कारबाही हुनुपर्ने व्यक्ति डिन, सरकारी प्रक्रियाको विरोधमा डा. केसी अनसनमा
काठमाडौं २९, कात्तिक । त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल महाराजगन्जको उपकरण खरिद गर्दा विवादमा तानिएका डा. केशवप्रसाद सिंहलाई चिकित्साशास्त्र अध्ययन संस्थान (आईओए)को डिन नियुक्ति गरेको छ। उपकरण खरिद गर्दा विवादमा तानिएका डा. केशवप्रसाद सिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका कार्यकारी निर्देशक रहँदा उनले एमआरआई मेसिनलगायत उपकरण खरिद गर्दा स्वास्थ्य मन्त्रालयसँग स्वीकृति नलिएको र सार्वजनिक खरिद ऐनरनियम पालना नगरेको आरोपमा विभागीय कारबाही गर्नुपर्नेमा उल्टै डिनको जिम्मेवारी दिएको । डिन नियुक्ति वरिष्ठताको आधारमा हुनपर्ने र सरकारले मापदण्ड विना नै नियुक्त गरेको भन्दै डा. गोविन्द केसीले पुनः अनसन थालेका छन् । केसीले सरकारको गलत प्रक्रियाको बारेमा र स्वस्थ्य क्षेत्र सुधारको विषयमा पटक पटक अनसनमार्फत सरकारलाई सचेत गराईरहेका छन् ।
अल्पाइन विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लालबहादुर थिङ नियुक्त
लालबहादुर थिङ, अल्पाइन विकास बैंकको सिइओ काठमाडौं, २३ कात्तिक । अल्पाइन विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा लालबहादुर थिङ नियुक्त भएका छन् । गत कात्तिक १० गते बसको बैंकको ११७औँ बैंक सञ्चालक समितिको बैठकले थिङलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । थिङले कात्तिक १० गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले आगामी ४ वर्ष सम्म अल्पाइन विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।
चीनद्वारा नौ देशका लागि राजदूत नियुक्त, नेपालका लागि यु होङ नियुक्त
चीन, २२ कात्तिक । चीनले नेपाललगायत विभिन्न नौ देशका लागि चिनियाँ राजदूत परिवर्तन गरेको छ । चिनियाँ नेसनल पिपुल्स कँग्रेसको स्थायी समितिले सिफारिस गर्न स्वीकृत दिएका राजदूतलाई चिनियाँ राष्ट्रपति सि जिनपिङले नियुक्त गरेकाचीनको राष्ट्रिय व्यवस्थापिकाले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चीनले नेपालका लागि वु चुन्ताइको ठाउँमा यु होङलाई सिफारिस गरी पठाएइको छ । यसअघि गावनका लागि खटाइएका सु जिवेनको ठाउँमा हु चाङचुङलाई पठाएइको छ । यसैगरी नाइजरका लागि झाङ लिजुन, सियरालिअनका लागि वु पेङ, संयुक्त अरब इमिरेट्सका लागि नि जियान, मेसेडोनियाका लागि यिन लिसियान, फिनल्यान्डका लागि चेन ली, क्युबाका लागि चेन सी र डोमिनिकाका लागि लु कुनलाई नियुक्त गरिएको जनाइएको छ । रासस/सिन्ह्वा