“सम्भवतः गण्डकी प्रदेशका पालिकाहरुमध्ये डिजिटल प्रोफाइल तयार पर्ने पहिलो पालिका हाम्रै हो”

काठेखोला गाउँपालिका गण्डकी प्रदेश अन्तर्गतको बागलुङ जिल्लामा अवस्थित गाउँपालिका हो । यो गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, संस्कृति र पर्यटन लगायतका पक्षमा पनि निक्कै धनी छ । बागलुङ जिल्लाको सदरमुकामबाट नजिकै रहेको यस काठेखोला पालिकाको मध्य भाग हुँदै मध्यपहाडी लोकमार्ग अगाडि बढेको छ । मुलुक संघीय संरचनामा गएसँगै जनताले नजिकबाट अनुभूति गर्न पाउने गरी स्थानीय सरकार सञ्चालन भएकोे छ । स्थानीय तहहरूको बिषयमा विभिन्न कोणहरूबाट टिकाटिप्पणी हुने गरेको छ । कतिपय अवस्थामा विकासका मागहरू असिमित हुँदा जनप्रतिनिधिहरुले त्यसलाई व्यवस्थापन गर्न सकिरहेका हुँदैनन् । सिमित स्रोतका विच विकासलाई समानुपातिक ढंगले वितरण गर्न जनप्रतिनिधिहरूलाई हम्मेहम्मे नै गरिरहेको देखिन्छ । स्थानीय तह आफैंमा एउटा स्थानीय सरकार पनि हो । यसैक्रममा, निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन गरेको करिब ४ वर्ष पुगेको छ । निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले गाउँपालिकामा गरेका विकास निर्माणको काम, कोरोनाको रोकथाम एवं नियन्त्रणका लागि गाउँपालिकाले गरिरहेको गतिविधि लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापासँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीमा आधारित अन्तरवार्ता प्रस्तुत गरेका छौं । गाउँपालिकाले आर्थिक वर्ष ७८/७९ को लागि बजेट बिनियोजन गर्दा कुन पक्षलाई केन्द्रत बनाएको छ ? हामीले असार १० गते नवौं गाउँसभामा आर्थिक वर्ष ०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छौं । यो हाम्रो कार्यकालको अन्तिम बजेट पनि हो । अहिलेको नीति तथा कार्यक्रम विशेष गरी हामीले सञ्चालन गरेका कार्यक्रम जुन अपुरा अधुरा छन् तिनिहरुलाई पूर्ण गर्ने ढंगले बजेट ल्याएका छौं । यसका साथै पालिकाको डिजिटल प्रोफाइल तयार पारेका छौं । अहिलेको बजेट उत्पादनमूलक काममा केन्द्रित छ । भौतिक पूर्वाधारतर्फ स्वास्थ्यचौकी भवन, विद्यालय भवन निर्माणका साथै समग्र पालिकाकै विकास निर्माणमा पनि जोड दिएका छौं । कृषकहरुलाई उत्पादनतर्फ प्रेरित गरेका छौं भने आर्थिक विकासतर्फ पशुपालनका कामहरूलाई हामीले अगाडि राखेका छौं । सामाजिक विकास तर्फ युवा, बालबालिका, दलित, जनजाति, सिमान्तकृत, अपाङ्गता लगायतका क्षेत्रलाई समेत सम्वोधन हुने गरी विकासका योजनाहरूलाई प्राथमिकतामा राखेर अघि बढेका छौ । कोभिडलाई मध्यनजर गर्दै स्वास्थ्यमा केही बजेट छुट्याएका छौं । महामारी नियन्त्रण गर्न आवश्यक कदम चाल्न कार्यक्रम बनाएका छौं । पालिकाले स्वास्थ्य, भौतिक पूर्वाधार अनि कृषि तथा रोजगारीलाई बढी प्राथमिकता दिएर बजेट ल्याएको छ भने आगामी आर्थिक वर्षमा कोभिड महामारीबाट पालिकाका बासिन्दाको जीवन रक्षा गर्दै सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य बजेटले लिएको छ । गाउँपालिकाले विकास निर्माणका काममध्ये विशेष प्राथमिकता कुन क्षेत्रलाई दिइएको छ ? गाउँपालिकाले