“नेताजीको भरपर्दो बात छैन, यिनको पनि गतिलो छाँट छैन”

“नेताजीको भरपर्दो बात छैन यिनको पनि गतिलो छाँट छैन । पर्छ रात अवश्य दिन बितेसी जनताको के वास्ता चुनाव जितेसी ।” गुल्मीको वडागाउँ घर बताउने ४६ वर्षीय शेरबहादुर गन्धर्वले सारङ्गी रेट्दै यो गीत गाउँदा म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा धेरैले मन लगाएर सुने । २०४५ सालमा १६ वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका दुई छोरी, एक छोरा र एक श्रीमती छन् । परिवारको हातमुख जोड्न सारङ्गी रेट्दै म्याग्दी आइपुगेका गन्धर्वले गीतमार्फत आफ्नो दुखेसो पोख्दै सहयोगका लागि हात जोडेको देखेर बगरफाँटबासीले पैसा र चामल दिँदा गन्धर्वको अनुहार खुसीले भरियो । देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि आफ्नो अवस्था भने चार दशक अघिकै जस्तो भएको बताउँदै शेरबहादुर गन्धर्वले खाने गाँस र बस्ने बासको अभावकै कारण कतिपय गन्धर्वहरू आफ्नो पुख्र्यौली पेशाबाट विस्थापित भई वैकल्पिक पेशा अपनाएको जानकारी दिए । कुनै दिन मुम्बई, गोरखपुर र कोलकाताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासुले बुहारी मारेको अनि फोकल्याण्डको टापुमा लड्दा लड्दै वीरगति प्राप्त गरेका खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गाइने दाइ हिजोआज फाट्टफुट्ट देखिन थालेका छन् । देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मङ्गला, बार्हमासा, सन्देश, धनसिरी, मल्लार, सरुमैरानी, कलाखलेनी, असारे लगायतका भाखामा खबर दिँदै घुम्ने गन्धर्वहरू अहिले गरीबीकै कारण पेशा परिवर्तन गर्न बाध्य भएको उनको भनाइ थियो । ‘सारङगीको धुनमा घटनाक्रमहरूलाई सिलसिलेवार कलात्मक ढङ्गबाट प्रस्तुत गरिरहँदा सबैको आँखा रसाउँथे’ बगरफाँटका ७४ वर्षीय टेकबहादुर कार्कीले भने, ‘गीत सङ्गीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचित बनाउने गाइने दाइका सारङ्गी हिजोआज गाउँघरमा गुञ्जन छोडेका छन् ।’ सूचना र सञ्चारको पहुँचसँगै ग्रामीण क्षेत्रहरूमा समेत पाश्चात्य गीत सङ्गीतको प्रभाव बढ्दै गइरहेको बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारङ्गी रेटेर विरहका भाका गाउने गन्धर्वहरू हिजोआज विकास निर्माण, जनप्रतिनिधि प्रतिको निराशा र सामाजिक वेथितिका गीतहरू समेत गाउन थालेका छन् । बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीत सङ्गीतमा झुम्न थालेपछि हो वा पुख्र्यौली पेशाबाट गुजारा नचल्ने अवस्था देखेर हो आजभोलि गाउँघरमा गन्धर्वहरू क्रमशः घट्दै गइरहेका छन् । गाउँघरका विरह र वेदनाका भाका गाउने गन्धर्वहरूले बदलिँदो समयसँगै आफ्नो गीतको स्वरूपलाई पनि परिवर्तन गरेका छन् । धेरै समयपछि बेनपा-२ बगरफाँटमा भेटिएका शेरबहादुरले पनि अरु कुनै सीप नभएकाले पुख्र्यौली पेशालाई अपनाउनु आफ्नो बाध्यता भएको दुखेसो पोखेका छन् । उनले सारङ्गीको धुनमा जनतामा व्याप्त निराशा र जनप्रतिनिधिहरूप्रतिको अपेक्षाका बारेमा र्याइँर्याइँ सारङ्गी रेट्दै तीतो यथार्थ व्यक्त गरे। गुल्मीदेखि बागलुङ हुँदै म्याग्दीको बरङ्जा आइपुगेका गन्धर्वले गीतमा संविधान निर्माणका कुराहरूदेखि लिएर गणतान्त्रिक नेपालको अस्तव्यस्तता, तीनवटै तहको निर्वाचन र त्यसपछिको समसामयिक अवस्थालाई सरल शब्दमा जनताले बुझ्नेगरी व्यक्त गरेका थिए । सूचना र सञ्चारको पुरानो माध्यम गन्धर्वको पेशा अहिले एकाएक विस्थापित भएको छ । सूचना र सञ्चार प्रविधि रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन मोबाइल जस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको पेशालाई विस्थापित बनाएको हो । त्यसैले त गाउँघरमा गाइने खबरमुलक मर्मस्पर्शी हृदय विदारक गीत गुञ्जन छाडेका छन् । रासस

