डा. डीआर उपाध्यायको ‘हामी बादलभित्र’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘हामी बादलभित्र’ सार्वजनिक भएको छ । राजेश पायल राई र मेलिना राइको स्वर र सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुवाष प्रधानले निर्देशनमा रहेको सो गीतको कोरियोग्राफ मनी के राईले रहेका हुन्र । गीतको भिडियोमा मनिषा सापकोटा र रञ्जित पौडेललाई फिचरिङ गरिएको छ । प्रेम लामाले छायाँकन गरेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । डीआर म्युजिक एण्ड ट्रेडिङबाट सार्वजनिक गरिएको हो ।   भिडियो हेर्नुहोस् ।

पोखरा दोहोरी नाचघरले गर्याे लोकदोहोरी स्रष्टालाई सम्मान

काठमाडौं । ठमेलस्थित पोखरा दोहारी नाचघरले लोकदोहोरी क्षेत्रमा लामो योगदान दिएका लोकप्रिय लोक श्रस्टाहरुलाई सम्मान गरेको छ । दोहोरी नाचघरमा आयोजना एक विशेष समारोहमा नाचघरका सुचित्रा घिमिरे तथा सुमी श्रेष्ठले लोकश्रस्टाहरुलाई सम्मान गरेका हुन् । समारोहमा लामो समयदेखि लोक गीत संगीत क्षेत्रमा रही नेपाली लोकगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन सफल चर्चित गायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, गायिका बिमाकुमारी दुरा, गायक राजु परिवार, रेशम थापा, खुमन अधिकारी, गायिका मञ्जु पौडेल, संचारकर्मी अनुषा पौडेल, गायक तथा सञ्चारकर्मी कृष्ण क“डेल, नृत्य निर्देशक उदिराम खड्का, शिव हमाल, बाबुराम बोहरालाई लोक गीत तथा संगीतको विकासमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले बताए । उक्त अवसरमा पोखरा दोहोरी नाचघरले नै हिजो शुक्रवारदेखि सञ्चालनमा ल्याएको पोखरा थकाली भान्छाघरको वरिष्ठ कलाकार नारायण रायमाझी तथा बिमाकुमारी दुराले रिबन काटेर उद्घाटन गरेका थिए । एउटै स्थानमा दिउँसोको समयमा थकाली परिकारमा मज्जा लिन सकिने र रात्रीकालिन समयमा दोहरी तथा नृत्यको मज्जा लिन सकिने आयोजकले जनाए । दुई दर्जन कलाकारहरुद्वारा हरेक साँझ गायन तथा नृत्यको कार्यक्रम प्रस्तुत गरिने उक्त नाचघरमा लोक गायनमा सक्रिय रहेका धेरै चर्चित कलाकारहरुले दैनिक लोक भाकाहरु प्रस्तुत गर्ने कलाकार संयोजक छबी खड्काले बताए ।

‘दोलखा फिल्म सिटी’ लाई पत्याउलान् त विदेशी लगानीकर्ताले ?

काठमाडौं । नेपालमा लगानी सम्मेलन चलिरहँदा चलचित्र क्षेत्रबाट एक मात्र परियोजना ‘दोलखा फिल्म सिटी’ लाई प्रस्तुत गरिंदैछ । भौगोलिक दृष्टी सुन्दर एवम् पर्यटकीय जिल्लाको रुपमा चिनिने दोलखा काठमाडौंबाट १ सय किमि दुरीमा रहेको छ । भीमेश्वर नगरपालिका ९ स्थित डाङडुङेडाँडाको कम्तीमा १८९ वर्गमिटरदेखि ३१४ वर्गमिटर क्षेत्रफलमा फिल्म सिटी बनाउने परियोजना प्रस्तावमा उल्लेख छ । लगानी सम्मेलनमा सरकारी स्तरबाट पारित ५० वटा परियोजनामा ‘दोलखा फिल्म सिटी’ पनि परेको हो । पर्यटकीय क्षेत्र बनाउन ८ वर्षयता ३५ करोड खर्च गरिसकेको सो क्षेत्रमा पर्यटन सँगसँगै फिल्म सिटीको रुपमा दोलखा जिल्लालाई स्थापित गराउन गरिएको छ । लगानी बोर्डले फिल्मसिटी परियोजना प्रस्तावमा दोलखा युनेस्कोको पुरानो सहरहरुको सूचीमा परेको, विभिन्न जातजाति बीचको फरक फरक संस्कृति, परम्पराका साथ भिन्न खालको गाँउ वस्ती रहेको कारण फिल्म सिटी बनाउन सकिने उल्लेख गरिएको छ । फिल्म सिटी क्षेत्रमा पाँचतारे होटेल, क्यासिनो, स्थानीय होटल, पार्क, क्याफे, बार, गिफ्ट सप र रंगमञ्च बनाउने कुरा लगानी बोर्डको प्रस्तावमा उल्लेख छ । प्रस्तावित स्थानमा फिल्म उत्पादन र प्रशोधनका लागि सुविधा सम्पन्न स्टुडियो बनाउन सकिने, सुटिङका लागि आवश्यक सामाग्री उपलब्ध गराउने देखि चलचित्र सम्बन्धी तथ्यांक केन्द्र निर्माण गर्ने कुरा समावेश छ । फिल्म सिटी परियोजनामा ७० लाख डलर बराबरको बैंकिङ्ग ग्यारेन्टी भएको र निजी क्षेत्रका लगानीकर्ताहरुमा अन्तर्राष्ट्रिय स्तरको पर्यटन विकास तथा पूर्वाधारको क्षेत्रबाट ५ वर्षमा काम सक्नेले मात्र आवेदन गर्न सक्ने उल्लेख गरिएको छ ।