वरिष्ट गीतकार अम्बिका गुरुङको ‘आमा’मा रामकृष्ण ढकालको सुमधुर स्वरमा (भिडियो सहित)
काठमाडौँ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको आमामा चर्चित गायक रामकृष्ण ढकालले सुमधुर आवाज भरेका छन् । दर्जनौ चर्चित गीतहरुमा शब्द कोरेर चर्चित तथा बरिष्ट गीतकारको रुपमा आफुलाई स्थापित गर्न सफल गीतकार एक सर्जकको साथमा साहित्यकार, समाजसेवीको रुपमा समेत परिचित छिन् । चर्चित गायक राम कृष्ण ढकालको सुमधुर आवाज रहेको यस गीतमा संगीतकार प्रकाश लेप्चाको संगीत रहेको छ । दिपेन्द्र थपलियाले छायांकन गरेको यस म्युजिक भिडियोलाइ समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा रश्मि भट्ट, सुप्रिया कटुवाल, नरेन र बसुको दमदार अभिनय रहेको छ । भिडियो हेर्नुहोस ।
गायक रमेश श्रेष्ठ मेलोडीको ‘सुपरग्लु’ सार्वजनिक (भिडियो सहित)
काठमाडौँ । स्टेज किङको उपाधि पाएका चर्चित गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत ‘सुपरग्लु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको ‘सुपरग्लु’भर्खरै मात्र युट्युब मार्फत सार्वजनिक भएको हो । चर्चित गीतकार अम्बिका गुरुङको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको यस गीतकमा नब र्यापर प्रतिक अधिकारी आजतले र्याप गरेका छन् । म्युजिक भिडियोलाई बासु न्यौपानेले छायांकन गरेका छन् भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन् । म्युजिक भिडियोमा चर्चित नायिका निता ढुंगाना नबिन राइ तथा बिशाल लामाको नृत्य तथा अभिनय देख्न सकिन्छ । https://www.youtube.com/watch?v=NBhh-f2vSk4
मोडल तथा गायक दिपेन्द्र नेपाली सिने क्षेत्रमा डेब्यु गर्दै
काठमाडौँ । मोडल तथा गायक दिपेन्द्र नेपाली सिने क्षेत्रमा डेब्यु गर्दै छन् । सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौँ कर्मथलो बनाउँदै आएका उद्यमान नव मोडल तथा गायक दिपेन्द्र सोनाम अहिले मोडलिङ तथा सांगीतिक क्षेत्रमा परिचय बनाउदै अगाडी बढेका तथा आफुलाई सिने क्षेत्रमा स्थापित गर्न सक्रिय युवाको रुपमा परिचित छन् । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिएको पाइन्छ । नृत्य र अभिनयमा पोख्त दिपेन्द्र सुन्दर मुहार र मिलेको सुगठित आकर्षक शरीरको धनि पनि छन् भने बहुप्रतीभा भएका बहुआयामिक व्यक्तित्व उनको आकर्षण हो । विभिन्न म्युजिक भिडियोमा समेत कुशल अभिनय गरिसकेका गायक तथा मोडल दिपेन्द्रले चाडैनै आफ्नै आवाजमा नयाँ गीत समेत सांगीतिक बजारमा लिएर आउन लागेका छन् । देशभर हुने स्टेज कार्यक्रम, मेला महोत्सबमा हजारौ दर्शक तथा श्रोताहरुलाई आफ्नो प्रतिभाले मन्त्रमुग्ध बनाउन सफल दिपेन्द्र युवा व्यवसायी समेत हुन् । उनी भन्छन्( मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु रहेको हुँदा सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनी बताए ।