सिद्धार्थ डेभलपमेन्ट बैंकको डेपुटी सिईओमा पवन ढकाल नियुक्त
काठमाडौं, १४ माघ । सिद्धार्थ डेभलपमेन्ट बैंकले डेपुटी सिईओमा पवन ढकाललाई नियुक्त गरेको छ । बैंकले यसै साता ढकाललाई डेपुटी सिईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । ढकाल यसअघि कैलाश विकास बैंकको असिष्टेन्ट जेनरल म्यानेजर थिए । ढकालले करिब २५ वर्ष बैंकिङ् क्षेत्रमा बिताएका छन् । स्ट्याण्डार्ड चाटर्ड बैंकबाट बैंकिङ् करिअर शुरु गरेका ढकालले सो बैंकमा करिब ८ वर्ष बिताएका थिए । उनले माछापुच्छ्रे बैंकमा १४ वर्ष काम गरेका थिए भने कैलाश विकास बैंकमा साढे ३ वर्ष सेकेन्ड म्यानको भूमिका निर्वाह गरेका थिए । ढकालले कैलाश विकास बैंकबाट राजीनामा दिइसकेका छन् । करिब एक महिनापछि उनले सिद्धार्थ डेभलपमेन्ट बैंकको डेपुटी सिईओको जिम्मेवारी सम्हाल्ने छन् ।
सेती फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सुरथ बहादुर रावल नियुक्त
काठमाडौं, १३ माघ । सेती फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा निरज श्रेष्ठ नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले रावललाई आगामी दुई बर्षका लागि सिइओ नियुक्त गरेको हो । रावलले नियुक्त भएको (माघ १३ गते)देखि नै बैंकको कार्यभार सम्हाल्नेछन् ।
पासपोर्टमा लोकमानको इमान्दारिता, रातो पासर्पार्ट फिर्ता गरे
काठमाडौं ५, माघ सर्वोच्च अदालतद्धारा अयोग्य सावित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले राज्यले उपलब्ध गराएको रातो पासपोर्ट फिर्ता गरेका छन । कार्कीले गत बिहीबार राहदानी विभागलाई विशेष सुविधाको पासपोर्ट फिर्ता गर्नुभएको हो । राहदानी विभागले सन् २०१३ अक्टोबर ६ मा उहाँलाई ५ बर्षे अवधिको रातो पासपोर्ट उपलब्ध गराएको थियो । विभागका महानिर्देशक सुशीलकुमार लम्सालका अनुसार कार्कीले गत बिहीबार आफ्ना सहयोगी मार्फत राहदानी फिर्ता गर्नुभएको हो । नेपाल समाचार पत्र दैनिबाट ।