जीवन रेग्मी भन्छन : सुदुरपश्चिमबाट यहाँ आउनु नै मेरो ठुला उपलब्धी
जीवन रेग्मी एसएलसीपछी परिवारसँग बस्न धनगढी झरे। जीवन पेसाले शिक्षक हुन् । अहिले उनी मिस्टर नेपालमा टप १८ मा परेका छन । सुदुरपश्चिम जस्तो ठाउँबाट आफुलाई चिनाउन पाउँदा उनी आफुलाई गर्व महसुस गर्छन्। सुदुरपश्चिमको जीवन कसरी मिस्टर नेपालमा आईपुगे, यही बिषयलाई लिएर बिकासन्युजका लागि डोमी शेर्पाले जीवनसंग गरेको गरेको कुराकानी। मिस्टर नेपालको यात्रा कसरी सुरु भयो ? मलाई यसमा ईन्ट्रेस्ट जागेको आज भन्दा २ बर्ष अगाडिदेखि हो। एकदिन मैले वेबसर्फिङ गर्दा मिस्टर नेपालको पेज लाइक गरेको थिएँ। त्यस पेज हेर्दा मलाई कार्यक्रम एकदमै आकर्षक लाग्यो। उक्त कार्यक्रम एक्स्पोज नेपाल संस्थाले चलाएको रहेछ। मैले तुरुन्त त्यहाँ भएको नम्बरमा सम्पर्क गरे। मैले यस बिषयलाई लिएर आफ्नो जिज्ञासा राख्दा काठमाडौं आएको बेला मलाई भेट्नुहोस् भन्नुभयो। म अस्ती भर्खर काठमाडौ आउँदा उहाँलाई भेटे। उहाँसँग मैले भेटेर कुरा गर्दा सर मेरो मोडल जस्तो बडी छैन भन्दा उहाँले जीवन जी यो बडी बिल्डिङ सो होईन, ट्यालेन्ट सो हो भनेर भन्नुभयो। कर्णाली पारी, अथवा पुर्व भन्दा उता पनि मोड्लिङ गर्ने मानिसहरु छन्, क्षमता भएको मानिसहरु छन। उनिहरुले प्लेटफर्म अभावको कारण पनि त्यहीँ थन्किएर बसेका छन्। सुदुरपश्चिममा पनि यस क्षेत्रका साथै धेरै क्षेत्रमा काम लाग्ने योग्य मानिसहरु छन् भनेर प्रमाणित गर्न म यहाँ आएको हो । मिस्टर नेपालको ट्रेनिङमा के के सिकाइन्छन् ? ट्रेनिङमा धेरै कुराहरु सिकाईन्छ। यहाँ र्याम्प वाल्कदेखी लिएर कसरी बोल्न, कसरी आफ्नी शब्दहरु राख्ने, मान्छेको ठुलो जमातलाई कसरी सामना गर्ने , आफुलाई कसरी फिट राख्ने, कसरी आफुलाई राम्रो देखाउने र कसरी पर्सान्यालिटी राम्रो बनाउने कुराहरु यहाँ सिकाइन्छ। मिस्टर नेपाल जित्छु भन्ने आशा कत्तिको छ ? मिस्टर नेपालको टाईटल लिएर जाने ठुलो ईच्छा छ । आफ्नो बेस्ट दिइरहेको छु। अहिले हामी देशभरीबाट फाईनलको लागि १८ जना छौं। काठमाडौँ मात्र नभएर धादिङ, पोखर, दमौलीबाट पनि सहभागीहरु हुनुहुन्छ। सबैजनासँग आ–आफ्नो प्रतिभा रहेको छ। प्रतियोगिता हो सबैलाई जित्छु भन्ने भाव हुन्छ। जित्छु भनेर आएका हुन्छन्। सबैजना हेरौ समयले कत्तिको साथ दिन्छ। तपाइसंग मिस्टर नेपालमा हुनुपर्ने के गुण छ ? मिस्टर नेपाल हुनुका लागि सबैभन्दा पहिला पब्लिक स्पिकिङमा एकदम राम्रो हुन जरुरी रहेछ । किनभने भोली मिस्टर नेपालको टाईटल जितिसकेपछी हामीले आफ्नो देशलाई प्रतिनिधित्व गर्नुपर्ने हुन्छ र मलाई पब्लिक स्पिकिङमा म राम्रो छु जस्तो लाग्छ। म खेलकुदमा र गजलमा पनि रुची राख्ने हुनाले यस