विकास निर्माणको काममध्ये विशेष प्राथमिकता सडकमा नै रहेको छ । पालिकामा प्रत्यके महिना गाडी गुड्ने गरी हामीले योजना केन्द्रित गरेका छौं । यो वर्षभित्र पालिकामा २ ओटा मोटरेबल पुल निर्माणको काम पनि पुरा हुन्छ । गाउँपालिकाको केन्द्र बिहुँदेखि वडा नम्बर–७ रेशको वडा कार्यालय जोड्ने सडकको पहिलो खण्ड कालोपत्रे गरिएको छ । यस वडा कार्यालयसम्म करिव ५ किलोमिटर पक्की सडक यो वर्ष पुरा गर्छौं । अन्य वडामा ग्रामीण सडकहरूलाई स्तरोन्नति गर्दै नालीहरू खन्ने र ग्रभोल गर्ने काम पनि अगाडि बढाएका छौं । गाउँपालिकाले विभिन्न किसिमका मानिसहरू बसोबास गर्ने गर्नुहुन्छ र स्थानीय सरकार नागरिककै सरकार भएकाले समस्यालाई केलाउँदै आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकतामा राखेर अगाडि बढेका छाैं । कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू भएका छन् ? गाउँपालिकाले जब कोरोना संक्रमणको दोस्रो लहर सुरुभयो, लगत्तै हामीले अस्पताल बनाउनु पर्छ भन्ने भयो सोही अनुरूप कोरोना अस्पताल सञ्चालन गरयौं, अक्सिजनको जोहो गर्न अत्यन्त कठिन थियो, अक्सिजन अभाव हुन नदिन काम गरयौं, जो संक्रमितहरु घरमै होम आइसोलेसनमा बस्नुभएको छ । उहाँहरूको रेखदेख र उपचार, संक्रमितलाई अस्पताल पुर्याउन एम्बुलेन्सको व्यवस्थापन लगायतका कामहरू गरेका छौं । कोरोना रोकथाम र उपचार र नियन्त्रणका लागि क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन देखि नगारिकहरुलाई यातायातको व्यवस्थासँगै जनचेतनाका कार्यक्रम गर्यौं । हामीले विकास बजेटसम्म कटाएर कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्यौं । स्वास्थ्य क्षेत्रमा केही पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापन गरेसँगै कोरोना अस्पताल सञ्चालनमा ल्याएका छौं । कोरोनाको दोस्रो लहर पालिकामा फैलिएसँगै हामी पनि कोरोना रोकथाम र नियन्त्रण गर्नको लागि अहोरात्र खटेर काम गर्यौं । पालिकामै पीसीआर र एन्टिजेन परीक्षण गर्ने गर्यौं । लक्षण देखिएका बिरामीको परीक्षण हाल पनि पालिकामा भइरहेको छ । पहिलाको तुलनामा पालिकामा संक्रमण दर घटे पनि संक्रमण बढ्न सक्ने जोखिम भने उच्च नै छ । पालिकामा सबैको सहयोगमा कोरोना रोकथाम र नियन्त्रण गर्न सकिएको छ । पालिकामा हालसम्म ३५ सय जना जतिलाई कोभिड विरुद्धको खोप लगाई सकेका छौं । हाम्रो पालिकामा करिव ५ समय भन्दा माथि संक्रमित भएको छन् । महामारी नियन्त्रण गर्नको लागि धेरै ठुलो संर्घष गर्दागर्दै पनि पालिकाले १० जना नागरिकहरूलाई कोरोनाका कारण गुमाएको छ । गाउँपालिकाले बागलुङ जिल्लाका अरू स्थानिय तहभन्दा नयाँ गरेको काम के हो ? गाउँपालिकाले बागलुङ जिल्लाको अरू स्थानीय तहमध्ये केही न केही त फरक गरेको महसुश गरेका छौं । सुरुवाती चरणदेखि नै पालिकालाई अलिकति फरक तरिकाले अगाडि बढाउनु पर्छ भनेर हामी लाग्र्यौं र हामीले हाल प्रत्येक वाडमा इन्टरनेटको पहुँच पुर्याएर छौं । इन्टरनेटको पहुँचले गर्दा घटना दर्ता देखि लिएर सिफारिसका कामहरू अनलाइनबाट नै गरेका छौं । राजश्व सङ्कलन पनि हामीले अनलाइनबाट