जि टिभिमा पहिलो पटक ‘कड्के कमाल के’ को गीत प्रसारण, ५ कराेड बढी लगानीमा निर्माण
काठमाडौं । कमल खत्री र सुमन गुरुङको आवाजमा रहेको गीत ‘झुमा झुमा’ लाई इडियाको टेलिभिजन च्यानलले इतिहासमा पहिलो पटक नेपाली गीत प्रसारण गरेको हो । ५ कराेड बढी लगानीमा निर्माण भएकाे साे गीत ‘कड्के कमाल के’ को जि टिभिबाट प्रसारण पहिलाे पटक प्रसारण भएकाे हाे । राजपाल यादव, आर्यन अधिकारी, निता ढुंगाना, दाँया शंकर पाण्डे, विजय पटकार, रामचन्द्र अधिकारी, प्रकाश घिमिरे, राणाजङ्ग बहादुर आदिको अभिनय रहेको छ । चलचित्र ‘कड्के कमाल के’ को यो गीत जि टिभिले आफ्नो ८ वटा टेलिभिजन च्यानल र आफ्नो युट्युवर जि म्युजिकबाट प्रसारण गरको हो । चलचित्र आगामी जेष्ठ १० गते नेपाल र भारतमा एक साथ प्रदर्शन हुने भएको छ । नेपाल र भारतका अधिकाशं ठाँउमा छायान्कन गरिएको यस चलचित्र कड्के कमालके को गीत ‘झुमा झुमा’ को छायान्कन मुस्ताङमा गरिएको हो। चलचित्रको बाँकी ४ गीत भने हिन्दीमा नै रहेको छ । राजपाल ,आर्यन, निता, एन्जल आदीको प्रमुख अभिनय रहेको यो गीत कमल खत्रीको आफ्नै संगीतमा रहेको छ भने चलचित्रलाई लक्ष्मण सिंहले निर्देशन गरेका हुन र एतबारी सिंह ले यसमा चलचित्र निर्माणका लागि ५ करोड भन्दा बढी लगानी गरेका छन ।
डिवि गुरुङ्को नयाँ गीत ‘फिदिम बजारमा’ सार्वजनिक
काठमाडौं । डि.वि गुरु गुरुङको नयाँ गीत ‘फिदिम बजारमा’ सार्वजनिक भएको छ । सुमन सर्पितको लयमा रहेको गीतमा डि.वि गुरुङको शब्द, स्वर तथा संगीत रहेको छ । त्यस्तै अभिनयमा दिपेन्द्र सिंह दर्नाल र स्मृति गुरुङलाई देख्न सकिन्छ । विनोद सेरि विनोद सेरेङ्गको निर्देशनमा रहेको उक्त म्युजिक भिडियो सुवास लिम्बुले खिचेका थिए । २०७६ साललाई मध्यनजर गरि गुरुङले पूर्वी क्षेत्रमा प्रचलित लाृेक गीत बजारमा सार्वजनिक गरेका हुन् ।
जेठ ४ मा ‘मिस्टर प्लस साइज नेपाल’ अडिसन, १६ देखी ५५ बर्षकाले भाग लिन पाउने
काठमाडौं । ग्लोरी मिडियासँगको सहकार्यमाझ मोडल सङ्स नेपालले ‘मिस्टर प्लस साइज नेपाल’ आयोजना गर्दैछ । नेपालमा पहिलोपटक हुन गईरहेको मिस्टर प्लस साइज सौन्दर्य प्रतियोगिताको अडिसन यहि ज्येस्ठ ०४ गते लाई तोकिएको छ । प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति गत बैशाख ०२ गतेबाट अडिसन फाराम वितरण शुरु गरिएको थियो । अडिसन फारम बागबजार स्थित ग्लोरी मिडिया र मोडल सङ्स नेपालको कार्यालयबाट वितरण हुँदै आएको आयोजक संस्थाले बताएको छ । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित पुरुषहरुले भाग लिन सक्नेछन् । १६ देखि २५ बर्ष उमेर समूहका लागि ६० केजीभन्दा माथिको तौल र २५ बर्ष भन्दा माथिका लागि ७० केजीभन्दा माथिको तौल हुनुपर्ने प्रावधान तोकिएको छ । आयोजक संस्थाका प्रमुख डेबिल सिंह राजपुतका अनुसार अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिनेछ । जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्वन्धी ज्ञान तथा प्रशिक्षण दिइनेछ । मोडल सङ्स नेपालले विगत २ वर्षदेखि महिलाहरुका लागि सुपर प्लस साईज मोडल नेपाल आयोजना गर्दै आएको छ । मिस्टर प्लस साईज नेपाल प्रतियोगिताले मोटोपना भएका युवाहरुलाई प्रोत्साहित गर्ने ग्लोरी मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले बताए । प्रतियोगिताका विजेता तथा उत्कृष्ट तीन जना रनरअपहरुले क्रमशस् ५० हजार, ३० हजार र २० हजार हजार नगद सहित विभिन्न गिफ्ट ह्याम्परका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने जानकारी आयोजक संस्थाले दिएको छ ।