टाईटलको हकदार छु जस्तो लाग्छ। म उसु खेलाडी पनि हुँ। मैले ५ बर्षसम्म उसु खेले। छैठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय मेरो खुट्टा फ्र्याकचर भयो जसको कारणले गर्दा मैले खेल्न पाईन। राम्रोसँग निरन्तरता दिन नपाए पनि म खेलिरहेको हुन्छु। यसबाहेक मलाई फुट्बल,भलिबल पनि खेल्छु। तपाईं आफुले आफुलाई कसरी चिनाउन चाहनुहुन्छ ? मेरो मोड्लिङप्रति रुची एक्कासी २ बर्ष अगाडी आएको हो। देशको लागि केही काम गर्ने अवसर पाईन्छ भन्ने हो। भोली यदी मिस्टर नेपाल बाहिरा जानु पर्यो भने आफ्नो राष्ट्रको लागि केही गर्न सकिन्छ। देशका लागि गर्न पाउनु एकदम ठुलो कुरा हो। यही कारणले पनि मेरो रुची यसप्रति बढेको हो। मिस्टर नेपाल जित्नु भएन भने के गर्नुहुन्छ ? टाईटल यदी जितिएन भने ठिकै छ । जीवन सिक्ने प्रक्रिया हो। मैले यहाँ नजिते पनि कम्तीमा पनि यो एक महिनाको अवधीमा कम्तिमा पनि २० २५ जना राम्रो साथी भेट्टाए पहिलो कुरा। धेरै कुरा सिकियो जस्तै र्याम्प वाक। मलाई यसको बारेमा चाँही केही पनि थाहा थिएन। मोडलिङमा चाहिने त्यो रहेछ र अर्को भनेको कन्फिडेण्स लेभल जसको ममा धेरै बिकास भएको छ। सेल्फ ग्रुमिङको धेरै कुरा सिकियो। जे होस् जीवनमा काम लाग्ने धेरै कुरा सिकियो। यही कुरालाई आगामी दिनमा मेरो क्षेत्रबाट यसमा आउनुहुने काउन्सील गर्न सकिन्छ। मैले त्यो चाँही गर्न सक्छु जस्तो लाग्छ। टाईटल नजिते पनि सुदुरपश्चिमबाट आएर यहाँसम्म आईपुग्नु नै मेरो लागि ठुलो कुरा हो। तपाईंलाई अहिले सम्मको जिन्दगीले के सिकाएको छ ? अली दुर्गम ठाउँको मानिसहरु यो त धनगढी बस्छ यसको त घर ठुलो होला है राम्रो होला है भन्छन् । सबै साथीको राम्रो घर हुन्थियो मेरो पनि यस्तै घर भईदिए हुन्थियो जस्तो लाग्थियो मलाई। त्यो समयमा साईकल सबैले चलाऊथे, मैले जस्तोतसो पैसा सबैसँग सापटी मागेर चलाए। त्यसपछी फेरी प्लस टु पढ्न अझै समस्या भयो। कलेज भर्ना गर्दा पैसा पुगेन, सहयोग गर्छु भन्ने साथीले पनि आस मात्रा देखाएर मुख मोडे, तर जसोतसो गरेर अन्त्यमा मैले आफ्नो कलेज भर्ना गरेको थिए। त्यसपछि मलाई पढ्नमा कुनै समस्या भएन, कलेजले मलाई पढ्नमा धेरै सहयोग गरेको छ।
छक्कापञ्जा–३ घटस्थापनाबाट प्रदर्शनमा आउने
काठमाडौ । चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी निर्माण समूहले चलचित्रको झलक (ट्रेलर) र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको हो । “प्रदर्शन मितिमा तनाब थियो, शुक्रबार साँझ मात्रै मिति तय गरियो”, मुख्य कलाकार दीपकराज गिरीले भने, “आशा छ चलचित्रले दर्शकको राम्रो माया पाउँछ ।” उहाँले असोज २४ गते घटस्थापनाबाट ‘छक्कापञ्जा ३’ र असोज ३० गते