नै गरेका छौं । गाउँपालिकामा प्रविधिकरणको कामलाई सबै डिजिटाइज गरेका छौं । गाउँपालिकाले डिजिटल प्रोफाइल तयार पारेको छ । मलाई लाग्छ गण्डकी प्रदेशमध्ये डिजिटल प्रोफाइल तयार पर्ने पहिलो पालिकामा हाम्रो हुन सक्छ । पालिकाको सबै कामलाई वेबसाइट मार्फत सहज तरिकाले जनतालाई सुविधा दिनु पर्छ भनेर र सेवाग्राहीको कामलाई छिटो सम्पन्न गरी उनीहरूलाई सन्तुष्ट बनाउनुपर्छ भन्ने हिसाबले डिजिटल प्रोफाइल तयार गरेका हौं । गाउँ विकासको लागि योजना निर्माण र डिजिटल माध्यमबाट जानकारी लिन चाहनेहरूका लागि तयार भएको प्रोफाइलले सहयोग गर्नेछ । गाउँपालिकाको डिजिटल प्रोफाइल पनि तयार भइसकेको छ । संसारको कुनैपनि कुनाबाट हाम्रो गाउँपालिकाको वस्तुगत विवरण सबैले हेर्नसक्ने बनाएका छौं । डिजिटल प्रोफाइललाई प्रत्येक वडाका वडा सचिवहरूले त्यहीँबाट अपडेट गर्ने र त्यसलाई गाउँपालिकाको केन्द्रबाट अपलोड गर्ने हिसाबले हामीले व्यवस्थापन मिलाएका छौं । हाम्रो आर्थिक लेखा प्रशासन पनि शुत्रगत माध्यमबाट सञ्चालन गरेका छौं । वर्तमान अवस्थामा पालिकाभित्रको शिक्षाको अवस्था कस्तो रहेको थियो र पालिकाको तर्फबाट शिक्षा क्षेत्रमा के के महत्वपुर्ण कामहरू गर्नुभएको छ ? पालिकामा हामीले विभिन्न शैक्षिक सुधारका कार्यक्रम पनिसञ्चालन गरेका छौं । हामीले एक कक्षादेखि अंग्रेजी माध्यमबाट सञ्चालन गर्नुपर्छ भनेर अगाडि बढेका छौं । पालिकामा ५६ ओटा सामुदायिक विद्यालय रहेका छन् भने शिक्षा विकासका लागि भनेर हामीले शिक्षा ऐनको निर्माण गरेका छौं । शिक्षा नियमावली, कार्यविधि तथा निर्देशिका बनाएका छौं । यो दायरा भित्र बसेर हामीले शिक्षाको गुणस्तरलाई माथि ल्याउनुपर्छ भनेर जोड दिएका छौं । लगानीको हिसाबले शैक्षिक क्षेत्रमा नै धेरै बजेट छुट्याएका छौं । पालिकामा विभिन्न शैक्षिक सुधारको कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । सबै विद्यालयहरूमा पालिकाको तर्फबाट भौतिक पूर्वाधार विकासको निमित्त हामीले भौतिक संरचनाको पनि निर्माण गरेका छौं । कोभिडको कारण शैक्षिक क्षेत्र पनि प्रभावित बन्दै गएको छ भने हाल सबै विद्यालयहरू बन्द भएका छन् । हामीले अब व्यवसायिक र प्रविधिमैत्री शिक्षा विद्यार्थीलाई दिनुपर्छ भन्नेतर्फ जोड दिएका छौं । शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नका लागि विभिन्न विषयका विज्ञहरूबाट तालिम पनि दिँदै आएका छौं । प्रारम्भिक वाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुल्ला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षासम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन पनि गर्ने गरेका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयका प्रधानाध्यापक र समितिसँग समयसमयमा छलफल गरिरहेका हुन्छौं । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा नभएको भन्ने जुन खालको एउटा प्रवृत्ति छ त्यसलाई हटाउनको लागि शिक्षा क्षेत्रको विकासको कामहरू अगाडि बढाइरहेका छौं । पालिकाका विद्यार्थीहरूको भविष्य सुनिश्चित छ । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुलाई अनलाइनबाट पठनपाठन सञ्चालन गरेका छौं । सामुदायिक विद्यालयलाई दिइने अनुदान तथा सोको व्यवस्थापन, विद्यालयको आय व्यायको लेखा अनुशासन कायम गर्ने काम पनि भएको छ । पालिका भित्र निःशुल्क शिक्षा र विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन पनि गरेका छौं । बाँकी रहेको कार्यकालमा गाउँपालिकामा के गरेर देखाउने लक्ष्य लिनुभएको छ ? हामीले जति पनि काम सञ्चालन गरेका छौं त्यसलाई चाहिँ जनतको बिचमा परिणाम देखाउने ठंगले अगाडि बढ्नु पर्छ भन्ने तयारी गरेका छौं ।यस वर्ष म लगायत गाउँपालिकाले देश र जनताको सेवामा निस्स्वार्थ भावले सकारात्मक सोचका साथ कार्यसम्पादन गर्ने लक्ष्य लिएका छौं । म लाई लाग्छ यो फागुनमा चाहिँ सायद स्थानीय तहको निर्वाचन हुँदै छ त्यो भन्दा पूर्व हामीले माघभित्र जसरी भए पनि योजनाहरू पुरा गर्नुपर्छ । हामीले सञ्चालन गरेका तर पुरा नभएका योजनाहरूलाई पुरा गर्ने पनि हाम्रो लक्ष्य छ । जसमध्ये हाम्रो गाउँपालिकाले खानेपानीको विषयलाई प्राथमिकता ,स्थानीय रोजगारीलाई प्राथमिकता, सडक मर्मतमा मेसिनको प्रयोग, उपभोक्ता सचेतना लगायत थुप्रै कामहरू भएका छन् ।सडकलाई सुरक्षित बनाउने प्रयास, बजार अनुगमन र उपभोक्ता एवंम् व्यावसायिक सचेतिकरण लगायतका कार्यक्रमहरू राम्रो बनाउने योजना रहेको छ । स्थानीय नागरिकहरूबाट विकासका कस्ता मागहरू आउने गरेका छन्, नागरिकका मागहरूलाई कसरी संबोधन गर्ने गर्नुभएको छ ? गाउँपालिकाबाट जनताले धेरै कुराको अपेक्षा राखेका छन् । छोटकरीमा भन्नु पर्दा यहाँको जनताको चाहना आवश्यकता सडक नै छ । टोलटोलमा सडक त पुग्यो तर कालोपत्रे, स्तरोन्नती भए हुन्थ्यो भने कुरा देखिन्छ । भौतिक पूर्वाधारसम्बन्धी धेरै चाहना हुन्छ । हामी जनताबाटै निर्वाचित भएर आएका हौं । जनताका विकासमा माग र आवश्यकता असिमित छन्, हामीले पनि पुरा गर्ने कोसिस गरिरहेका छौ । मागमा आधारित भन्दा पनि सामाजिक र समावेशी ढङ्गबाट आउने मागहरूलाई हामीले प्राथमिकतामा राख्ने गरेका छौ । जनताको नजिकबाट स्थानीय क्षेत्रको सुरक्षा, विकास निर्माण, निर्वाचन तथा प्रशासनिक कार्य सञ्चालन निकाय तथा तह नै स्थानीय तह हो । मानिसहरूको आवश्यकता असीमित हुन्छ ।सबैको मागलाई पुरा गर्न नसके पनि प्राथमिकता अनुसारका मागलाई चाहिँ पुरा गर्दै आएका छौं । जनताले महसुस गर्नेगरी काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । सुरुको वर्षदेखि नै जनताको चाहना र प्रत्यक्ष सहभागितामा काम गरिरहेका छौं । जनताको अपेक्षा पुरा गर्नको लागि हामीले शासकको रूपमा नभई सेवकको रूपमा दिन रात खटेर आवश्यकताहरू धेरै भन्दा धेरै संबोधन गर्नको निम्ति हामी लागिपरेका छौं । अनि युवाहरूलाई रोजगारीको सिर्जना गर्नमा कस्तो काम गर्नुभएको छ नि ? युवाहरू कृषि उत्पादन वा व्यापार व्यवसायमासँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छौं । पालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि लागु भएका छ । पालिकामा युवाहरूले व्यवसायिक खेती गरी रोजगारीमूलक पनि बनी रहेका छन् । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् । हामीले युवाहरूलाई कृषिको तालिम पनि दिँदै आएका छौं । युवाको सिप विकासको लागि विशेष जोड दिइरहेको छौं । कतिपय युवाहरू आफूमा सिपको विकास गर्न सफल भइसकेका छन् भने केही युवाहरूले व्यवसायिक कृषि खेतीको पनि सुरुवात गरेका छन् । युवाहरूलाई कृषि र पशुपालन पेशामा आकर्षित गर्नको लागि उत्पादनमा आधारित अनुदान भनेर बजेट विनियोजन गरेका छौं । युवाहरुले व्यवासय गर्ने चाहे भने ऋण दिने तयारीमा पनि छौं । तर, हालसम्म चाहिँ ऋण दिएका छैनौं । युवाहरुलाई ऋण दिनको लागि विभिन्न पालिकाले विभिन्न बैंकसँग समझैता गर्ने तयारीमा पनि छ । स्थानीय तहको नेतृत्व सम्हालेको ४ वर्ष पुरा हुँदा तपाईंको कार्यकालमा भएको सबैभन्दा ठुलो उपलब्धि केलाई ठान्नुहुन्छ ? हामीले गर्नुपर्ने केही कामहरू अझ पनि बाँकी नै छन् । भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रतर्फ केही उपलब्धिहरू भएको छ । सिचाइको कामहरू भएका छन् । गाउँपालिकाको हरेका क्षेत्र र सुधार र परिवर्तन आउनु नै मेरो कार्यकालको सबै भन्दा ठुलो उपलब्धि हो ।

माङसेबुङ गाउँपालिकाले कोरोनाबाट मृत्यु भएका परिवारलाई दियो आर्थिक सहयोग

काठमाडौं । ईलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले कोभिड-१९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई ३५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । गाउँपालिकाले संक्रमणबाट ज्यान गुमाएका ६ जनाको परिवारलाई राहत उपलब्ध गराएको हो । गाउँपालिकाले विपत् व्यवस्थापन कोष सञ्चालन समितिको बैठक अनुसार गाउँपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरू कोभिड–१९ संक्रमित भई उपचारको क्रममा निधन भएमा व्यक्तिको परिवारलाई गाउँपालिकाले प्रतिमृतक राहत स्वरुप ३५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताइएको छ । विपत् व्यवस्थापन कोष सञ्चालन समितिका निर्णय अनुसार गाउँपाकिकाले घरैमा पुगेर राहत उपलब्ध गराइएको छ । समस्यामा परेको परिवारलाई तत्काल आधारभूत आवश्यकता पुरा गर्न सहयोग मिलोस् भनेर राहत वितरण गरेको गाउँपालिकाले बताएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाएका वडा नं. ३ का बलकबहादुर लावती र कृष्णबहादुर लिम्बू, वडा नं. ५ का धनमाया साङपाङ राई, टेकबहादुर लावती र लक्ष्मीमाया लावती तथा वडा नं. ६ का मनराज राईको परिवारलाई राहत उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रका प्रत्येक वडामा पिसिआर र एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ । गाउँपालिकाले अक्सिजनसहितको अत्याधुनिक आइसोलेसन सेन्टर सञ्चालन गरेका छ ।

नगरपालिका भित्रका घरलाई खरका छानामुक्त बनाउन कम्मर कसेका छौं – नगरप्रमुख थारु

