भरतपुरमा रेनुको अग्रता कायमै, विजय कतिले पछि ?
काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छिन् । १८ हजार ४७ मत गनेर सकिँदा रेनुले ६ हजार १९ मत ल्याई अग्रता कायम गरेका हुन् । यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ५९५६ मत ल्याएका छन् । पछिल्लो मतगणना अनुसार विजय ६३ मतले पछाडि देखिएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ९३७ मत ल्याएका छन् । यस्तै, उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ३४६ मत ल्याई अग्रता कायम गरेका छन् । उनकै प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी हिमला गुरूङले ४ हजार ८८३ मत पाएकी छन् । हाल महानगरपालिकाका उमेदवारहरुको मतगणना जारी छ ।
नौ मतदान केन्द्रमा आज मतदान
काठमाडाैं । गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका नौ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । निर्वाचन आयोगका अनुसार आज मतादान भइरहेकामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम मावि मतदानस्थलका दुई मतदान केन्द्र, अछामको पञ्चदेवल विनायक नपा–५ को नवज्योति माविका दुई मतदान केन्द्र, धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको तीन मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० को विजय माविको १ मतदान केन्द्र, बाजुराको बूढीनन्दा नगरको पिस क्रियटिभ एकेडेमीस्थित १ मतदान केन्द्र रहेको छ । राजनीतिक दल र उम्मेदवार तथा अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ । स्थगन भएकामध्ये जेठ १ गते ७ र २ गते १३ मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । जेठ ४ गतेका लागि तनहुँको व्यास नपा–४ को गाविस भवन मतदानस्थलका दुई केन्द्र, रौतहटको गढीमाइ नपा–३ स्थित प्रावि लक्ष्मीपुरका दुई मतदान केन्द्र र वडा नं ६ को प्रावि आदर्श मावि मतदानस्थलको दुई मतदान केन्द्रमा मतदान हुने मिति तय भएको छ । स्थागन भएकामध्ये बाजुराको बुढीगङ्गा नगरमा गत वैशाख ३० गते भएको मतदान प्रक्रिया रद्द भई अर्को मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालबाट आएको सिफारिसका सम्बन्धमा गठित छानबिन समितिले स्थगलत अध्ययन गरी प्रतिवेदन बुझउँदैछ । रासस
षडानन्द नगरपालिकाको अध्यक्षमा सुरेन्द्रकुमार उदास निर्वाचित
काठमाडौं । षडानन्द नगरपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सुरेन्द्रकुमार उदास निर्वाचित भएका छन् । उदास ६ हजार ४३६ मत ल्याई निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रसका उम्मेदवार बीरबल राईलाई ८ सय ९५ मत अन्तरले पराजित गरे । यस्तै, उपप्रमुखमा गठबन्धनबाट नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० बाट प्रमिला राई निर्वाचित भएकी छिन् । उनी आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी मेरीका राईलाई २७ सय मतले पछि पार्दै विजयी भएकी हुन् । राईले ६ हजार ९५६ मत उपप्रमुखमा निर्वाचित भएकी छिन् ।