बारामा दोस्रो खाना महोत्सव सम्पन्न, धरहरामा सेल्फि लिनेको घुईचो(फाेटाेफिचर सहित)

काठमाडाैं । ‘सडक मै खाऔ“, सडक मै रमाऔ“’ भन्ने मुल नाराका साथ प्रदेश नम्बर २ को बारामा आयोजित दोस्रो बारा खाना तथा दशै महोत्सव २०७५ सफलतापुर्वक सम्पन्न भएको आयोजकले जनाएको छ । होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले पहिलो भन्दा यसबर्षको महोत्सव सब्य र भब्य रुपमा सम्पन्न भएको बताए । ‘यसबर्ष हामीले सबै क्षेत्रको सहयोग पायौ, त्यसकारण पनि होला अघिल्लो महोत्सवभन्दा यसबर्ष व्यवस्थित ढंगले सम्पन्न भयो’ अध्यक्ष शर्माले भने । महोत्सवलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न बिभिन्न उप–समितिमार्फत काम भएको थियो । खानाका विभिन्न स्टल यसबर्ष पहिलोभन्दा दोश्रो महोत्सवमा झन्डै दोब्बर स्टल राखिएको थियो । ३ दिनसम्म चलेको महोत्सवमा बिभिन्न परिकारका खानाको स्टल देख्न सकिन्थ्यो । यसबर्ष खानाका स्टलमा बिशेष परिकार जस्तै केरा, च्याउ र माछाको मम राखिएको थियो । त्यसबाहेक पनि लोकल कुखुराको मासु र ढिडो, घुङ्गि, पिजा, बर्गर, चाउमनिको पनि परिकार राखिएको थियो । यस्तै महोत्सवमा चार तारे ईच्छा होटलको पनि स्टलसहित दशै लक्षित बिभिन्न लत्ता कपडाका साथै गार्मेन्टको स्टल देख्न सकिन्थ्यो । मध्यरातसम्म तात्यो बारा दोस्रो बारा खाना तथा दशै महोत्सव २०७५ मा राष्ट्रिय स्तरका कलाकारहरुले धमाकेदार प्रस्तुती देखाएका छन् । ३ दिने महोत्सवमा नेपालका चर्चित गायक राजनराज सिवकोटी, रामजि खाड, दुर्गा खरेल, कमल के. क्षेत्री, सम्झना लामिछाने मगर, दिनेश काफ्ले, विकास पाण्डे, प्रदिप त्रिपाठी, सुनिल पण्डित, देवेन्द्र कार्की, संतोष देउजा लगायतले मध्यरातसम्म आफ्नो प्रस्तुती देखाए । हजारौ दर्शकको उपस्थितिमा सिमराको एयरपोर्ट रोडमा राष्ट्रिय स्तरका कलाकारहरुले धमाकेदार प्रस्तुती देखाउदा बाराको माहोल नै तातिएको थियो । ‘चाडपर्वको समयमा आफ्नै जिल्लामा आएर बिभिन्न खानाको परिकारसंगै संगितमा झुम्न पाउदा निकै खुशि लागेको छ’ काठमाण्डौबाट महोत्सव हेर्न सिमरा आएका डुमरवाना निवासी किशोर साहले भने । महोत्सवमा बिभिन्न समुदायको नृत्यसमेत प्रस्तुत गरिएको थियो । साथै पनाम ब्याण्डसहित स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाएका थिए । ३ दिनमा ५० हजार दर्शक ३ दिनको अवधीमा ५० हजार भन्दा बढि दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सव हेर्न बारासहित छिमेकी जिल्ला पर्सा, रौतहट, मकवानपुरबाट समेत दर्शकहरु सिमरा आएका थिए । महोत्सव स्थल सिमराको एयरपोर्ट रोड बेहुलीझै सिंगारिएको थियो । महोत्सवको पुर्व संध्यामा कार्यक्रम बारा खाना तथा दशै महोत्सव २०७५ को पुर्व संध्यामा साईकलिङ कार्यक्रम आयोजना गरिएको थियो । विश्व पर्यटन दिवसको अवसर पारेर संघले आयोजना गरेको कार्यक्रममा झन्डै डेढ सय जनाले साईकलिङ गरेका थिए । पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको साईकलिङमा बारासहित छिमेकी जिल्ला मकवानपुरबाट समेत साईकल यात्रुहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरीका डिआईजीदेखि शिक्षकसम्मले साईकिङ गरेका थिए । जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ७ स्थित जीतपुरको गढिमाई मन्दिरबाट शुरु भएको साईकलिङ अमलेखगञ्जको हात्तिसारमा पुगेर अन्त्य भएको थियो । साईकल यात्रुहरुले गढिमाई मन्दिरबाट झन्डै २२ किलोमिटर दुरीमा रहेको हात्तिसार सहजै तय गरेका थिए । ९ बर्षदेखि ६५ बर्षसम्मका बृद्धले साईकलिङ गर्दा कार्यक्रमको माहोलनै तातिएको थियो । यसअघि विश्व पर्यटन दिवसको अवसरमा आयोजित ३ दिने कार्यक्रमको पहिलो दिन काठमाण्डौबाट सिमरा आउने पहिलो बिमानका सम्पुर्ण यात्रुहरुलाई फुलमाला लगाएर सम्मान गरिएको थियो भने दोश्रो दिन पर्यटन प्रवद्र्धनमा युवाहरुको भुमिकाको बिषयमा अन्र्तकृया कार्यक्रम आयोजना गरिएको थियो । धरहरामा सेल्फि लिनेको घुईचो महोत्सव स्थल सिमरामा काठमाण्डौको झल्को दिने धरहरा राखिएको थियो । महोत्सवको आकषर्ण स्वरुप लामो समयदेखि मेला महोत्सव गर्दे आएको हाम्रो समन क्याम्प सिमराले कार्यक्रम स्थलमा धरहरा राखेको हो । कार्यक्रम स्थलमा धरहरासंगै बिभिन्न रंगले रंगिएको रंगोली बनाईएको थियो । महाभुकम्पले भत्काएपछि सम्झना स्वरुप महोत्सवमा राखिएको धरहरामा सेल्फि लिनेको तिनै दिन घुईचो लागेको थियो । खाना महोत्सव महोत्सवमा आयोजकको रुपमा होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २, प्रर्वधकको रुपमा नेपाल पर्यटन बोर्ड, काठमाण्डौ, मुख्य सहयोगीको रुपमा जीतपुरसिमरा उप–महानगरपालिका, बारा, सह–आयोजकको रुपमा नेपाल मत्स्य व्यवसायी संघ बारा, सामुदायीक बिकाशसिल क्लब सिमरा बारा, नव दुर्गा युवा क्लब सिमरा बारा रहेको थियो । यसैगरी महोत्सवको मुख्य प्रायोजकको रुपमा गार्खा ब्रूअरीको उत्पादन टुर्बग र कलाकार व्यवस्थापनमा साङ्गितक कला मञ्च बारा रहेको थियो ।