फूलपातीबाट ‘जय भोले’ प्रदर्शन गर्ने गरी सहमति जुटेको जानकारी दिए। यसअघि यी दुई चलचित्र एकैसाथ प्रदर्शनमा आउने भनेर प्रचार भएको थियो । आज सार्वजनिक भएको चलचित्रको झलकमा हाँस्यव्यङ्ग्यसँगै सामाजिक तथा शैक्षिक विषयवस्तु देखाइएको छ । चलचित्रले स्कूल शिक्षा र विद्यालयमा हुने विकृति विसङ्गतिका विषयसमेत उठान गरेको छ । यस्तै विद्यालयमा हुने राजनीतिलाई समेत उठान गरिएको छ । कलाकार दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्कापञ्जा ३’ को यसअघि सार्वजनिक ‘पहिलो नम्बरमा’ र ‘पछि उमेर ढल्किन्छ’ बोलको गीतलाई दर्शकले मन पराएका छन् । निर्देशक निरौलाले अघिल्ला चलचित्रको ट्रेलरमा विषयवस्तु सस्पेन्स राखिने गरेकोमा यसपालि भने विषवस्तु खुलाइएको जानकारी दिइन् । उनीले चलचित्रमा महिला र पुरुष समान हुन् भन्ने देखाउने प्रयास गरिएको समेत दाबी गरिन। दीपाश्री निरौलाकै निर्देशन रहेको चलचित्र ‘छक्कापञ्जा–१’ र ‘छक्कापञ्जा–२’ ले दर्शकको राम्रो साथ पाएको थियो । यसअघिका चलचित्रमा भने वैदेशिक रोजगार र यसले निम्त्याएको सामाजिक तथा पारिवारिक विकृतिलाई देखाइएको थियो । कलाकार जीतु नेपालले नेपाली फिल्मलाई माया गर्न दर्शकलाई आग्रह गरे । ‘छक्कापञ्जा–३’ मा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, लक्ष्मी गिरीलगायतको अभिनय छ । चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे र यामन श्रेष्ठको संवाद छ । अर्जुन पोखरेल र दीपक शर्माले सङ्गीत दिएका छन् । उक्त चलचित्र आमा सरस्वती मुभिज प्रालि तथा आइएमइको प्रस्तुतिमा निर्माण भएको भएको हो । जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माताको रूपमा छन्। कलाकार किरण केसी, सुमन गिरी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगार्इं, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता हुन । रासस
लोकभाका बिलाउँदै गएको अवस्थामा आफ्नो संस्कृतीलाई जीवन्त राख्न लागिपरेको छुः अन्जान गौतम
गुल्मी दरबार गाउँपालिका झिरबासमा जन्मिएका गायक अन्जान गौतम लोक तथा दोहोरी गायक हुन। ४ बर्षअघि संगीतको दुनियाँमा प्रस्थान गरेका उनले यसलाई आफ्नो जीवनको एउटा सहि निर्णय रहेको बताउँछन्। काब्रेपोखरी मा.वि जुगुम गुल्मीबाट एसएलसी दिएका उनले प्लस टु बागबजारको काठमाडाैं मोडल कलेजबाट गरेपछि अपोलो ईन्टरनेसनल कलेजबाट बीबीए गरिसकेपछि सांगितिक दुनियाँमा छिरेका हुन्। हाल उनी शंकरदेव क्याम्पसमा मास्टर डिग्री अध्ययन गरिरहेका छन्। सांगीतिक यात्राका विषयमा गायक गाैतमसंग विकासन्युजका लागि डोमी शेर्पाले गरेको कुराकानी । यहाँलाइ संगीत प्रति रुची कसरी बढ्यो? म सानै हुँदादेखी