ओ एस नेपालले संगितकारलाई म्युजिक अवार्ड दियो
काठमाडौं । ओएस नेपालले गित संगितका क्षेत्रमा उत्कृष्ट काम गर्ने श्रष्टालाई सम्मान गरको छ ।ओएस नेपालले शुक्रवार गीत संगीतको साधनामा लागेका ४८ विधाका श्रष्टालाई सम्मान गरको हो । कम्पनीले शुक्रवार ओ एस नेपाल म्युजिक अवार्ड मार्फत गीत संगीतका साधकलाई सम्मानित गरेको छ । सम्मानीत हुनेमा लोक गीत, लोकदोहोरी, पप, आधुनिक, नेवारी भाषा र भोजपुरी भाषाका गित संगीत क्षेत्रका साधकलाई सम्मान गरेको हो । लोकदोहोरी तर्फ उत्कृष्ठ म्युजिक एरेन्जरमा कृष्ण विक, डाइरेक्टरमा कपिल लामा, म्युजिकमा सहदेव कोइराला, म्युजिक भिडियो मोडल तर्फ पुरुषमा, दुर्गेश थापा र वेष्ट भोकल नवोदित गायिका संगिता मगरले अवार्ड प्राप्त गरेका छन् ।त्यसैगरी वेष्ट लिरिक्समा कस्तुप पन्त र वेस्ट म्युजिक भिडियो इडिटरमा दिपक विष्ट परेका छन् । लोकगित तर्फ उत्कृष्ट गायकमा पुस्कल शर्मा मलामी सम्मानीत भएका छन् भने आधुनिक गितमा सर्वोत्किस्ट गायक सुरज कुमार थापाले अवार्ड हात पारे । आधुनिक गितको नव गायकमा सुरेन गौतमलाई सम्मानित गरेको छ । पप संगितमा अमित जावला, महिला तर्फ लिरिक्समा अस्मिता सुमेरी, वेस्ट पप गीत नव गायकमा रुदेश डंगोलले अवार्ड पाएका छन् । वेष्ट पप गीत फिमेल पूजा गुरुगं अगाडी आएकी छन् । जसमा नेवारी गित तर्फ भुपेन वज्राचार्य, नेवारी गायकमा कृष्ण भट्ट महर्जन, भोजपुरी गितमा गायक संतोष राज अवार्डका लागि चुनिए । ओ एस अवार्डमा राष्ट्रिय गित लिरिक्समा उमेश लम्साल छानीए । पप गित संगित तर्फ वेस्ट म्युजिक भिडियो डाइरेक्टर, पपमा सुरेश श्रेष्ठ, वेष्ट पप गीत फिमेल रिता गुरुगंले अवार्ड हात पारिन् । सबै विधामा उत्कृष्ट हुनेहरुलाई वरिष्ठ गायिका तिर्थकुमारी थापाले पुरस्कार वितरण गरेकी थिइन् । लिरिक्स विधामा सम्मानित भएपछि लाइट नेपाललाई संक्षिप्त प्रतिकृया दिँदै उमेशले सांगीतिक क्षेत्रमा लागेपछिको यो आफ्नो पहिलो अवार्ड भएको बताए । “उनले भने संगित क्षेत्रमा लागिरहँदा कहीं कतैवाट त्यसको मुल्याकंन हुने रहेछ भन्ने मैले महशुष गरेँ ।”
दरबारमार्गका पसल खुलाउन एफएनसिसिआईको दबाब, आपूर्ति मन्त्रीले भने, ‘पहुँच छ भन्दैमा जे गरेपनि हुन्छ ?’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)ले उपभोक्ता ठगी गर्ने दरबारमार्गका व्यवसायीको पसल खुलाउन सरकारलाई दबाव दिएका छन् । सिलबन्दीले व्यापारीको छवि बिग्रेको बताउँदै शुक्रबार महासंघले आपूर्ति मन्त्री शिवकुमार मण्डलसँग व्यवसायीका पसल खोल्न अनुरोध गरेका छन् । महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको टोलीले अनुगमनबाट व्यापारीको छवि नै विग्रेकोले शिलबन्दी गरेका पसल खोलिदिन अनुरोध गरेको मन्त्रालयले जानकारी दिएको छ । त्यसको जवाफमा मन्त्री मण्डलले कार्वाही गर्दा छविमा धक्का पर्ने भए व्यापारीलाई ठगी नगर्ने गरी सचेत हुन आग्रह गरेका छन् । ‘कम बिजकमा सामान भित्रयाएको र ठगीने कुरा पनि अस्वभाविक देखिएकोले नियत नै ठगी गर्ने भयो भने राम्रो गर्दैन’ मन्त्री मण्डलले भने, ‘मर्का परेको विषयमा छलफल गर्नुस तर व्यक्तिले राज्य ठग्नु ठीक भएन ।’ आपूर्ति मन्त्री शिवकुमार मण्डलले दरबारमार्गमा चर्को मूल्य लिने व्यवसायीलाई कानुन अनुसार कार्वाही हुने स्पष्ट पारेका छन् । ‘यो विषय कानुनी रुपमा हल हुन्छ, विद्यमान कानुनले जे दिएको छ त्यसै अनुसार हुन्छ’ उनले भन्नुभयो ‘गलत गरेको छ भने दण्डित हुन्छ हैन भने केही हुन्न ।’ उनले पहुँच छ भन्दैमा जे गरेपनि हुन्छ भन्ने प्रबृत्ति अन्त्य गर्न पनि व्यवसायीलाई आग्रह गरेका छन् । उपभोक्तालाई सहज र सुलभ तरीकाले वस्तु उपलब्ध गराउनुपर्नेमा अनुगमनमा पुगेको ठाउँमा व्यापारीले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति व्यवहार गर्ने गरेकोले गलत काम गर्ने कार्वाहीको भागीदार हुने उनको भनाई छ । ‘राज्यको शसक्त उपस्थिती भएको ठाउँमा त मेरो पहुँच छ जे गरेपनि हुन्छ भन्ने हुन्छ भन्ने अभिव्यक्ति छ भने सर्वसाधरणलाई कस्तो व्यवहार होला ?’ मन्त्री मण्डलले भने – ‘राज्यमा नियम कानुन छ भन्ने कुराको प्रत्याभूति होस्, अस्त व्यस्तताको अवस्था ट्र्याकमा जाओस भन्ने हाम्रो उद्येश्य हो ।’
लुम्बिनी बिकास बैंकको नयाँ शाखा कुरिनटारमा
काठमाडौं । लुम्बिनी बिकास बैंकले कुरिन्टारमा शाखा विस्तार गरेको छ । स–साना निक्षेप परिचालन तथा कृषि एवं साना ब्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको हो । यस विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबीबीएस, मोबाइल बैंकिङ, रेमिट्यान्स, लकर्सलगायतका सेवाहरु उपलब्ध गराउँदै आएको तथा निरन्तर रुपमा आफ्नो सेवालाई आधुनिकीकरण गर्दै लगेको छ । बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंको डिल्लिबजारमा रही देशका विभिन्न भागमा कुल ५५ वटा शाखा सञ्जालहरु र १२ वटा एटीमबाट बैकिङ्ग सेवाप्रदान गर्दै आएको बैंकले जानकारी दिएको छ ।