मुलुक संघीय संरचनामा गएसँगै जनताले नजिकबाट अनुभूति गर्न पाउने गरी स्थानीय सरकार सञ्चालन भएकोे छ । संघीयतामा गइसकेपछि बिस्तारै विकासका लहरहरू गाउँ–गाउँमा पुग्दैछन् । लुम्बिनी प्रदेश अन्तर्गतको बर्दिया जिल्लामा पर्ने बारबर्दिया नगरपालिका हरेक नागरिकलाई आत्मनिर्भर र समृद्ध बनाउने अभियानमा लागेको छ । जिल्लाको ८ स्थानीय तहमध्ये यो नगरपालिका भौतिक पूर्वाधार र संरचनाका हिसावले अगुवा स्थानीय तह मानिन्छ । यस नगरपालिकामा ११ ओटा वडा छन् । निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन गरेको करिब ४ वर्ष पुगेको छ । निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले नगरपालिकामा गरेका विकास निर्माणको काम, कोरोनाको रोकथाम एवं नियन्त्रणका लागि नगरपालिकाले गरिरहेको गतिविधि लगायतका विषयमा केन्द्रित रहेर सो नगरपालिकाका नगर–प्रमुख दुर्गा बहादुर थारुसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : तपाईं निर्वाचित भएर आएको ४ वर्ष पुरा भएको छ भने तपाईंहरु अन्तिम वर्षको कार्यकालको दौरानमा पनि हुनुहुन्छ, यो अवधिमा महत्वपुर्ण काम के के भए ? नगर भित्र विकास निर्माणको काम पनि धेरै भएका छन् । विकास भन्नाले भौतिक पूर्वाधार, सामाजिक विकास सबै किसिमका विकासलाई हामीले सन्तुलित रूपमा लिने गरेका छौ । भौतिक विकासतर्फ सडक, खानेपानी, बिजुली, शैक्षिक क्षेत्रका कामहरू अघि बढी रहेका छन् । आर्थिक विकासमा कृषि तथा पशुपालनको उत्पादनतर्फ जोड दिएका छौ यता सामाजिक विकासतर्फ जनचेतनामूलक काम, शिक्षा, स्वास्थ्य लगायतका कामहरूलाई सन्तुलित विकासको रूपमा अघि बढाएका छौ । हामी जनप्रतिनिधि भएर आउँदा जनताको आधारभूत आवश्यकता, पूर्वाधारको अवस्था निकै कमजोर वा जीर्ण थियो । आजसम्म आइपुग्दा नगरपालिकाको समग्र क्षेत्रमा विकास र परिवर्तन भएको अवस्था छ । यसै सन्दर्भमा सर्वप्रथम हामी निर्वाचितपछि पालिकाको सबै ठाउँमा बाटो विस्तारको कामलाई प्राथमिकतामा राखेर अघि बढ्यौं । अहिले हरेक वडामा सडक सञ्जाल पुर्याउन सफल भएका छौं । त्यसै गरी हामीले सडकको स्तरोन्नती पनि गरेका छौं र हाल कालोपत्रेको कामलाई पनि अगाडि बढाएका छौं । शिक्षा क्षेत्रतर्फ पनि धेरै काम भएका छन् । हाम्रो नगरपालिका अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको नगरपालिका हो । नगरपालिकामा एक देखि १० कक्षासम्म पढ्नको लागि कुनै पनि शुल्क लाग्दैन । गुणस्तरीय शिक्षामा विशेष जोड दिएका छौं भने शैक्षिक सुधारका पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं । शिक्षाका लागि विद्यालय भवन, शिक्षक पदपूर्ति गर्ने काम भएका छन् । सिँचाइमा पनि उल्लेख्य काम भएको छ । निर्वाचित पस्चात् हामीले पालिकामा प्रविधि युक्त स्वास्थ्यचौकीको पनि निर्माण गरेका छौं । त्यस्तै, सबै वडाका नागरिकहरूलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याएको छौं । विद्युतीकरण गर्ने कार्य पनि भइरहेको छ । हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका ८० प्रतिशत कामहरू सकिसकेका छौं ।नगरपालिका भित्रका घरलाई खरका छाना मुक्त बनाउनतिव्रताका साथ लागेका छौं ।