मिस नेपाल २०१९ का प्रतियोगी यामाहा फ्यासिनो स्कुटरमा सवार, विशेष कार्यक्रममा सहभागी

काठमाडौँ । यामाहा मोटरसाइकल र स्कुटको आधिकारिक वितरण मोरङ अटो वक्र्स इन्टरप्राइजेजले मिस नेपाल २०१९ का प्रतियोगीहरुका साथ बुधबार एक विशेष कार्यक्रम आयोजना गरेको छ । यामाहा फ्यासिनो मिस नेपाल २०१९ को टाइटल स्पोन्सरको रुपमा रहेको छ । मिस नेपालको ग्राण्ड फिनालेको अवसरमा एक जना प्रतियोगीलाई यामाहा फेस अफ फ्यासिनो उपाधिबाट विभुषित गरिने बताइएको छ । बुधबारको विशेष कार्यक्रममा यामाहाको शोरुमबाट शुरु भई ट्राफिक कार्यालय बग्गीखानामा पुगेर समापन भएको थियो । सो कार्यक्रममा प्रतियोगिताका २५ प्रतियोगी फ्यासिनो स्कुटरमा सवार रहेका थिए । यसैक्रममा ट्राफिक मुख्यालयमा भएको ट्राफिक सुरक्षा र यसका नियमहरु सम्बन्धी गोष्ठीमा २५ प्रतियोगी सहभागी भई जानकारी हासिल गरेका थिए ।

सोन्ना अमात्यको ‘डाली चरी’ म्युजिक भिडियो सहित सार्वजनिक

काठमाडौं । सोन्ना अमात्यको ‘डाली चरी’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । सोन्ना अमात्यको स्वरमा रहेको सो गीतको लय तथा संगीत शशि विक्रम थापाले गरेका हुन् । अभिनयमा सोन्ना अमात्यका साथमा निरज बराललाई देख्न सकिन्छ । नविन अवालले उक्त म्युजिक भिडियो निर्देशन गरेका थियो । भिडियो हेर्न तल क्विल गर्नुहोस् ।

पूर्वेली सुन्दरीहरु सम्मिलित डिभाइन वाइन क्यालेण्डर सार्वजनिक

धरान । डिभाइन वाइनको उत्पादक श्री महाकाली वाइन इन्डस्ट्रीज प्रालिले मिस पूर्वाञ्चल २०१८ का बिजेताहरुको फोटोशुट गरी ‘डिभाइन वाइन क्यालेण्डर २०७६’ सार्वजनिक गरिएको छ । धरान–१४ स्थित हुक्पा चोङबाङ रिसोर्टमा सोमबार आयोजित कार्यक्रममा नायिका तथा मोडल मरिस्का पोखरेल, डिभाइन वाइनका नेशनल म्यानेजर बबिन अधिकारी, ब्रान्ड म्यानेजर सञ्जु शाक्य, फेशन डिजाइनर उत्तम बनेपाली, मिस पूर्वाञ्चल २०१८ की फस्ट रनरअप अनिला क्षेत्री, सेकेण्ड रनरअप तपस्या रणपहेली, फेस अफ डिभाइन आकृति आचार्य, गायक तथा बराह इण्डष्ट्रिज प्रालिका अध्यक्ष शिव लामिछाने, ब्लाष्ट दैनिकका सम्पादक तथा प्रबन्ध निर्देशक किशोरकुमार कार्की, मदिरा व्यवसायी सङ्घ धरानका अध्यक्ष नवीन तामाङले एकसाथ क्यालेण्डर लोकापर्ण गरे । सिल्भर इन्टरटेनमेन्टले आयोजना गर्दै आएको मिस पूर्वाञ्चलमा सहभागी मोडलहरूलाई समेटेर हरेक वर्ष क्यालेण्डर प्रकाशित गर्दै क्यालेन्डर लोकार्पण कार्यक्रम गर्दै आएको छ । क्यालेण्डरमा मिस पूर्वाञ्चलकी विजेता पूजा श्रेष्ठ, फस्ट रनरअप अनिला क्षेत्री, सेकेण्ड रनरअप तपस्या रणपहेली, फेस अफ डिभाइन आकृति आचार्यको ग्लामरस तस्बिरहरु धरानको विभिन्न ठाउँमा शुट गरिएको छ । मुन्धुम बुटिक र चेरी फेसनको ड्रेस ,सुजन राई र तरुना राईको मेकअप तथा दावागुञ्जन कलेक्सनको गहनाहरुमा सजिएका मोडलहरुको इक्सा मादेनको संयोजनमा फोटोशुट फोटोग्राफर पवन जोशी र बिबेक फोटोग्राफीले गरेको थियो । क्यालेण्डरमा वार्षिक बिदा तथा विभिन्न पर्वहरू पनि समेटिएको छ । क्यालेण्डर सार्वजनिक गर्ने क्रममा गरिमा डान्स सेन्टरले बिभिन्न आकर्षक नृत्य प्रस्तुत गरेको थियो ।