प्रियंका र दिलीप ‘पशुपतिमा सुनैको गजुर’ मा पहिलो पटक (भिडियो सहित )
काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता दिलिप रायमाझीले पहिलो पटक एकसाथ अभिनयमा देखा परेको छन् । ‘पशुपतिमा सुनैको गजुर’ गीत नयाँ वर्षको दिन सार्वजनिक गरिएका हुन् । दुर्गा खनाल घिमिरेकाे रचना रहेकाे गीतमा प्रताप दास र मेलिना राईले स्वर दिएका छन् । वसन्त सापकोटाको संगीतमा तयार भएको गीतको भिडियो चाहिँ भोजपुरी फिल्ममा एक्सन निर्देशनबाट नाम कमाएका चन्द्र पन्तले निर्देशन गरेका हुन् । संसार माया प्रेममा अडेको छ, त्यहि माया प्रेमले गर्दा अहिले हामी यहाँ छौं भने जव त्यो माया प्रेमको प्रस्फुटन हुने बेलामा कान्छा कान्छीको माया कति मिठो हुन्छ अनि कर्के नजरले कसरी लठ्ठ वनाउछ भन्ने गीत र म्युजिक भिडियो मार्फत देखाईएको छ । अभिनेता दिलिप प्रियकां कार्कीका छुटाछुटै धेरै म्युजिक भिडियो बजारमा आए पनि यो जोडीलाई नयां म्युजिक भिडियोमा छमछमि नाच्ने र नचाउने गित र संगितमा पहिलो पटक पशुपतिमा सुनैको गजुरमा गीतमा देख्न सकिन्छ । नेपाल आईडलमा लोकप्रिय बनेर दर्शक श्रोताको मन जितेका प्रताप दास र नेपाली गीत गायिका मेलिना राईले स्वर दिएकी छन् । गीतमा बसन्त सापकोटाले संगित दिएका छन् । भिडियोलाई गंभिर बिष्ट ले कोरियोग्राफी गरेका छन भने डी फोर क्रियशनले म्युजिक भिडियोलाई युटुव च्यानल मार्फत नयांँ २०७६ कोअवसर पारेर सार्वजनिक गरेको छ । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।
‘ए मेरो हजुर ३’ र ‘यात्रा’ ले २०७५ साल विदाई गर्दै
काठमाडौं । यस वर्षको अन्तिम चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ शुक्रबार (आज) देखि देशभरको हलमा प्रदर्शनमा आएको छ । प्रेमकथामा आधारित चलचित्र ‘ए मेरो हजुर ३’ को झरना थापाको निर्देशन रहेको थियो भने सम्राट शाक्यको निर्देशनमा रहेको चलचित्र ‘यात्रा’ एकैसाथ प्रदर्शन भएका हुन् । निर्देशक झरना थापाकी छोरी सुहाना थापा र मेघा स्टार अभिनेता अनमोल के.सी. जोडीको रुपामा चलचित्रमा देखिन्छन् । यस फिल्ममा डेब्यू गरेकी हुन् । अनमोल र सुहाना अलावा चलचित्रमा सलोन बस्नेत, अर्पण थापा, सरोज खनाल, अर्पण थापा, सरोज खनाल। रबिन्द्र झा, रेअर राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । सुनिल थापाले निर्माणाधिन ‘ए मेरो हजुर ३’ मा कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहीको कोरियोग्राफी रहेको उक्त फिल्मको सम्पादन दिर्घ खड्काले गरेका हुन् । जर्नी लभस्टोरी भनेर चिनिने ‘यात्रा’ फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह निर्माता हुन् ।जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटुवाल, धिरेन शाक्य, राजाराम पौडेल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोलको अभिनय रहेको उक्त फिल्मको सम्पादन हिमाल केसी र बनिश शाहले गरे भने छायांकन संजय लामाले गरेका हुन्
बाल गायक कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा’ सार्वजनिक
काठमाडौँ । बाल गायक कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा’ सार्वजनिक भएको छ । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालमा चर्चामा रहेका बाल गायक विक्रम कार्कीले नयाँ गीत ‘गल्तिबाट धेरै कुरा सिक्नु पर्दो रहेछ’ बजारमा ल्याएका छन् । राजेन्द्र लामा युटुबबाट बुधबार कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा सिक्नु पर्दो रहेछ’ सार्वजनिक गरिएको हो । गीतमा बाल गायक कार्की र शान्तिराम राईको आवाज रहेको छ भने संगीत शान्तिराम राई, शब्द मुकुन्दराज शर्माको रहेको छ । हेर्नुहोस् भिडियो :