नेपाल प्रहरीको कमाण्ड चन्दलाई, शसस्त्रमा श्रेष्ठ
काठमाडौँ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा दुई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द र सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । दुवै सङ्गठनका प्रमुखको समयावधि समाप्त हुन लागेकाले सरकारले आज नियमित कार्यसूचीबाहेक उक्त नियुक्ति मात्र गरेको सूचना तथा सञ्चारमन्त्री कार्कीले बताए । रासस
कुशकुमार जोशी नयाँ शक्तिमा प्रवेश, बाबुराम भट्टराईको अवैतनिक सल्लाहकार नियुक्त
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष कुशकुमार जोशी नयाँ शक्तिमा प्रवेश गरेका छन् । जोशीलाई नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टारईले आफ्नो अवैतनिक सल्लाहकार नियुक्त गरेका हुन् । भट्टराईले जोशीलाई निजी क्षेत्रका तर्फबाट अवैतनिक सल्लाहकार नियुक्त गरेका हुन् । डा. भट्टराई र जोशीको पहिले देखिनै राम्रो सम्बन्ध रहेको थियो । भट्टराई प्रधानमन्त्री हुँदै नै नेपाल पुर्वाधार विकास कम्पनीले काठमाडौं-कुलेखानी-हेटौडा सुरुङ मार्ग निर्माणको अनुमति पाएको थियो । त्यतिबेला जोशी सुरुङ मार्ग बनाउने नेपाल पुर्वाधार विकास कम्पनीको अध्यक्ष थिए । पछिल्लो समय व्यवसायीक संकटका बेलामा संरक्षणका लागि राजनीतिक पार्टी प्रवेश गर्ने लहर चलेको छ । त्यसकै एक ज्वलन्त उदाहरणका रुपमा जोशीले नयाँ शक्ति पार्टी रोजेका हुन् ।
लाइफ इन्स्योरेन्स कर्पोरेसनकोे अध्यक्षमा भीके शर्मा चयन
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को अध्यक्षमा भीके शर्मा चयन भएका छन् । माघ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले शर्मालाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । शर्माले अब आगामी चार वर्ष सम्म कम्पनीको अध्यक्षको कार्यभार सम्हाल्ने छन् ।