लिटल थिएटर ग्यारेजको पाँचौ संस्करणमा रमाउँदै बालबालिका
काठमाडौं । लिटल थिएटर ग्यारेजको पाँचौ संस्करणमा बालबालिका अभिनय कार्यशालामा रमाइरहेका छन्र । हामी बालबालिका हौं, देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छौ’ भन्ने मूल भावका साथ लिटल थिएटर ग्यारेजः बालबालिकाको लागि नाट्य तथा अभिनय कार्यशाला यस वर्ष पनि भइरहेको छ । थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले हरेक वर्ष गर्ने कार्यशालाको यस वर्ष पाँचौ संस्करण चलिरहेको हो । कीर्तिपुरस्थित राराहिल स्कुलको सहकार्यमा स्थापित थिएटर मलमा सञ्चालन भइरहेको लिटल थिएटर ग्यारेजका ३३ जना बालबालिका रमाइरहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ५ देखि १३ वर्ष उमेर समूहका बालबालिका कार्यशालामा सहभागी भएका हुन् । थिएटरका विभिन्न खेल तथा क्रियाकलापहरु मर्फत अभिनयको साथमा उनीहरुको व्यक्तित्व विकासका सघाउ पुर्याउने उद्धेश्य साथ कार्यशालाको ढाँचा तयार पारिएको छ । उनीहरुले कार्यशालामा कथावाचान, चित्रकला, नृत्य, वतृत्वकला, क्ले आर्ट तथा अभिनयका विभिन्न क्रियाकलापमा सहभागी भइसकेका छन् । कार्यशालाको अन्तिम दिन उनीहरुले अतिथि र अभिभावकका माझ ३ वटा नाट्य प्रस्तुति दिँदैछन् । साथमा कार्यशालामा सिकेका र अभ्यास गरेका अन्य प्रस्तुति पनि रहनेछन् । हरेक वर्ष चैत २० गतेबाट सुरु हुने १५ दिने कार्यशाला बैशाख ७ मा सम्पन्न हुनेछ । बालरंगमञ्च सम्बन्धी अन्तर्राष्ट्रिय संगठनको नेपाल सेन्टर आसितेज नेपालको सहकार्यमा कार्यशालालाई थिएटर मल र टिसीसी नेपालले २०७१ सालदेखि निरन्तरता दिँदै आएको छ । नेपालमा बाल रंगमञ्चलाई चेतनासहित स्थापना गर्न लागिरहेका युवा रंगकर्मी केदार श्रेष्ठको नेतृत्वमा कार्यशालाले सनरन्तरता पाइरहेको छ । उनी आयोजक संस्थाका कला निर्देशक पनि हुन् । साथमा युवा कलाकर्मीहरु इलिना नकर्मी, सञ्जिता पराजुली, सविर चुरौटै, अरुण पौडेल, सुजन महत, सुजिता महर्जन छन् । नेपालमा बाल रंगमञ्च स्थापना गर्दै यसको नियमितता र विकासका लागि खोलिएको थिएटर सेन्टर फर चिल्ड्रेनले आफ्ना नाट्य प्रस्तुतिहरु राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म मञ्चन गरिसकेको छ । गत फागुन नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवसहित कीर्तिपुरमा पुनःस्थापना भएको थिएटर मलले यही महिनाबाट नियमित नाटक मञ्चन थाल्दैछ ।
बुद्ध लामाको चौथो गीत ‘सोल्टीनी सोल्टीनी’ भिडियो सहित सार्वजनिक
काठमाडौं । नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामाको नयाँ गीत ‘सोल्टीनी सोल्टीनी’ म्यूजिक भिडियोका साथ सार्वजनिक भएको छ । एपिवानद्धारा निर्मित दोस्रो गीतमा आशुसेन लामाको शब्द तथा संगित रहेको छ । चर्चित रियालिटी शो नेपाल आइडल पहिलो सिजनको विजेता बुद्ध लामा अर्काे म्युजिक भिडियो बजारमा आएको छ । अनिल के मनान्दरको निर्देशनमा रहेको म्युजिक भिडियोमा लामा र अलिसा राईको अभिनय रहेको छ । आइडलको यात्रा पछि लामाको ४ ओटा गीत बजारमा आइसकेका छन्, ती सबै गितहरु दर्शकले रुचाएका छन् । भिडियाे हेर्न तल क्लिक गर्नुहोस् ।
अब नेपालमा पनि टिभी रियालिटी शो ‘बिग बोस’
काठमाडौँ । नेदरल्याण्डको इन्डिमोल साइनद्वारा संचालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोस नेपालमा पनि प्रशारण हुने भएको छ । आइम्याक्स प्रोडक्सन बिग बोस नेपालमा ल्याएको हो । आइमेक्स प्रोडक्सन तथा इन्डिमोलसाइनको संयुक्त सहकार्यमा टेलिभिजनको सबैभन्दा ठूलो रियालिटी शो बिग बोस नेपाल नेपालमा ऐतिहासिक रुपमा आउन लागेको जनाइएको छ । आइम्याक्स प्रोडक्सनले कानुनी रुपमा बिग ब्रदर नेदरल्याण्डद्वारा फ्रेन्चाइजी अफिसियली रुपमा ल्याएको हो । २०७५ वैशाख २ गते होटल सोल्टीमा औपचारिक उत्सवको आयोजना गरी नेपालमा बिग बस औपचारिक रुपमा सुरु भएको जानकारी गराइएको छ । नेपाल भित्रिएको यो रियालिटि सो नेपालकै एक नेपाली टेलिभिजन च्यानलबाट चाँड नै शुरु हुनेछ । नेदरल्याण्डको इन्डिमोल साइनद्वारा ५४ देशमा सफलता पूर्वक संचालित बिग ब्रदर टिमको पूर्ण सहयोगले ५५ देश नेपालमा बिग बोससफल बनाउने प्रतिबद्धता गरेको जानकारी गराइएको छ । देश अनुसार फरक फरक भाषामा सञ्चालित भएको यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रशारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम विग ब्रदरकै संरचना अनुसार हुनेछ । यो कार्यक्रमको सञ्चालन नेपालको एक उत्कृष्ट कलाकारद्वारा हुनेछ । बिग बस भित्र रहने सहभागीहरु १०० दिन सम्म सञ्चार सम्पर्क विहिन रही सहभागिता जनाई बिग बसको ट्रफी जित्नेछन् ।