सडकलाई सुरक्षित बनाउने प्रयास, बजार अनुगमन र उपभोक्ता एवंम् व्यवसायिक सचेत लगायतका कार्यक्रमहरू भइरहेका छन् । स्थानीय सरकारको चार वर्ष कार्यकाल पूरा हुँदा आफ्नो नेतृत्व कस्तो भएजस्तो लाग्छ, सफल वा असफल ? लामो समयसम्म जनप्रतिनिधि विहीन भइरहेको अवस्था थियो । स्थानीय सरकारमा निर्वाचित भएर आइसकेपछि जनताका धेरैजसो अपेक्षा पूरा गर्न सफल भएका छौं । यहाँका नागरिकहरूले आफ्नो समस्या पालिकामा राख्नसक्ने भएका छन् । स्थानीय तहमा निर्वाचित भएर आएपछि विकास निर्माणका कामहरू पनि धेरै भएका छन् । त्यसैले तुलनात्मक रूपमा मैले मेरो कार्यकाल सफल रहेको भन्नुपर्छ । नगरपालिकाबाट जनताले के अपेक्षा राखेका छन् ? जनताका विकासमा माग र आवश्यकता असीमित छन्, हामीले पनि पुरा गर्ने कोसिस गरिरहेका छौ । जनताको माग तत्कालै पुरा गर्नुपर्छ भन्ने किसिमको आउँछ तर हामीले दुर्गामी विकास हुने किसिमका विकासका योजनाहरू निर्माण गरेका छौ । छोटकरीमा भन्नु पर्दा यहाँको जनताको चाहना विकास, समृद्ध, सुविधा आदिको अपेक्षा छ । अनि, यी मागको चाहिँ कसरी संबोधन गरिरहनुभएको छ ? हामी जनताबाटै निर्वाचित भएर आएका हौं । मागमा आधारित भन्दा पनि सामाजिक र समावेशी ढंगबाट आउने मागहरूलाई हामीले प्राथमिकतामा राख्ने गरेका छौ । जनताको नजिकबाट स्थानीय क्षेत्रको सुरक्षा, विकास निर्माण, निर्वाचन तथा प्रशासनिक कार्य सञ्चालन निकाय तथा तह नै स्थानीय तह हो । मानिसहरूको आवश्यकता असीमित हुन्छ । माग पनि धेरै हुन्छ । सबैको मागलाई पुरा गर्न नसके पनि प्राथमिकता अनुसारका मागलाई चाहिँ पुरा गर्दै आएका छौं । जनताले महसुस गर्नेगरी काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । सुरुको वर्षदेखि नै जनताको चाहना र प्रत्यक्ष सहभागितामा काम गरिरहेका छौं । जनताको अपेक्षा पुरा गर्नको लागि हामीले शासकको रूपमा नभई सेवकको रूपमा दिन रात खटेर आवश्यकताहरू धेरै भन्दा धेरै संबोधन गर्नको निम्ति हामी लागि परेका छौं । यस अर्थमा विगतमा भन्दा केही न केही विकासका अनुभूति जनताले गर्न पाएका छन् भन्ने लागेको छ ।स्थानीय सरकार नागरिककै सरकार भएकाले समस्यालाई केलाउँदै आर्थिक तथा सामाजिक विकाशलाई प्राथमिकतामा राखेर अगाडि बढेका छौँ । दोस्रो चरणको कोरोना रोकथाम तथा न्यूनीकरणको लागि नगरपालिकाको तर्फबाट कस्ता प्रयासहरू भएका छन् ? कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि पालिकाले सक्दो प्रयास गरी रहेको छ भने प्रभावकारी कदम पनि चालेका छौं । विश्व महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणका कारण हाम्रो नगरपालिका पनि अछुतो रहन सकेन । महामारी नियन्त्रण गर्नेको लागि जिल्लाको निष्कर्ष बमोजिम निषेधाज्ञा जारी गर्दै आएका थियौं तर हाल निषेधाज्ञा खुकुलो छ । यस महामारीलाई नियन्त्रण गर्नका लागि नगरपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेका छौं भने उच्चतम सतर्कता पनि अपनाएका छौं । पालिकामा स्थानीय जनप्रतिनिधि, वडा स्वास्थ्यचौकी र स्थानीयबासीसँगको समन्वयमा परीक्षण भइरहेको छ । हामीले नगरभित्र कोभिड अस्पताल पनि सञ्चालन गरेका छौं ।अन्यत्र जस्तो बेडहरू भरिभराउ हुने, बिरामीहरू अलपत्र हुनेजस्ता समस्या चाहिँ नगरभित्र हुन दिएनौं । