बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा शोभनदेव पन्त नियुक्त

काठमाडौं । बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शोभनदेव पन्त नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले पन्तलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । पन्तले भदौ ४ गते (आइतबार) देखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले आगामी ४ वर्ष सम्म बैंक अफ काठमाण्डूको सिईओको जिम्मेवारी सम्हाल्नेछन् ।

सिद्धार्थ इन्स्योरेन्सको सिईओमा वीरेन्द्र वैदावर नियुक्त

काठमाडौं ।  सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा वीरेन्द्र वैदवार नियुक्त भएका छन् । कामू सिईओको रुपमा कार्यरत वैदवारलाई भदौ १ गतेको सञ्चालक समिति बैठकले आउदो ४ वर्षका लागि सिईओ बनाएको हो । बैदवार विगत १० वर्षदेखि सोही कम्पनीको कार्यरत छन् । बरिष्ठ प्रबन्धकबाट सो कम्पनीमा प्रवेश गरेका उनी सहायक महाप्रवन्धक हुँदै करिव तीन वर्ष कामु प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका छन् । उनको नेतृत्वमा कम्पनीको प्रर्फमेन्स धेरै राम्रो देखिएकोे छ । कुल प्रिमियम आम्दानी लगायत धेरै सूचकांकका सिद्धार्थ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । बैद्यवारले आगामी चार वर्ष सो कम्पनी हाँक्ने अख्तियारी पाएका छन् ।  

सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा निर्मलादेवी मानन्धर नियुक्त

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको सञ्चालकमा निर्मलादेवी मानन्धर नियुक्त भएकी छिन् । कम्पनीको २४६ औं सञ्चालक समितिको बैंठकले बीमा क्षेत्रमा लामो अनुभव हाँसिल गरेकी मानन्धरलाई स्वतन्त्र बिशेषज्ञ सञ्चालकमा नियुक्त गरेको हो । उनले मानविकी संकायमा स्नाकोत्तर उपाधि हाँसिल गरेकी छिन् । त्यसैगरि, सञ्चालक समितिको सोहि बैठकले श्रवण रावललाई नायब महाप्रबन्धक पदमा नियुक्त गरेको छ । विगत तीन दशकदेखि बीमा क्षेत्रमा काम गरेको अनुभव रहेका रावलले भारतको मुम्बइ युनिभर्सिटीबाट बाणिज्य संकायमा स्नातक गरेका छन् ।