आइआइएम एस कलेजद्धारा दशै कार्निभल आयोजना

काठमाडाैं । आइआइएम एस कलेजद्वारा प्रत्येक वर्ष आयोजना गर्दै आएको दशै कार्निभल यस वर्ष राष्ट्रिय स्तरमा दशै कार्निभल तथा नेपाल फुड फेस्टिभलको रुपमा ‘यूनाईटिङ नेपाल थ्रु अ प्लेट’ को नाराका साथ सफलता पूर्वक सम्पन्न भएको छ । कार्यक्रममा नेपालका ७ वटै प्रदेशका पारम्पारिक भोजनहरुलाई समावेश गराइनुका साथै विभिन्न स्टलहरुबाट विविध मनोरोञ्जक खेलहरु खेलाइएको थियो । फुड स्टलहरुमा राखिएका परिकारहरुमा तराइको भक्का, नेवारी खाजा, दुप्का, सुदुर पश्चिमको छाच तथा पाल्पाली खानामा दर्शकहरुको आकार्षण थियो । कार्यक्रमको थप आकर्षण विभिन्न सञ्कृति झल्काउने प्रस्तुतिहरु दुर्गा नाच, कुमारी, घिमे नाच, लाखे नाच, मारुनि नृत्य, कौडा नाच, हुडकेली नाच तथा विद्यार्थीहरुका विविध सांगीतिक प्रस्तुतिहरु रहेका थिए । कार्यक्रममा विद्यार्थीहरुद्वारा नेपालका विभिन्न जनजातीहरुका सस्कृति र भेषभुषा चिनारी गराउने उद्देश्यले कल्चरल र्याप वाल्क गरेका थिए । कार्यक्रमको अन्ततिर विशेष प्रस्तुतिका रुपमा केन्जल एण्ड व्याण्ड तथामंकी टेम्पल व्याण्डको वेजोड प्रस्तुतिहरुले ठूलो संख्यामा विहानै देखि उपस्थिति भिडलाई थप उर्जा दिदै सांगितिक माहोललाई नय ाँउचाईमा पु¥याएको थियो । कार्यक्रममा काठमाडौं क्षेत्र नं. ७ का सभासद रामविर मानन्धरको विषेश उपस्थिति रहेको थियो । कार्यक्रममाउपस्थितदर्शककाअनुसार उक्तकार्यक्रम परम्परा र आधुनिकताको एक सफल सम्मीश्र्रण रहेको वताएका थिए ।