत प्रदिपलाई नै दिने समाचारसमेत सार्वजनिक भइसकेका छन् । फिल्मको विषयवस्तुसँग मेल खाने गीतमा पैसाको महत्व र आवश्यकतालाई रमाइलो ढंगले प्रस्तुत गरिएको निर्माता एवं कलाकार रबिन्द्रसिंह बानियाले जानकारी दिएका छन् । फिल्मको लागि आफैँले गीत लेखेर गाउन पाउँदा आफुलाई निकै खुशि लागेको हरिवंश आचार्यले बताएका छन् । गाउनका लागि केहि कठिन भएपनि गीतमा एउटा कथा रहेको उनको भनाई छ । शशी रावलको समेत स्वर रहेको गीतमा रोशन थापाले संगीत भरेका छन् । यस्तो छ भिडियो ।
दसैं जोक्स् : ननस्टब तास–भट्टीको बास, जसको दर्जन बुढी, उसको दक्षिणा मुरी
यी हुन् दसैं सम्बन्धि उत्कृष्ट जोक्स्हरु