नै संगीत प्रति झुकाव राख्थें। आमाबुवाले केही गर्न नसके पनि यसले गाएर चाँही खान्छ है भन्नु हुन्थियो। सानैबाट घरमै खुब गाउँने गरिन्थियो। यताउता गाउँमा हुने कार्यक्रमहरुमा पनि म गाउँने गर्थे। त्यसरी गाउँदै जाने क्रममा मेरो संगित प्रति झनै रुची बढ्दै गयो । कसरी गीत रेकर्ड गरिदोँ रहेछ भनेर जान्ने पनि मेरो ठुलो ईच्छा थियो । त्यही सिलसिलामा स्नातकपछि म यस संगितको दुनियाँमा प्रवेश गरेको हुँ। तपाईंले अहिलेसम्मको कति वटा गीत रेकर्ड गराईसक्नु भयो? मैले अहिले सम्म ४ वटा तीजको, एउटा दोहोरी र दसैंको गीत रेकर्ड गराई सकेको छु। तीजको गीत बढी भए पनि मैले लोकगीतलाई बढी प्रथामिकता दिने प्रयासमा छु ।किनभने म आँफैमा पनि लोकभाका प्रेमी हुँ। लोकभाका बिलाउँदै गएको अवस्थामा म एक युवा भएको हिसाबलेले आफ्नो संस्कतीलाइ जीवंत राख्नुपर्छ भन्ने मेरो सोच रहेको छ। मेरा सबै गीतहरु युट्युबमा उपलब्ध छन्। दर्शकको प्रतिकृया कस्तो पाउनु भएकाे छ? दर्शकको राम्रो प्रतिकृया रहेको छ । जसको कारण मलाई हरदम गाउन प्रोत्साहन मिलेको छ। ब्यवसायीक हिसावमा राम्रो हुन नसके पनि दर्शकको मनमा ठाउँ पाएको छु। युट्युब र स्टेज कार्यकरम आम्दानीका श्रोत रहेको छ। अहिलेसम्म आमदानी सन्तोषजनक रहेको छ। मैले अहिलेसम्म सबै गीतहरु स्पोन्सरबाटै गरेको छु। मेरो बिदेशमा दाजुभाई र साथीहरु हुनुहुन्छ, उहाँहरुकै सहयोगमै अहिलेसम्म मेरो सांगीतिक यात्रा अघि बढीरहेको छ । औपचारिक रुपमा तपाईले संगीत सिक्नु भयो कि भएन ? अँह, मैले अहिलेसम्म औपचारिक रुपमा संगीत सिकेको छैन। म अहिले अब अर्को दोहोरी गीत रेकर्ड गर्ने क्रममा छु । पढाईको लागि बाहिर जाने तयारिमा छु । त्यसैले गर्दा पनि मैले मेरो ट्रेनिङमा ध्यान दिन पाईरहेको छैन । तर म अब म ट्रेनिङ लिने तयारिमा छु। बाहिर जानअघि ट्रेनिङ लिएर बिदेशमा गएर पनि त्यसलाई निरन्तारता दिने सोच मैले बनाएको छु। मैले अझै यो क्षेत्रमा धेरै गर्न बाँकी छ। बिदेश गएर संगीत बिर्सिने त हैन? त्यसतो त होईन संगीतमा सधैं मन मुटुमा रहिरहन्छ। ठाउँ परिवर्तन गरेर संगीतलाई बिर्सिने हुँदैन। म जहाँ भए पनि संगित सधैं म संगै रहनेछ। अहिले आएको नयाँ गीत कस्तो रहेको छ? अहिले मेरो गीत तीजकाे टिपिकल गीत हाे। यसमा देवी घर्ती र मेरो स्वरमा छ। यसमा लय शब्द पनि मेरो छ। यसमा अरेन्ज कृष्ण भान्जाले गर्नुभएको हो भने रेकर्डिङ बागबजार सांगरा स्टुडियोबाट गरेको हुँ। कस्तो दर्शकले तपाईंको गीत मनपराउने गरेका छन ? मेरो संगीत मनपराउनु हुने प्राये युवाहरु भन्दा पनि युवा अवस्था पार गरेका मानिसहरु हुनुहुन्छ। भ्याली भन्दा बाहिर रहेको दर्शकहरुको माया बढी पाइरहेको महसुस हुन्छ मलाई।