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै नगरपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँदै आएको छ । नगरपालिकाले परीक्षण गर्दा लक्षण भए छुट्टै बस्न अनुरोध गर्छ र संक्रमण पुष्टि भएको व्यक्तिलाई अलग्गै राख्छ । हामीले गत वर्ष कोरोना संक्रमण सुरुहुँदा क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ, पीसीआर परीक्षण, राहत वितरण लगायतको कामहरू पनि गर्दै आएका थियौं । कोभिड महामारी रोकथाम र नियन्त्रण भनेर बजेटको पनि व्यवस्थापन गरेका छौं । पालिकाले आवश्यक स्वास्थ्य सामाग्री खरिद गरी भण्डारणको पनि व्यवस्था गरेको छ । नगरपालिकामा हालसम्म कति जनामा संक्रमणको पुष्टि भएको छ ? दोस्रो लहरेको कोरोना भाइरस सुरुसुरुमा पालिकामा पनि व्यापक रूपमा फैलिएको छ । पछिल्लो समय संक्रमण दर घटेको छ भने धेरैजसो बिरामी निको भएका छन् । असर ३० गतेको तथ्याङ्क अनुसार पालिकामा हालसम्म ९ सय ५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । कोभिड अस्पतालबाट नियो भई घर गएको संख्या ७६ रहेको छ । हालसम्म २ हजार ९ सय सय ४८ जनाको एन्टिजेन तथा पीसीआरमाफर्त परीक्षण गर्दा ९ सय ५९ जना संक्रमित पुष्टि भएको छ । कोभिड अस्पतालबाट रेफर भएको संख्या १९ रहेको छ । महामारी नियन्त्रण गर्नको लागि धेरै ठुलो संर्घष गर्दागर्दै पनि पालिकाले १८ जना नागरिकहरूलाई कोरोनाका कारण गुमाएको छ । दोस्रो चरणको कोरोना प्रभावसँगै पालिकामा कमजोर आर्थिक अवस्था भएकाहरूको लागि खाद्यान्न र राहतका कार्यक्रमहरू ल्याउनुभएको छ ? गत वर्ष चाहिँ हामीले कोरोना संक्रमित भएका विपन्न वर्गको लागि चामल, नुन, तेल आदि वितरण गरेका थियौं । तर, यस पटक भने राहतका कार्यक्रम वितरण गर्न सकेनौं । पालिकामा हाल निषेधाज्ञा खुकुलो भएको छ । निषेधाज्ञाको समयमा पनि हामीले सानासाना भौतिक निर्माणका कामहरू रोकेनौं । भौतिक वा सामाजिक दुरी कायम गरेर पनि विकास निर्माणका कामहरू सञ्चालन गर्यौं । कोभिडको समयमा हामीले नागरिकहरुलाई भोको हुन दिएनौं । स्थानीय सरकारमा काम गरेको ४ वर्ष परा हुँदा काम गर्दै जाँदा के–कस्ता चुनौती र समस्या आए त ? स्वभाविकरूपमा काम गर्दैगर्दा समस्याहरू आउँछन् नै । म नगरपालिकाको नगर प्रमुख भई काम गरिरहँदा जनताको ठुलो अपेक्षा छ स्थानीय सरकारप्रति, जन अपेक्षा बमोजिम मौजुदा प्रशासनिक कार्य प्रणालीबाट अपेक्षा पुरा गर्न लागि म लगायत नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई निकै ठुलो चुनौती रहेको महसुस गरेको थिए । त्यस सँगसँगै विकासका कामहरूमा पनि हामी गाउँले परिवेशबाट सहरी परिवेशमा जाँदै गर्दा विकासका योजनाहरू अघि बढाउँदा चुनौती हुने गरेका छन् । २०७४ सालमापुरै नगर बाढिले डुबायो, हामीले बाढिको सामना गर्यौं । दोस्रो वर्ष चाहिँ राम्रोसँग काम गर्यौं । तेस्रो र चौथो वर्ष कोभिडको सामना गरिरहेका छौं । चुनौती धेरै थिए । समस्यालाई सकेजति समाधान गरेर अगाडि बढेका छौं । चुनौती बिचमा अवसर खोजर्दै काम गरी अगाडि बढेका छौं । अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? नगरवासिहरुले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । सधैभरी सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा पनि गरेको छु ।