सीताराम दूधको ७ वटा उत्पादन बजारमा, भाटभटेनीमा नायिका दिपाश्रीले गरिन् उद्घाटन
काठमाडौँ । सीताराम दूधले बिहीबारबाट आफ्नो उत्पादन बिस्तार गरेको छ । यसअघि दूध उत्पादन तथा बिक्री गर्दै आएको सीतारामका अब ७ वटा उत्पादन बजारमा ल्याइएको छ । सुगर फ्रिदही, पनिर लगायतका सम्पूर्ण उत्पादन अब भाटभटेनी सुपर स्टोर नक्साल र महाराजगञ्जमा पाइने भएको छ । भाटभटेनीमा एक कार्यक्रम गरेर सिताराम घिउका ब्राण्ड एम्बेसेडर नायिका दीपाश्री निरौलाले सीताराम दुधका उत्पादनको उद्घाटन गरेकी थिइन् । उद्घाटन कार्यक्रममा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले स्वदेशी उत्पादन आफूहरुले राख्न पाउँदा उत्साही भएको बताए । सीताराम दूधका अध्यक्ष सुमित केडियाले अब अन्य उत्पादन पनि गर्दै जाने बताए । आइसक्रिम लगायतका उत्पादनमा पनि जाने लक्ष्य रहेको समेत बताए । केडिया अर्गनाइजेशनको भातृ संस्था सिताराम गोकुल मिल्कस् नेपालको निजी क्षेत्रका सबैभन्दा ठूलो दूध तथा दुग्धजन्य पदार्थ उत्पादन कम्पनी हो ।
डा. डीआर उपाध्यायको ‘हामी बादलभित्र’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘हामी बादलभित्र’ सार्वजनिक भएको छ । राजेश पायल राई र मेलिना राइको स्वर र सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुवाष प्रधानले निर्देशनमा रहेको सो गीतको कोरियोग्राफ मनी के राईले रहेका हुन्र । गीतको भिडियोमा मनिषा सापकोटा र रञ्जित पौडेललाई फिचरिङ गरिएको छ । प्रेम लामाले छायाँकन गरेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । डीआर म्युजिक एण्ड ट्रेडिङबाट सार्वजनिक गरिएको हो । भिडियो हेर्नुहोस् ।
पोखरा दोहोरी नाचघरले गर्याे लोकदोहोरी स्रष्टालाई सम्मान
काठमाडौं । ठमेलस्थित पोखरा दोहारी नाचघरले लोकदोहोरी क्षेत्रमा लामो योगदान दिएका लोकप्रिय लोक श्रस्टाहरुलाई सम्मान गरेको छ । दोहोरी नाचघरमा आयोजना एक विशेष समारोहमा नाचघरका सुचित्रा घिमिरे तथा सुमी श्रेष्ठले लोकश्रस्टाहरुलाई सम्मान गरेका हुन् । समारोहमा लामो समयदेखि लोक गीत संगीत क्षेत्रमा रही नेपाली लोकगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन सफल चर्चित गायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, गायिका बिमाकुमारी दुरा, गायक राजु परिवार, रेशम थापा, खुमन अधिकारी, गायिका मञ्जु पौडेल, संचारकर्मी अनुषा पौडेल, गायक तथा सञ्चारकर्मी कृष्ण क“डेल, नृत्य निर्देशक उदिराम खड्का, शिव हमाल, बाबुराम बोहरालाई लोक गीत तथा संगीतको विकासमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले बताए । उक्त अवसरमा पोखरा दोहोरी नाचघरले नै हिजो शुक्रवारदेखि सञ्चालनमा ल्याएको पोखरा थकाली भान्छाघरको वरिष्ठ कलाकार नारायण रायमाझी तथा बिमाकुमारी दुराले रिबन काटेर उद्घाटन गरेका थिए । एउटै स्थानमा दिउँसोको समयमा थकाली परिकारमा मज्जा लिन सकिने र रात्रीकालिन समयमा दोहरी तथा नृत्यको मज्जा लिन सकिने आयोजकले जनाए । दुई दर्जन कलाकारहरुद्वारा हरेक साँझ गायन तथा नृत्यको कार्यक्रम प्रस्तुत गरिने उक्त नाचघरमा लोक गायनमा सक्रिय रहेका धेरै चर्चित कलाकारहरुले दैनिक लोक भाकाहरु प्रस्तुत गर्ने कलाकार संयोजक छबी खड्काले बताए ।